×

NIC ASIA

थमन विक हत्या प्रकरण

एमाले सांसद कोइरीलाई निलम्बनको तयारी, प्रहरीको पत्र सभामुखकोमा

बैशाख १९, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

महोत्तरी– १ बाट निर्वाचित एमाले सांसद लक्ष्मी महतो कोइरीलाई निलम्बन गर्ने प्रक्रिया अगाडि बढेको छ ।

*प्रहरी महानिरीक्षक वसन्त कुँवरको सचिवालयमार्फत आएको पत्र सभामुख देवराज घिमिरेसमक्ष पुगेर निर्णय प्रक्रिया अगाडि बढेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरीले संसद् सचिवालयलाई गत पुस ७ गते र यही वैशाख १७ गते कोइरीका सम्बन्धमा पत्र पठाएको थियो ।


Advertisment
Rupse Holidays
Nabil box

संसद् सचिवालय स्रोतका अनुसार यसअघि आएको पत्र सभामुखकोमा पुगेको थिएन । 

Vianet communication

यसबीचमा कोइरीले बिरामी बिदा स्वीकृतिका लागि माघ २५ गते संसद् सचिवालयमा पत्र दर्ता गराएका थिए ।

यो विषयले प्रतिनिधिसभा बैठकमा समेत चर्को विवाद र वादप्रतिवाद भएको थियो ।

प्रहरीबाट पत्र आएपछि कोइरीलाई निलम्बन गर्ने प्रक्रिया अगाडि बढेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले लोकान्तरलाई जानकारी दिए ।

‘विधिअनुसार, कानूनअनुसार जे हुने हो, त्यो प्रक्रिया अगाडि बढिसकेको छ,’ गिरीले लोकान्तरसँग भने ।

मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते सशस्त्र प्रहरी बलका सहायक निरीक्षक थमन विकलाई घेरा हालेर कुटपिट गरी हत्या गरेको घटनामा महतोविरुद्ध जिल्ला अदालत महोत्तरीमा कर्तव्य ज्यान मुद्दा विचाराधीन छ ।

जिल्ला अदालतले थुनछेक बहसपछि महतोलाई १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएकोमा उच्च अदालत जनकपुरले थुनामा राख्न आदेश दिएको थियो । तर, कोइरी पक्राउ परेका छैनन् ।

फरार अभियुक्त रहेकै बेला चुनाव लडेर उनी निर्वाचित भएका थिए ।

संसद् सचिवालय स्रोतका अनुसार कोइरीलाई आजभोलिमै निलम्बन गर्ने गरी तयारी भएको छ । संसद् अधिवेशन नचलेको अवस्थामा सूचना प्रकाशित गरी निलम्बन गर्न सकिने व्यवस्था छ ।

* प्रहरीबाट आएको पत्र हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x