×

NMB BANK
NIC ASIA

नक्कली शरणार्थी प्रकरण

नक्कली शरणार्थी प्रकरण : पाण्डेले पीएसओमार्फत ८ महिनामा जम्मा गराएका थिए झन्डै ८५ लाख

जेठ ११, २०८०

NTC
Premier Steels

नक्कली शरणार्थी प्रकरणमा तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले ८ महिनाको अवधिमा मात्रै आफ्ना विभिन्न बैंक खाताहरूमा ८४ लाख ९५ हजार रुपैयाँ जम्मा गरेको खुलेको छ ।

Muktinath Bank

प्रतिवादी केशवप्रसाद दुलालले तत्कालीन गृहसचिव पाण्डेलाई बुझाएको १ करोड २४ लाख ५० हजार नगदमध्ये पाण्डेले ८ महिनाको अवधिमा ८४ लाख ९४ हजार रुपैयाँ आफ्नो खातामा जम्मा गरेको पाइएको हो  ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पाण्डेले २०७८ मंसिर २ गतेदेखि २०७९ जेठ २३ गतेसम्म ८ महिनाको अवधिमा आफ्नो सञ्चय कोष, नागरिक लगानी कोष र हिमालयन बैंकको खातामा ८४ लाख ९४ हजार ९८ रुपैयाँ जम्मा गरेको पाइएको हो  ।


Advertisment
Nabil box
Kumari

पाण्डेले आफ्नो व्यक्तिगत सुरक्षा गार्ड (पीएसओ) प्रहरी वरिष्ठ नायब निरीक्षक धर्मराज शाहीमार्फत आफ्ना ती खातामा रकम जम्मा गराएको बैंक भौचर सहितका कागजात प्रहरीले प्रमाणका रूपमा पेश गरेको छ ।

Vianet communication

२०७८ मंसिर २२ गते एभरेष्ट बैंकमा २ लाख नगद, सन् २०२१ डिसेम्बर ९ तारेखमा हिमालय बैंक लिमिटेडमा ९ लाख ४० हजार ६४२ रुपैयाँ नगद जम्मा गरेका थिए ।

त्यसैगरी २०७८ फागुन ११ गते पाण्डेले एभरेष्ट बैंकमा २१ लाख ५० हजार नगद, २०७८ फागुन २३ गते  एभरेष्ट बैंकमा ५७ हजार ४५३ रुपैयाँ, २०७८ फागुन २६ गते हिमालय बैंक लिमिटेडमा १२ लाख ३ हजार ८३२ रुपैयाँ नगद जम्मा गरेका थिए ।

त्यसैगरी २०७८ मंसिर १५ गते एभरेष्ट बैंकमा पीएसओको नाममा काटिएको चेकमार्फत ४ लाख रुपैयाँ, २०७९ जेठ २३ गते एभरेष्ट बैंकमा १५ लाख नगद, सन २०२१ चैत ५ गते एभरेष्ट बैंकमा चेकमार्फत ४ लाख २७ हजार १७० रुपैयाँ जम्मा गरेका थिए ।

त्यसैगरी २०७८ मंसिर २ गते ४५ हजार नगद एकपटक र सोही दिन ४ लाख ५५ हजार नगद अर्कोपटक अनि सन् २०२२ जुलाई ११ तारिखमा एभरेष्ट बैंकमा १० हजार नगद जम्मा गरेका थिए ।

पाण्डेले जम्मा गराएको रकम विवरण:

nullnull

पाण्डेले आफ्ना पीएसओको नाममा चेक काटेर तथा नगद नै पठाएर विभिन्न बैंक खातामा जम्मा गर्न लगाएको भौचरसहितको प्रमाण नै अभियोगपत्रमा पेश गरिएको छ ।

पाण्डेले पक्राउ पर्नुअघि आफ्नो निजी मोबाइलमा भएका विवरणहरू मेटाउने उद्देश्यले फर्म्याट गरेका थिए । पक्राउ परेपछि प्रहरी हिरासतबाट नै पाण्डेले प्रधानमन्त्री समेतलाई भनेर अन्य प्रतिवादीहरूको इन्कारी बयान गर्न लगाउनू भन्ने लिखित सूचनाहरू पूर्वगृहमन्त्री समेत रहेका बालकृष्ण खाँणलाई पठाएका थिए ।

पाण्डे गृह मन्त्रालयमा सचिव नियुक्त भएलगत्तै प्रहरी वरिष्ठ नायब निरीक्षक धर्मराज शाहीलाई प्रहरी प्रधान कार्यालयले पीएसओको रूपमा खटाएको थियो ।

शाही र पाण्डेबीच सोही अवधिमा निकटको सम्बन्ध बनेको थियो ।

'पाण्डेले मलाई विभिन्न मितिमा निजको कार्यकक्षमा बोलाई आफू व्यस्त भएकाले मेरो व्यक्तिगत बैंक खातामा रकम जम्मा गरी आउनू भनी पठाउने गर्नुभएकाले गृहसचिवको आदेशबमोजिम निजले भने अनुसार निजको विभिन्न बैंक खाताहरूमा विभिन्न मितिमा मेरो नामबाट सम्बन्धित बैंकहरूमा गई रकम जम्मा गरेको भौचर निजलाई भेटी दिने गरेको थिएँ,' शाहीले गरेको बयानमा उल्लेख छ ।

त्यसबाहेक पाण्डेले अर्को पीएसओका रूपमा केही समय काम गरेका प्रहरी सहायक निरीक्षक ज्ञानेन्द्र पन्तमार्फत पनि १ पटक रकम जम्मा गर्न लगाएको बयान दिएका छन् ।

'मलाई निज पाण्डेले १ पटक रकम जम्मा गर्न लगाएका थिए । लामो समय भएकाले रकम, मिति र बैंकको नाम याद भएन,' पन्तले गरेको बयानमा उल्लेख छ ।

त्यसैगरी पाण्डेले आफ्ना निजी सवारी चालक शहदेव नेत्रविक्रम कैतीमार्फत समेत विभिन्न समयमा सञ्चयकोषको ऋण सापटीबापतको रकम जम्मा गर्न नगद दिई पठाएको बयान गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x