×

NIC ASIA

नक्कली शरणार्थी प्रकरण

नक्कली शरणार्थी प्रकरण : यस्ता छन् आरोपीविरुद्ध सरकारी वकिलले पेश गरेका मुख्य प्रमाण

जेठ १०, २०८०

Prabhu Bank
NTC
Premier Steels

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादीहरूको खातामा रकम जम्मा गरिएको भौचरको प्रतिलिपीहरूलाई प्रमाणको रूपमा पेश गरिएको छ ।

Muktinath Bank

जिल्ला सरकारी वकिल कार्यालयले २८ करोड ८१ लाख रूपैयाँ विगो दाबीसहित ३० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा ठगी, संगठित अपराध, किर्ते, राज्यविरुद्धको अपराधसहित ५ किसिमको मुद्दा दर्ता गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिवादी बालकृष्ण खाँणको कोठा खानतलासी गर्दा बरामद भएको खैरो रंगको नोटबुक १ थान, कालो रंगको डायरी ३ थान, सम्पत्ति विवरण पाना ३८ थान, च्यातिएर तीन टुक्रा पारिएको कागज जोड्दा नरेन्द्र जीसमेत भनी लेखिएको कागजको टुक्रालाई प्रमाणको रूपमा पेश गरिएको छ ।


Advertisment
Nabil box
Kumari

नेपाल प्रहरीको प्रधान कार्यालय डिजिटल फरेन्सिक ल्याबबाट प्राप्त भएको परीक्षण प्रतिवेदन, प्रतिवादी सन्देश शर्माले जाहेरवाला गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीको नाममा काटिएको ५ थान सक्कल चेकलाई पनि प्रमाणको रूपमा पेश गरेको छ ।

Vianet communication

प्रतिवादी सानु भण्डारीको घरबाट बरामद भई आएको नबिल बैंक लेखिएको र भित्र विभिन्न पानामा भुटानी शरणार्थीसम्बन्धीको रकम विवरण लेखिएको १ थान डायरीलाई पनि प्रमाणको रूपमा पेश गरिएको छ ।

प्रतिवादी इन्द्रजित राईले ७ लाख ५० हजार रूपैयाँ राजश्व दाखिला गरेको भौचर, ५० लाख र १ लाख ९३ हजार रूपैयाँको मेगा बैंकको किरात इन्टरनेशनल प्रालिको नामको बैंक खातामा निरज राई र इन्द्रजित राईले जम्मा गरेको भौचरलाई पनि प्रमाणको रूपमा पेश गरिएको छ ।

प्रतिवादी इन्द्रजित राईको कोठाबाट बरामद भएको सुमिरा कार्कीको नाममा जारी भएको सक्कल जग्गाधनी पुर्जा १ थान, बैना गरेको सक्कल कागज १ थान, मेगा बैंकको इन्द्रजित राईको नाममा रकम जम्मा गरिदिएको विभिन्न मितिको सक्कल भौचर ६ पानालाई प्रमाणको रूपमा पेश गरिएको छ ।

त्यसैगरी सानु भण्डारीको कोठाबाट बरामद भएको २०१६ नबिल बैंक लेखिएको डायरी १ थानलाई पनि प्रमाणको रूपमा पेश गरिएको छ ।

यस्तै विभिन्न प्रतिवादीहरूबाट बरामद भएको मोबाइलहरूलाई पनि प्रमाणको रूपमा पेश गरिएको छ ।

त्यस बाहेक देख्ने, सुन्ने बुझिएका मानिसहरूको बयान कागज, जाहेरवालाहरूले दिएको जाहेरी, विभिन्न बैंकहरूबाट माग गरिएको पत्रसहितका कागजातहरू, प्रतिवादीहरूले गरेको बयान कागजलाई मुख्य दसी तथा प्रमाणको रूपमा अभियोगपत्रका साथमा पेश गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

x