×

NIC ASIA

सडक आयो, तर गाडी आएनन् यहाँ

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels

ताप्लेजुङ, २० भदौ– ओलाङ्चुङगोला छिमेकी मुलुक चीनसँग सडक सञ्जालले जोडिए पनि बासिन्दाले यातायातका साधन चढ्न पाएका छैनन् ।

दुर्गम ओलाङ्चुङगोला बस्तीसम्म सडक आए पनि स्थानीयवासीलाई ओहोरदोहोर गर्ने सवारीसाधन छैन । चीनको स्वशासित क्षेत्र तिब्बतबाट ओलाङ्चुङगोला बस्तीमा भने ठूल्ठूला सवारीसाधन आए पनि त्यहाँका स्थानीयवासीलाई ओहोरदोहोर गर्नका लागिसवारीसाधन नै छैनन् ।

यसअघि दिनभर लगाएर टिप्ताला ओहोरदोहोर गर्ने ओलाङ्चुङगोलावासीलाई घर छेउमा नै सडक आए पनि अझै हिँड्नुपर्ने बाध्यता कायमै छ । चीन र नेपालको सिमाना टिप्ताला भञ्ज्याङ बस्तीबाट २२ किमीको दूरीमा छ । बस्तीबाट टिप्ताला पुग्न एक दिन पूरै हिँड्नुपर्छ । तिब्बतमा पर्ने रिउ बजारको भरमा रहेका स्थानीयवासीलाई सडक हुँदाहुँदै हिँड्न मन लाग्दैन । हिँड्नै पर्ने बाध्यतामा परेका उनीहरुलाई सवारीसाधन नहुँदा अहिले तनाव सिर्जना भएको छ । ‘सडक भएपछि गाडी चढेरै ओहोरदोहोर गर्ने रहर स्थानीयवासीको मात्रै नभई सो क्षेत्रमा घुम्न पुग्ने आन्तरिक पर्यटकको पनि हुन्छ, तर बस्तीबाट चीनतर्फ जाने सवारीसाधन नभएपछि समस्या भएको छ,’ ओलाङचुङगोला–टिप्ताला सडक उपभोक्ता समिति अध्यक्ष छेतेन वालुङ शेर्पाले भने ।

स्थानीयवासीले नै पनि सवारीसाधन किन्ने चाहना राखेका छैनन् । अध्यक्ष शेर्पाले भन्छन्, ‘सवारीसाधन किन्ने इच्छा नै भए पनि चीनबाट सवारीसाधन किन्न पाउने या नपाउने भन्ने विषयमा जानकारी छैन ।’

ओलाङ्चुङगोलामा सीमा भन्सार कार्यालय रहे पनि त्यहाँ कार्यालय सहयोगीभन्दा माथिको कर्मचारी नरहेकाले थप जानकारी लिनसमेत नसकिएको शेर्पाको गुनासो छ ।

राजधानीमा रहेको वालुङ समाजले भने सवारीसाधन भित्र्याउने र बाटाको थप स्तरोन्नति गर्ने विषयमा बेलाबेलामा छलफल चलाउने गरे पनि ठोस निष्कर्ष भने निकाल्न सकिरहेको छैन । समाजले टिप्तालादेखि ओलाङ्चुङगोलासम्मको सडक निर्माणमा खर्चसमेत जुटाएको थियो ।

फक्ताङ्लुङ गाउँपालिका प्रमुख सरोज एभेङले भने चीन सरकारस“ग मिनी बस उपहार माग्ने विषयमा छलफल भएको बताए । तर निर्णय नभएको एभेङको भनाइ छ । उनले मुलुकका अन्य सीमा क्षेत्रको अभ्यासलाई पनि बुझ्ने र सोही अनुसार काम गर्ने मनस्थिति भएको बताएका छन् ।

उनले भने, “सदरमुकाम फुङलिङबाट ओलाङचुङगोला बस्तीमा सडक पुगेको भए समस्या हुने थिएन, तर अझै समय लाग्ने देखिएकाले समस्यामा परियो ।” ओलाङचुङगोलावासीले खाद्यान्न लगायतका वस्तु रिउ बजारबाट ल्याउने गरेका छन् भने यहाँ उत्पादित वस्तुको बजार पनि तिब्बत नै हो ।

यता २०६६ सालदेखि शुरु भएको ताप्लेजुङ सदरमुकाम फुङ्लिङ हुँदै ओलाङ्चुङगोला जोड्ने सडक निर्माण भने फक्ताङ्लुङ गाउँपालिकाको तापेथोकमा पुगेको छ । हालसम्म ४१ किमी मार्ग खोलिएको छ । बाँकी ३५ किमी बाटो खुलेमा ओलाङ्चुङगोलासँग सदरमुकाम फुङ्लिङ सडक सञ्जालले जोडिनेछ ।

उत्तर दक्षिण लोकमार्ग आयोजना प्रमुख कुबेर नेपालीले सो सडक निर्माणका लागि सरकारले यस वर्ष रु ६० करोड विनियोजन गरेको र बहुवर्षीय ठेक्कामा लगाउने निर्णय भएको बताए । उनले केही वर्षमा नै ताप्लेजुङ सदरमुकाम ओलाङ्चुङगोलासँग जोडिने जिकिर गरे। फुङ्लिङबाट ओलाङ्चुङगोलासम्म पैदल यात्रा गरेर ओहोरदोहोर गर्न कम्तीमा छ दिनसम्म लाग्ने गरेको छ ।

चीन र नेपालको सिमाना टिप्तालादेखि ओलाङ्चुङगोलासम्मको २१ किमी मार्ग भने साउनको शुरुआतमा नै खोलिसकिएको थियो । टिप्तालादेखि उक्त बस्तीसम्मको २१ किमी लामो सडक निर्माणमा रु तीन करोडभन्दा बढी खर्च भएको छ ।

दुई तिहाइ बढी वालुङ समाजले सडक निर्माणमा लगानी गरेको छ । रु दुई करोड ५० लाख समाजले संकलन गरेको थियो भने सांसद विकास कोष र साबिकको गाविससमेतको गरी रु ५३ लाख रहेको छ । ओलाङ्चुङगोलामा जन्मिएर देश तथा विदेशमा बसोबास गर्दै आएका वालुङवासीले सडक निर्माणका लागि सहयोग गरेका हुन् ।


टिप्तालादेखि ओलाङ्चुङगोलासम्म बाटो खुलेपछि तिब्बतबाट दुई साना सवारीसाधन, डिजेल बोक्ने ट्याङ्कर, लोडर र स्काभेटर मेसिन आएर फर्किएका छन् । सडकसँगै तिब्बतबाट सवारीसाधन बस्तीमा आउँदा भने स्थानीयवासीले रातभर धुन्ज्याङ (नाचगान) गरेर खुशीयाली मनाएका थिए ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

जेठ १, २०८१

निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपा...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x