×

NMB BANK
NIC ASIA

टोपबहादुरको लुक्ने शैली

भारतमा सहयोगी पक्राउ परेपछि यसरी टोपबहादुरसम्म पुग्न सफल भयो प्रहरी

प्रहरीलाई छक्क्याउन भारतमा सहयोगी पठाएको खुलासा

बैशाख ३१, २०८०

NTC
Premier Steels

 पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी अन्ततः आइतबार साँझ राजधानीको बूढानीलकण्ठबाट पक्राउ परेका छन् ।  वैशाख २० गतेदेखि फरार रहेका रायमाझीलाई प्रहरी प्रधान कार्यालयको विशेष टोलीले ११ दिनपछि पक्राउ गरेको हो । पक्राउ परेसँगै उनलाई राति नै जिल्ला प्रहरी परिसर काठमाडौँ पुर्‍याइएको छ । 

Muktinath Bank

अर्घाखाँचीमा एउटा विद्यालयको हीरक जयन्ती मनाउन सभामुख देवराज घिमिरेसँगै पुगेका रायमाझी भैरहवा हुँदै काठमाडौँ फर्किने क्रममा एकाएक फरार भएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फरार भएपछि रायमाझी भारत भागेको आशङ्का गरिएको थियो । तर, उनी नेपालमै लुकेर बसेको पक्राउसँगै पुष्टि भएको छ । यतिसम्मकि प्रहरीलाई झुक्याउन रायमाझीले गज्जवको चलाखी अपनाएको पाइएको छ ।  खोजीमा संलग्न एक अधिकारीका अनुसार पक्राउ  पर्नबाट जोगिन रायमाझीले आफ्ना सबै सम्पर्क डिभाइसहरू बोकेर एक जना सहयोगीलाई भारत पठाएका थिए ।


Advertisment
Nabil box
Kumari

 सोही सम्पर्क डिभाइसमार्फत भारतबाट नेपालमा रहेका टोपबहादुरका आफन्तसँग सम्पर्क हुने गरेको खुलेको प्रहरीले जनाएको छ । 

Vianet communication

‘रायमाझीलाई एक जनाले सघाउँदा रहेछन् । उनले यसरी प्रहरीलाई गुमराहमा राखे कि उनी भारत बस्ने र आफन्तसँग सम्पर्क गर्ने गरेको पाइयो । तर रायमाझी भने नेपालमै लुकेका थिए,’ ती अधिकारीले लोकान्तरसँगको  कुराकानीमा भने । 

प्रहरीले टोपबहादुरले भारत कसलाई पठाएका थिए भन्नेबारे चाहिँ केही खुलाएको छैन । तर, ती व्यक्तिलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरिएसँगै टोपबहादुर नेपालमै रहेको रहस्य खुलेको थियो ।  

‘हामीलाई पहिला त ती व्यक्ति खोज्न नै महाभारत भयो । तर विभिन्न प्राविधिक र प्रहरीको मानवीय स्रोत प्रयोग गरेर उनलाई खोज्न सकेका थियौँ,’, ती अधिकारीले भने, ‘उनीसम्म पुगेर रहस्य पत्ता लगाएसँगै टोपबहादुरलाई पनि पक्राउ गर्न सफल भइयो।’

 प्रहरीका अनुसार ११ दिनको बिचमा टोपबहादुर एकै ठाउँमा बसेनन् । उनी नेपालका विभिन्न ठाउँमा  बस्दै सर्दै बुढानीलकण्ठसम्म आएको पाइएको छ । 

प्रहरीले उनका छोरा सन्दीप रायमाझीलाई भने वैशाख २० गते नै भैरहवाबाट पक्राउ गरेको थियो । १९ गते पक्राउ पुर्जी जारी भएर खोजीको सूचीमा रहेका रायमाझीले पनि २० गते प्रहरीलाई फोन गरेर आफू  प्रहरीकहाँ उपस्थित हुने आउने जानकारी दिएको कुरा बाहिर आएको थियो । तर उनी त्यसपछि भाग्दै हिँडे ।

हाइप्रोफाइल जोडिएको नक्कली भुटानी शरणार्थी प्रकरणमा  पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई प्रहरीले बलियो प्रमाणका आधारमा पक्राउ गरेको बताएको छ । खाँण र सचिव पाण्डेबीचको संवाद भएका प्रमाणहरू भेटिएका छन् । 

उनीहरूको मोबाइलमा भेटिएका प्रमाणका आधारमा अन्य आरोपितहरू पनि खुलेका छन् । यसैगरी  पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनको साथमा भेटिएका ठोस प्रमाणका आधारमा धेरै व्यक्तिहरू तानिइरहेका छन् । 

यस प्रकरणमा पछिल्लो सममयमा तानिएका पात्र हुन्, पूर्वगृहमन्त्री बादलका छोरा प्रतीक थापा । प्रहरीले उनलाई ठोस प्रमाणका आधारमा पक्राउ पुर्जी जारी गरेको बताएको छ । यस्तै नेपाली काँग्रेसका पूर्व सांसद् आङ्टावा शेर्पा र इन्द्रजीत राईका छोरा निरज राईविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । तर उनीहरू अहिलेसम्म फरार छन् । 

संगठित अपराधमा अनुसन्धानको ६० दिनको हदम्याद सकिन केही समय बाँकी हुँदासमेत उनीहरू पक्राउ पर्न सकेका छैनन् ।  प्रहरीले अहिले टेकनारायण पाण्डे, बालकृष्ण खाँणको मोबाइलको अनुसन्धान गरेर उनीहरूसँग जोडिएका व्यक्तिहरूका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । हालसम्म यो प्रकरणमा टोपबहादुरसहित १३ जना पक्राउ परिसकेका छन् । 

यसैबीच आइतबार जिल्ला अदालत काठमाडौंले यसअघि पक्राउ परेका १२ जना आरोपितलाई थप अनुसन्धानको लागि ४ दिनको अनुमति दिएको छ । 

प्रहरीका अनुसार अहिलेसम्म आरोपी विरुद्ध २० वटा जाहेरी परेको छ भने ५४ जना पीडित प्रहरीको सम्पर्कमा आएका छन् । यस्तै पीडितहरूबाट उनीहरुले १३ करोड ६३ लाख रुपैयाँ ठगी गरेको बताइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x