×

NIC ASIA

विद्युतीय भुक्तानी

अझै सञ्चालनमा आएन 'पेमेन्ट गेट वे': पाँच वर्षअघि किनेको सफ्टवेयर प्रयोगविहीन

जेठ ५, २०८०

Prabhu Bank
NTC
Premier Steels

मुलुकभित्र र बाहिरबाट हुने भुक्तानीलाई पूर्ण रूपमा विद्युतीय गराउन सञ्चालन गर्ने भनिएको'नेशनल पेमेन्ट गेटवे' (एनपीजी)हालसम्म प्रयोगमा आउन सकेको छैन । सरकारी कार्यालय वा सरकारले नै गर्नुपर्ने भुक्तानी विद्युतीय प्रणालीमार्फत नि:शुल्क गर्ने प्रयोजनका सञ्चालन गर्ने भनिएको एनपीजी पाँच वर्षसम्म सञ्चालनमा आउन नसकेको हो ।​ 

Muktinath Bank

एनपीजी  सञ्चालनमा ल्याउन पाँच वर्षअघि नै १८ लाख ६७ हजार अमेरिकी डलर खर्चिएर खरिद गरेको सफ्टवेयर हाल प्रयोगविहीन छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रले एनपीजी सञ्चालनका लागि १९ लाख ८८ हजार डलर (हालको विनिमय दरअनुसार साढे २६ करोड बढी) मा सफ्टवेयर खरिद गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रणाली सञ्चालनमा ल्याउन केन्द्रले २०७५ असार २९ गते एक विदेशी कम्पनी सीएमएसँग १९ लाख ८८ हजार डलरमा सफ्टवेयर खरिद गरेको थियो । २०७५ असार १९ गते सम्झौता भई २०७५ असार २९ गते उक्त कम्पनीले केन्द्रलाई सफ्टवेयर हस्तान्तरण पनि गरिसकेको छ । सफ्टवेयर जडान भई सञ्चालन भएपछि मात्र सबै रकम भुक्तानी गरिने शर्तका कारण आपूर्तिकर्तालाई ५ प्रतिशत रकम भुक्तानी गरिएको छैन ।


Advertisment
Nabil box
Kumari

उक्त प्रणाली सञ्चालनमा ल्याउन सफ्टवेयर र हार्डवेयर दुवैको आवश्यकता पर्छ । केन्द्रसँग हार्डवेयर छँदै थियो,त्यसकारण सफ्टवेयर मात्र किन्ने प्रक्रिया अगाडि बढाएको थियो ।

Vianet communication

केन्द्रसँग रहेको पहिलेदेखि रहेको हार्डवेयर तथा नेपाल राष्ट्र बैंकसँग सहकार्य गरी खरिद गरिएको सफ्टवेयरको परीक्षण पनि गरिएको थियो । तर,हालसम्म सञ्चालनमा भने आउन सकेको छैन । खरिद गरिएको उक्त सफ्टवेयर प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने हुन्छ । तर,कुनै पनि वर्ष नवीकरणसमेत गरिएको छैन ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका निर्देशक प्रदीप शर्मा पौडेल भने देशभरका विभिन्न बैंक,वित्तीय संस्था,फाइनान्स कम्पनी,वित्तीय सहकारी जस्ता संस्थाहरूसँग सहकार्य गर्न आवश्यक पर्ने हार्डवेयर नै खरिद नगरिएको कारण विगत पाँच वर्षदेखि समस्या भएको बताउँछन् ।

देशभरका विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई अन्तरआबद्धतागरी प्रणालीमा जोड्न आवश्यक पर्ने हार्डवेयर भने केन्द्रसँग छैन । उक्त हार्डवेयर किन्ने प्रक्रिया अघि नबढ्दा किनिसकिएको सफ्टवेयर पनि प्रयोगविहीन हुनपुगेको उनको भनाइ छ ।

'विदेशी कम्पनीबाट खरिद गरिएको सफ्टवेयर परीक्षण गर्न हामीसँग भएको हार्डवेयरले परीक्षण त गर्‍यौं,' पौडेलले लोकान्तरसँग भने,'तर,त्यसपछि अन्य बैंकहरूसँग सहकार्य गरी पेमेन्ट गेट वे सञ्चालन गर्ने आवश्यक हार्डवेयर खरिद गर्न नसक्दा सञ्चालन  हुनसकेन ।' केन्द्रसँग भएको हार्डवेयर देशभरको वित्तीय कारोबार गर्ने क्षमताको नभएको उनले बताए ।

प्रत्येक वर्ष खर्च हुनेगरी बहुवर्षीय योजनामा राखेर एनपीजी सञ्चालन गर्ने उद्देश्यले अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता गर्दै ८५ करोड बजेट पनि सुनिश्चित गरे पनि कोभिडका कारण मन्त्रालयले परियोजना नै स्थगित गरिदिएको उनले बताए । 'कोभिडका कारण बजेट विनियोजित भए पनि हार्डवेयर खरिद प्रक्रिया नै अघि बढ्न सकेन,' पौडेलले भने, 'चालू आर्थिक वर्षमा आएर त अर्थ मन्त्रालयले उक्त परियोजना नै स्थगित गरिसकेको छ ।'

देशमा आर्थिक संकट भएकोले अहिले उक्त परियोजना सञ्चालन  गर्न अत्यावश्यक नदेखिएको भन्दै अर्थ मन्त्रलायले २०७९ पुष १५ गते हालका लागि प्रोजेक्ट स्थगित गर्न भन्दै औपचारिक रूपमा पत्र नै पठाएको उनले खुलाए ।

