×

NMB BANK
NIC ASIA

नक्कली शरणार्थी प्रकरण

बयानका क्रममा खाँणले बारम्बार भने- सन्चो छैन, पेट ठीक छैन

जेठ १, २०८०

NTC
फाइल तस्बिर
Premier Steels

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले सन्चो नभएको बताएपछि बयान लिने काम भोलि(मंगलवार)सम्म लम्बिएको छ । सोमवार बयानका लागि सरकारी कार्यालयमा उपस्थित भएसँगै उनले पेट ठीक नभएको बताएका थिए । 

Muktinath Bank

साढे ११ बजेदेखि झण्डै साढे २ घण्टा सरकारी वकिलको कार्यालयमा रहेका उनी पेट सन्चो नभएको भन्दै एकपटक शौचालय गएका थिए । ‘सन्चो छैन, पेट ठीक छैन भनेपछि आज बयान सकिएन, भोलि पुनः बयान हुन्छ’ सरकारी वकिल कार्यालय स्रोतले लोकान्तरसँग भन्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहिलो दिनको बयानमा खाँणले नक्कली शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । बयानका क्रममा उनले एक कप चिया र तीन गिलास पानी पिएका थिए । 


Advertisment
Nabil box
Kumari

सरकारी वकिल कार्यालय स्रोतका अनुसार पहिलो दिन खाँणसँग धेरै सवाल-जवाफ भएन । अधिकांश समय सन्चो-बिसन्चो र अनौपचारिक कुराकानीमै गएको थियो । बयानका क्रममा आज विषय प्रवेश भए पनि भोलिदेखि सवाल जवाफ हुने कार्यालय स्रोतले जनाएको छ । 

Vianet communication

उनलाई दोस्रो पटक म्याद थपेर सरकारी वकिलको कार्यालयमा सोमवार बयान शुरू भएको थियो । 

वैशाख २७ गते पक्राउ परेका खाणलाई आइतवार थुनामा राख्न दोस्रो पटक म्याद थपिएको थियो । जिल्ला सरकारी वकिलको रोहवरमा प्रहरीको अनुसन्धान अधिकृतले बयान लिएका थिए । 

गृहमन्त्री रहेको समयमा आर्थिक लाभ लिएर नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउने काममा प्रत्यक्ष सहयोग पाइएपछि खाँणलाई पक्राउ गरिएको थियो । नक्कली शरणार्थी प्रकरणमा उनी गृहमन्त्री रहेको समयमा गृहसचिव रहेका टेकनारायण पाण्डे पनि पक्राउ परेका छन् । 

खाणसँग पहिलो दिनको बयान सकिएपछि नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीलाई सरकारी वकिलको कार्यालयमा पुर्‍याइएको थियो । रायमाझी आइतवार राति  पक्राउ परेका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x