×

NMB BANK
NIC ASIA

अभियोजनको तयारी

नक्कली शरणार्थी प्रकरण : प्रहरीभन्दा सरकारी वकिल ‘प्रोएक्टिभ’ ! थपिन सक्छन् यी अभियोग

जेठ ९, २०८०

NTC
Premier Steels

नक्कली शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले ३ किसिमका मुद्दाबाहेक थप मुद्दा पनि चलाउने तयारी गरेको छ ।

Muktinath Bank

ठगी, संगठित अपराध र राष्ट्रहित प्रतिकूल काम गर्न नहुने कसूरमा मुद्दा चलाउनुपर्ने माग दाबीसहित प्रहरीले प्रतिवेदन पेश गरेकोमा सरकारी वकिल कार्यालयले थप मुद्दा चलाउने तयारी गरेको एक सरकारी वकिलले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘प्रहरीले ३ मुद्दाको माग गरेको भए पनि थपघट हुन्छ नै,’ ती सरकारी वकिलले लोकान्तरसँग भने, ‘सम्पत्ति शुद्धीकरणको मुद्दा र भ्रष्टाचारको मुद्दा पनि चलाउने हो कि भन्ने हामी छलफलमै रहे पनि घटबढ भने अवश्य नै हुन्छ ।’


Advertisment
Nabil box
Kumari

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका कार्यालय प्रमुख समेत रहेका सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने भने अहिले केही पनि भन्न नसकिने बताउँछन् ।

Vianet communication

‘हामीले अहिले केही पनि बोल्न मिल्दैन, हाम्रो लागि अहिले मौन अवधि नै हो,’ उनले लोकान्तरसँग भने, ‘प्रतिवादी संख्या घटबढ हुने वा मुद्दा पनि घटबढ हुने भन्ने विषयमा अहिले केही पनि मैले भन्न सक्ने अवस्थामा छैन ।’

नेउपानेले त्यस विषयमा केही नभने पनि अर्का एक सरकारी वकिलले ३० जनालाई मुद्दा चलाउन राय आएकोमा लगभग सबैलाई मुद्दा चलाउने निष्कर्षमा सरकारी वकिल कार्यालय पुगेको बताए । ‘प्रहरीले कायम गरेका ३० जनालाई प्रतिवादी बनाउनेमा सरकारी वकिल कार्यालय पनि सहमत नै छ,’ ती वकिलले थपे, ‘त्यसबाहेक पनि थप कसैलाई मुद्दा चलाउनुपर्ने त होइन भन्नेमा पनि हामीले अध्ययन गरिरहेका छौं ।’

जिल्ला सरकारी वकिल कार्यालयले नक्कली शरणार्थी प्रकरणमा भोलि बुधवार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गर्नेछ । पूर्व उपप्रधानमन्त्री तथा पूर्व गृहमन्त्रीसहित बहालवाला सचिव समेत १६ जना तथा फरार रहेका १४ जनालाई प्रतिवादी बनाई मुद्दा दर्ता गर्नुपर्ने ‘हाई प्रोफाइल’ मुद्दा भएकाले सबैको चासोको विषय बनेको छ । 

महान्यायाधिवक्ता दिनमणि पोखरेलले पनि मुद्दालाई विशेष चासोको साथ हेरिरहेको महान्यायाधिवक्ता स्रोतको दाबी छ तर पोखरेल भने आफ्नो लागि सबै केस स्पेसल नै भएको बताउँछन् । ‘हाम्रो लागि यो सबै केस विशेष नै हुन्छ,’ महान्यायाधिवक्ता पोखरेलले लोकान्तरसँग भने, ‘अहिलेसम्म हामीले जिल्ला सरकारी वकिल कार्यालयलाई मुद्दा अभियोजन गर्नका लागि पूर्ण रूपमा निर्णय गर्न अख्तियारी दिएका छौं । हामीले केही भन्नै पर्दैन ।’

संविधान र कानूनले नै जिल्ला सरकारी वकिल कार्यालयलाई पूर्ण रूपमा स्वतन्त्र बनाएकाले त्यसमा केही चासो राख्ने कुरा नभएको उनले बताए ।

‘सहन्यायाधिवक्ता नेउपाने आफैं पनि सक्षम सरकारी वकिल हुनुहुन्छ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत बसेर आउनुभएको छ,’ उनले थपे, ‘कहीँकतै केही राय माग्नुपर्ने अवस्था आए मात्र महान्यायाधिवक्ताको कार्यालयले राय दिने हो । अहिलेसम्म उहाँले कुनै राय समेत माग्नु भएको छैन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x