×

NIC ASIA

एमाले अध्यक्ष ओलीको प्रश्न : सरकारसँग सरकार चलाउने खर्च छैन, बजेट कसरी ल्याउँछ ?

जेठ ९, २०८०

Prabhu Bank
NTC
फाइल फोटो
Premier Steels

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफ्नै खर्च धान्न नसक्ने अवस्थामा पुग्दा पनि बेखबर रहेको टिप्पणी गरेका छन् ।

अध्यक्ष ओलीले अहिलेको सरकारको कुरा गरेर आफूले समय खर्च गर्न नचाहेको पनि बताए । मंगलवार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एमाले जनसंगठनहरूको पदाधिकारी भेलामा बोल्दै उनले सरकारले विदेशीसँग एउटा कुरा र संसद्मा अर्कै कुरा गर्ने गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्यक्ष ओलीले मुलुकको आर्थिक अवस्था क्षतविक्षत अवस्थामा पुगेको र राजनीति अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै सर्तक भएर काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।


Advertisment
Rupse Holidays
Nabil box

पार्लियामेन्टमा पोशाक लगाएर आऊ भन्दा त्यसको विरोध र अवज्ञा गर्नुलाई बहादुरी ठान्ने अवस्था आउनु राम्रो नभएको ओलीको भनाई थियो । उनले भने, ‘अहिलेको सरकारको कुरा गरेर समय खर्च गर्न चाहन्न । विदेशीहरूसँग अस्तिभन्दा एउटा कुरा गरेको छ, पार्लियामेन्टमा राम्रो छ भनिएको छ । अब बजेट सरकारले कसरी ल्याउँछ ? अनौठो स्थिति छ । बजेट कसरी ल्याउँछ ? बजेट बनाउन गाह्रो छ । किनभने सरकार चलाउने खर्च सरकारसँग छैन । बजेट भनेको वार्षिक आय–व्यय । अहिले राष्ट्रिय राजनीति समग्रतामा भन्ने हो भने नेपाली समाज अप्ठ्यारो स्थितिबाट गुज्रिराखेको छ । राजनीतिक हिसाबले अप्ठ्यारोबाट गुज्रिराखेको छ । सामाजिक–सांस्कृतिक हिसाबले असहज, अप्ठ्यारो अवस्थाबाट गुज्रिराखेको छ र आर्थिक हिसाबले धेरै अप्ठ्यारो र विकट स्थितिबाट गुज्रिराखेको छ । राजनीतिमा अस्थिरता, अन्योल, अविश्वास र एउटा यस्तो तरंगको स्थिति छ । अराजकताको स्थिति छ । मान्छेले राजनीति भन्न छोडेको छ । आफ्ना विचार प्रकट गर्ने, विचारलाई लोकतान्त्रिक विधिबाट प्रकट गर्ने, लोकतान्त्रिक विधिबाट त्यसको समाधान खोज्ने होइन । मुडे बलले समाधान खोज्ने, असहमति व्यक्त ढुंगा हानेर, अशान्ति मच्चाएर, आतंकपूर्ण तरिकाबाट आफ्नो असहमति प्रकट गर्ने शैली अपनाउन थालिएको छ । भाषा अत्यन्त अशिष्ट, अमर्यादित, अभद्र र असामाजिक भाषा, समाजले स्वीकार गर्न नै नसक्ने भाषा, त्यस्तो घटिया भाषा प्रयोग गरेर, नराम्रो भाषा प्रयोग गरेर आफ्ना कुरा तब मात्रै सम्प्रेषण हुन सक्छ, जब अश्लील बोलिन्छ । अपमान कसैको गरिन्छ । जब कसैविरुद्ध मर्यादाहीन ढंगले बोलिन्छ र सामाजिक मूल्यमान्यता, सामाजिक हाम्रा प्रचलनहरू, हाम्रा भाषिक गहनताहरूलाई, महानताहरूलाई क्षतविक्षत पार्न खोजिन्छ । राजनीतिले यो गर्दैछ । सामाजिक मूल्य, मान्यता र संस्कृतिहरूलाई कमजोर पार्दैछ । पार्लियामेन्टलाई झाँकी देखाउने मेला जस्तो बनाउँछ । पार्लियामेन्टमा मर्यादित पोशाक लगाएर आऊ भन्यो भने आक्रोश, विरोध गरेर त्यसको अवज्ञा गर्नुमा बहादुरी देख्छ । प्रश्न मर्यादित पोशाकको हो । अनि मर्यादित स्थलहरूमा, मर्यादित ढंगले मात्रै जान पाइन्छ दुनियाँ जहाँसुकै पनि । पार्लियामेन्टमा जसरी पनि जान दिने त्यस्तो चलन हुँदैन । मर्यादित पोशाकमा जानु पर्दछ । देशले आफ्नो नियमहरू, रुलहरू बनाएको हुन्छ । त्यसको पालना गरिन्छ तर यहाँ जेमा पनि विरोध गर्नु, असहमति जाहेर गर्नुलाई बहादुरी ठान्ने त्यो तरिकाहरू देखापरेको छ । जसप्रति हामी सर्तक हुनुपर्छ । अर्थतन्त्र मैले अस्तिका दिन पार्लियामेन्टमा बोल्दा पनि भने – धेरै क्षतविक्षत भएको छ । खर्च राजस्वले धानेको छैन । बजेट घाटा मात्रै होइन, सरकार चलाउनका लागि घाटा बजेट । आय–व्ययमा साधारणतर्फको खर्च अथवा प्रहरी, प्रशासन, कर्मचारी चलाउने कुरा, सरकार चलाउने मात्रै कुरालाई हामी ऋणात्मक अवस्थामा छौं । हाम्रो आम्दानीले पुगेको छैन ।’

