×

NIC ASIA

सातदोबाटो-महाराजगञ्ज रेल नचल्ने

मच्छिन्द्रनाथको रथयात्रा रोकिने कारण देखाएर रद्द भयो 'एलिभेटेड मेट्रो रेल' परियोजना

बैशाख १७, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

ललितपुरको सातदोबाटोदेखि काठमाडौंको रत्नपार्क हुँदै नारायणगोपाल चोकसम्म सञ्चालन हुने भनिएको 'एलिभेटेड मेट्रो रेल' अब नबन्ने पक्कापक्की भएको छ ।

ललितपुर महानगरपालिकाले रातो मच्छिन्द्रनाथको रथ यात्रामा अवरोध हुने कारण देखाएर सहमति नदिएको तथा आवश्यक चौडाइ पनि नपुग्ने देखिएकाले काठमाडौं उपत्यकामा जमिनमाथिको मेट्रो रेलको सपना साकार नहुने पक्का भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रेल विभागले काठमाडौंमा  मेट्रो रेलको सम्भाव्यता अध्ययन गर्नका लागि डीपीआर तयार गर्न चिनियाँ कम्पनी सो युवानसँग २० जनवरी २०२० मा ६ करोड ११ लाख रुपैयाँको सम्झौता गरेको थियो ।


Advertisment
Rupse Holidays
Nabil box

आठ महिनामै काम सम्पन्न गर्ने सम्झौता भएकोमा परामर्शदाताले विद्यमान सडकको चौडाइ अपर्याप्त भएकाले एलिभेटेड मेट्रो रेल उपयुक्त नहुने भनेपछि ठेक्का समेत रद्द भइसकेको छ ।

Vianet communication

सातदोबाटो-रत्नपार्क-नारायणगोपाल चोक ११.६ किलोमिटर मेट्रो रेलको डिजाइनका लागि परामर्शदाताले फिजिबिलिटीको काम शुरू गर्न लाग्दा ललितपुर महानगरले रातो मच्छिन्द्रनाथको रथ यात्रामा अवरोध हुने कारण देखाएर असहमति जनाएको थियो ।

रेल विभागका प्रवक्ता अमन चित्रकारले जमिनमाथि मेट्रो रेल बनाउँदा रातो मच्छिन्द्रनाथको रथ यात्रामा अवरोध हुने भनी ललितपुर महानगरले सहमति नदिएपछि जमिनमाथिको मेट्रो रेल नबन्ने पक्का भएको बताए ।

'आवश्यक चौडाइ समेत उपलब्ध नहुँदा परियोजना अगाडि नबढ्ने निश्चित जस्तै भयो,' चित्रकारले लोकान्तरसँग भने, 'जमिनमुनिको मेट्रो रेलको सम्भावनाबारे अहिले निष्कर्ष निस्किएको छैन । तर, जमिनमाथिको मेट्रो रेलको सम्भावना काठमाडौं उपत्यकाभरमै लगभग छैन ।'

समयमा नै ठेक्का रद्द गर्नुपर्नेमा सो नगरी चिनियाँ परामर्शदातालाई रेल विभागले २०२१ मार्चदेखि अगस्टसम्मको पारिश्रमिक र शोधभर्नाबापत १ करोड ९ लाख १३ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

जेठ ४, २०८१

बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

जेठ १५, २०८१

सरकारले आर्थिक वर्ष २०८१–८२ को बजेटका ५ विषयलाई प्राथमिकतामा राखेको छ ।  अर्थमन्त्री वर्षमान पुनले आज (मंगलवार) संघीय संसदमा बजेट आव २०८१–८२ को बजेट प्रस्तुत गर्दै ५ प्राथमिकता सार्वजनिक गर...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x