सरकारी निकाय सञ्चालनसम्बन्धी एकीकृत विद्युतीय प्रणाली निर्देशिका,२०७८ को दफा ३() मा सरकारी निकायबाट सम्पादन हुने कार्यलाई एउटै विद्युतीय प्रणालीमार्फत् सरल, छिटो,छरितो,मितव्ययी,पारदर्शी र प्रभावकारी रूपमा सम्पादन गर्न एकीकृत विद्युतीय प्रणालीको स्थापना गरिने व्यवस्था छ ।

अन्य निजी संस्थामार्फत् अनलाइन पेमेन्ट गर्दा सेवाग्राहीहरूबाट ती सेवा प्रदायक संस्थाले निश्चित शुल्क लिने गर्छन् । एनपीजी सञ्चालनमा आए नागरिकले एनपीजीमार्फत् कारोबार गर्दा कुनै शुल्क नलाग्ने हुनाले आम सर्वसाधारणका लागि फाइदाजनक हुन्छ । एनपीजी सञ्चालनमा नआउँदा निजी वालेट कम्पनी तथा बैंक तथा वित्तीय संस्थाहरूले फाइदा उठाइरहेका छन् ।

५० करोडमा किनेको सर्भर पूर्ण उपयोग भएन

केन्द्रले हालसम्म ५० करोड २२ लाख ३६ हजार रुपैयाँ खर्च गरेर ७ प्रकारका २६ थान सर्भर खरिद गरेको छ । ती सर्भरको १८ हजार ८४८ जीबी र्‍याम र ७ लाख ३१ हजार ३ जीबी स्टोरेज क्षमता रहेकोमा ९१६ सरकारी निकायमा १२ हजार ६८ जीबी र्‍याम र ४ लाख ६५ हजार ६४६ जीबी  स्टोरेजको मात्र उपयोग गरेको छ । ६ हजार ७८० जीबी र्‍याम र २ लाख ६५ हजार ३५७ जीबी स्टोरेज उपयोग हुनसकेको छैन ।

'एप्लिकेसन सर्भर डाटाबेस वा स्टोरेजमा समेत निर्भर हुने हुँदा उपकरणहरूको स्तरोन्नति वा विस्थापित गर्दा आवश्यकताको पहिचानगरी वार्षिक खरिद योजना तयारगरी खरिद कार्यलाई पारदर्शी बनाउनुपर्दछ,' महालेखा परीक्षकको ६०औं वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

केन्द्रका निर्देशक पौडेल भने धेरैजसो सर्भरको स्टोरेज उपयोगमा आए पनि केन्द्र आफैँलाई अत्यावश्यक पर्ने भनेर स्टोरेज राखेको बताउँछन् ।'हामीले किनेको सर्भरबाट विभिन्न सरकारी निकायलाई उपयोग गर्न दिएका छौं,' पौडेलले भने,'केही स्टोरेज हामीलाई आफै पनि इमर्जेन्सीमा आवश्यक पर्दा राख्नु पर्छ भनेर राखेका हौँ ।' 

एउटा ई-मेल बनाउन ९ हजार ९०४ रुपैयाँ खर्च

सरकारी निकायको आफ्नो नामको इन्टरप्राइज ई-मेल सर्भर बनाउन सरकारको प्रति ई-मेल ९ हजार ९०४ रुपैयाँ खर्च भएको छ । साथै सोही ई-मेल सर्भर नवीकरण गर्न प्रति लाइसेन्स २ हजार ६३८ रुपैयाँ खर्च भएको छ ।

केन्द्रले त्यसका लागि हालसम्म कुल २० हजार लाइसेन्स खरिद गरेको छ । अहिले सम्म ई-मेल बनाउनेको संख्या १८ हजार ४ सय रहेकोमा १२ हजार ९४६ सक्रिय र ५ हजार ४५४ ई-मेल निष्क्रिय छन् । केन्द्रले खरिद गरेका ७ हजार ५४ ई-मेल प्रयोग नहुँदा लाइसेन्स खरिद तथा नवीकरणबापत नेपाल सरकारलाई ८ करोड ८४ लाख ७१ हजार रुपैयाँको व्ययभार परेको छ ।

सरकारी कार्यालयको वेबसाइट निर्माण तथा व्यवस्थापन सम्बन्धी निर्देशिका २०७८ को नियम २()मा प्रत्येक सरकारी निकायले आफ्नो कार्यकालको डोमेन नेमसहितको सरकारी ई-मेल व्यवस्था गर्नुपर्ने उल्लेख छ । सोही निर्देशिकाको आधारमा केन्द्रले सरकारी डोमेनको ई-मेल बनाउन ठूलो रकम खर्च गरे पनि कतिपय ई-मेल निष्क्रिय छन् ।

केन्द्रका निर्देशक पौडेल भने कतिपय सरकारी कर्मचारीहरू स्वीकृति लिएर पढ्न विदेशमा गएको,अन्य प्रयोजनमा लागेको हुनाले सरकारी इमेलहरू निष्क्रिय भएको हुनसक्ने बताउँछन् । 'कतिपय सरकारी कर्मचारीहरू लिगल बिदा स्वीकृति गराएर पढ्न जाँदा सरकारी इमेल प्रयोग गर्ने कुरा हुँदैन,' उनले थपे,'त्यस्तो अवस्थामा ती इमेल निष्क्रिय हुन्छन् । बिदा सकेर फेरि आउने नै हुनाले ती इमेल बन्द गर्न पनि मिल्दैन ।'

लामो समयसम्म निष्क्रिय इमेलहरूको डेटा स्टोरेजमा अर्काइभ गरी केन्द्रले त्यस्ता इमेल बन्द पनि गर्न सक्ने उनले बताए । तर,त्यस विषयमा केन्द्रले हालसम्म कुनै निर्णय भने गरिनसकेको उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

x