×

NMB BANK
NIC ASIA

युट्युबमा भ्युज बटुल्नका लागि विमान ठोकाएको स्वीकार, २० वर्षको कैद सजाय हुन सक्ने (भिडियो)

बैशाख ३१, २०८०

NTC
Premier Steels

अमेरिकाका युट्युबर ट्रेभर जेकबले युट्युबमा विशाल भ्युज बटुल्नका लागि विमान दुर्घटना गराएको स्वीकार गरेका छन् । 

Muktinath Bank

स्टन्ट गरेर युट्युबमा भिडियो राख्ने गरेका जेकबलाई संघीय प्रहरीको अनुसन्धानमा अवरोध गरेको आरोपमा २० वर्षसम्मको कैद सजाय हुन सक्ने बताइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

क्लिक र भ्युजका लागि जेकबले विमान दुर्घटनाको प्य्रांक गराएका थिए तर विमान साँच्चिकै दुर्घटनाग्रस्त भयो । उनी क्यालिफोर्नियाको लोम्पक सिटी विमानस्थलबाट एक्लै प्लेन चलाएर म्यामथ लेक्स पुग्न खोजेका थिए । तर उडेको ३५ मिनेटमा उनले विमानमा प्राविधक गडबडी आएको भन्दै विमानबाट हाम्फालेका थिए । यस क्षणलाई उनको गोप्रो क्यामराले कैद गरेको थियो । 


Advertisment
Nabil box
Kumari

प्याराशुटका साथ जेकब सुरक्षित रूपमा भुइँमा झरेका थिए भने विमान चाहिँ लोस पाद्रेस राष्ट्रिय वनमा दुर्घटनाग्रस्त भएको थियो । 

Vianet communication

उनको यस स्टन्टलाई उड्डयनविद् तथा संघीय निकायहरूले निगरानी गरिरहेका थिए । उनीहरूले जेकबको भिडियोलाई मसिनो गरी विश्लेषण गर्दा कैयौं कुरा नमिलेको पाए । त्यसपछि राष्ट्रिय यातायात सुरक्षा बोर्ड र संघीय उड्डयन प्रशासनले अनुसन्धान शुरू गरे । 

जेकबले दुर्घटनाग्रस्त भएको विमानका टुक्राटाक्रीलाई लोम्पक सिटी विमानस्थलमा लुकाएर पछि नष्ट गरेका थिए । यसरी उनले प्रमाण नष्ट गर्ने प्रयास गरेको भन्दै संघीय निकायले उनीमाथि गम्भीर मुद्दा चलाउने भएको छ । उनलाई २० वर्षको कैद सजाय दिइने सम्भावना छ । 

यत्तिका दुःख गरेर भिडियो बनाए पनि त्यसले ३९ लाख भ्युज मात्र पाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x