Vianet communication

अध्यक्ष ओलीले हुँडारको बथानले जसरी आक्रमण गर्दा पनि पार्टीलाई जोगाएर अघि बढाउन सकिएको दाबी समेत गरे । पार्टी चल्न नदिने, पार्टीमा गति आउन नदिने, पार्टी नीतिप्रति, पार्टी नेतृत्वप्रति अनास्था जगाउने, निष्ठा ध्वस्त पार्ने, आस्था भंग गरिदिने, अन्तरध्वंश मच्चाउने नराम्रा घटना विगत २ वर्षमा भएको उल्लेख गर्दै उनले अहिले पार्टीलाई सशक्त ढंगले पुनर्जीवित गर्न सकिएको बताए ।

उनले भने, ‘यति भयानक हमला, चारै दिशाबाट होइन । यदि कुनै दशै दिशा हुन्छ भने दशै दिशाबाट हामीमाथि तीव्र हमला, हामीलाई सिध्याउने खालको हमला दशै दिशाबाट भएको छ । तलबाट, माथिबाट, वरतिर, परतिरबाट, पूर्व–पश्चिम, उत्तर–दक्षिण, कुनाकुना कतैबाट पनि बाँकी नराखेर चौतर्फी हमला गरिएको छ । हँुँडारका बथानले जस्तो कसैले खुट्टा टोक्छ, कसैले हात टोक्छ । कसैले टाउकोतिर झम्टिन्छ । हीँहीँहीँ कराएको छ, झम्टिएको छ । टोकेको छ । जिउँदै खाएर सिध्याउन खोजेको छ । त्यो विचित्रको स्थिति हामीले व्यहोर्नुपर्‍यो । त्यो स्थिति व्यहोरेर, त्यसप्रतिकूल अवस्थाबाट यी २ वर्षमा हामीले हाम्रो पार्टीलाई जोगाएका छौं । पार्टीलाई पुनर्जीवित र अझ मजबुतीका साथ, अझ सशक्त ढंगले पार्टीलाई पुनर्जीवित गरेका छौं । जीवन शर्माको गीतजस्तै पिलो निचोरीदैमा वजन घटेको हुँदैन भनेजस्तो पिलो निचोरिएजस्तो मात्रै भएको छ । पीडा घटेको जस्तो मात्रै भएको छ । पार्टी ध्वस्त पार्ने, पार्टी चल्न नदिने, पार्टीमा गति आउन नदिने, पार्टी नीतिप्रति, पार्टीप्रति, पार्टी नेतृत्वप्रति अनास्था जगाउने, निष्ठा ध्वस्त पार्ने, आस्था भंग गरिदिने त्यही काम मात्रै गरेर पार्टी भित्र बस्ने, अन्तरध्वंश मच्चाउने, त्यो अन्तरध्वंशभन्दा नराम्रा घटनाहरू घटे तर हामीले पार्टीलाई शुद्धीकरण गर्ने ठूलो मौका पायौं । अहिले पनि सम्पूर्ण रूपमा शुद्धीकरण भयो भन्दिनँ म तर मूलभूत रूपमा शुद्धीकरण भयो । त्यस शुद्धीकरणले पार्टीलाई छोटो समयमा यति मजबुतीका साथ फेरि ल्यायो । एउटै कुरा हो – हामी संसदीय सिटहरूमा अरुभन्दा अलि बढी सिट ल्याउन सक्ने थियौं । अलिक आन्तरिक रूपमा हामीले यी सब चिजहरू मिलाइसकेको भए तर हामी एकातिर पार्टीको रक्षा गर्नुपर्ने अवस्था, अर्कातिर वर्षौंदेखि नभएका महाधिवेशनहरू गर्नुपर्ने अवस्था, अर्कातिर एकता, एकीकरणका नाममा सोहोरसाहर पारेर थुपारिएका कतिपय त मतदाता नामावलीमा उतार गरेर सदस्य हुन भनेर पार्टी कार्यालयमा ल्याएर मिल्काएका बिटाहरुलाई ल्याएर पार्टी कहाँ चल्थ्यो ?’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x