×

NMB BANK
NIC ASIA

लक्षित वर्ग निःशुल्क उपचार सुविधाको अनुगमन शुरू, ओम र हेल्पिङ हेण्ड्समा देखिएन सुविधा

काठमाडाैं | जेठ २४, २०८०

NTC
Premier Steels

काठमाडौं महानगरपालिकाले ठूला अस्पतालमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन शुरू गरेको छ । 

Muktinath Bank

स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलको नेतृत्वमा बुधवार ओम अस्पताल र हेल्पिङ हेण्ड्स अस्पतालको अनुगमन गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अस्पतालहरूले लक्षित वर्गको निःशुल्क उपचारका लागि पहुँचयुक्त बनाउन थप काम गर्नुपर्ने देखिएको छ । अनुगमनका क्रममा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले भने, ‘लक्षित वर्गको उपचारका लागि छुट्टै व्यवस्था गरिएको देखिएन । नागरिक वडापत्र स्पष्ट देखिएन । अस्पतालजन्य फोहोर व्यवस्थापनलाई प्रविधि र जोखिम न्युनीकरणका थप प्रयास गर्नुपर्ने देखियो ।’


Advertisment
Nabil box
Kumari

अनुगमन सूचकका विषयमा जानकारी गराउँदै उनले भने, ‘हामीले लक्षित वर्गको उपचारका लागि निःशुल्क शय्या भए/नभएको, चिकित्साजन्य फोहोरको व्यवस्थापन भए/नभएको, नागरिक वडापत्र भए/नभएको, सेवाग्राहीमैत्री सेवा प्रवाह भए/नभएको, स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूको प्रचलित कानूनले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध भए/नभएको लगायत विषय हेरेका थियौं । त्यसक्रममा अस्पतालभित्र रहेका क्यान्टिनमा खाद्य गुणस्तर कायम भए/नभएको, अनावश्यक प्रयोगशाला परीक्षणका लागि सिफारिस भए/नभएको जस्ता विषय पनि हेरेका थियौं ।’

Vianet communication

अनुगमनका क्रममा ओम अस्पतालका मेडिकल डाइरेक्टर डा. हरिश जोशीले भने, ‘हाम्रामा लक्षित वर्गको निःशुल्क उपचार सेवाका लागि माग आएको छैन । यदि कोही आए भने हामीसँग भएका शय्यामध्ये उहाँलाई उपचार गर्नेमा निःशुल्क उपचारको ट्याग लगाएर सेवा दिन्छौं ।’

अनुगमनका क्रममा साधारण शय्या भएका उपचार कक्षहरू, प्रशासन, नागरिक वडापत्र राखिएको ठाउँ, फोहोर व्यवस्थापन गर्ने गरिएको ठाउँ हेरिएको थियो । 

हेल्पिङ हेण्ड्स अस्पतालमा १ बिरामी र अर्को बिरामी राख्ने शय्याको नजिक दूरीमा राखेको थियो । अनुगमन अधिकारीहरूले सुधार गर्न निर्देशन दिएको छ । सेवाग्राही बस्ने ठाउँ नभएको, शय्याहरू पुराना भएको, सरसफाइमा कम भएको जनाउँदै अधिकारीले त्रुटि सच्याउन सुझाव दिएका छन् । 

मंगलवार देखिएका समस्या सुधारका लागि अवधि तोकेर बुँदागत निर्देशनसहित विभागले पत्र पठाउने तयारी गरेको छ । 

लाजिम्पाटमा भएको २५ शय्याको सिविक अस्पतालले लक्षित वर्गका लागि ३ वटा शय्या छुट्याएको छ । बागबजारमा रहेको ईएनटी अस्पतालले नागरिक वडापत्र राखेको छैन । लक्षित वर्गलाई उपलब्ध गराउनु पर्ने शय्या छुट्याइएको छैन । अनगुमन क्रममा अस्पतालहरूलाई मासिक विवरण पठाउने ढाँचा दिइएको छ । ढाँचामा बिरामीको नाम थर, परिचय पत्र नम्बर, ठेगाना, भर्ना भएको मिति, सिफारिस गर्ने निकाय, रोग, छुट रकम, फोन नम्बर र फोटो भर्नुपर्छ । 

जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ६४ मा भएको व्यवस्था बमोजिम, स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड २०७७ स्वीकृत गरेको छ । मापदण्डको दफा ७० (घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कूल शय्याको १० प्रतिशत शय्या छुट्याएर अनिवार्य रूपमा निःशुल्क उपचार सेवा दिनुपर्ने व्यवस्था छ । 

स्वास्थ्य संस्थाबाट सुविधाको व्यवस्था कार्यान्वयन नभएपछि महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले ऐन कार्यान्वयन गर्न सार्वजनिक अपिल गरे । यससँगै महानगरको स्वास्थ्य विभागले सार्वजनिक सूचना प्रकाशन गर्‍यो । ज्येष्ठ १६ गते प्रमुख शाहले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर संघ तथा प्रदेश सरकार मातहतका अस्पतालहरूमा ७ दिनभित्र निःशुल्क उपचारको व्यवस्था मिलाउन आग्रह गरेका थिए ।

प्रमुख शाहसँगको भेटपछि ज्येष्ठ १९ गते मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट ऐन तथा मापदण्डमा भएको विपन्न, असहाय र बेवारिसे बिरामीको सिफारिस सम्बन्धित स्थानीय तहका वडा कार्यालयबाट गर्ने गराउने निर्णय गरेका थियो । ज्येष्ठ २१ गते मन्त्रालयले स्थानीय तहलाई परिपत्र गर्दै त्यस्ता बिरामीको निःशुल्क उपचार हुने व्यवस्था मिलाउन र त्यसको अनिवार्य अनुगमन गर्न गराउन अनुरोध गरेको थियो । परिपत्रपछि संघ र प्रदेश सरकार मातहतका अस्पतालको अनुगमनका लागि स्थानीय तहलाई बाटो खुलेको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x