×

NIC ASIA

नक्कली शरणार्थी प्रकरण

'अमेरिका जान आफू र आफन्तकै १ करोड बुझाउने मान्छे कसरी ठग हुन्छ श्रीमान् ?'

काठमाडाैं | जेठ २४, २०८०

Prabhu Bank
NTC
Premier Steels

नक्कली शरणार्थी प्रकरणमा चौथो दिनको सुनुवाइका क्रममा प्रतिवादी केशव दुलालका तर्फबाट अधिवक्ता विकास भट्टराईले बहसको शुरूआत गरे । दुलाल कसूरदार नभएर उल्टै पीडित भएको उनको जिकिर थियो । ठगीको परिभाषा भित्र पर्नुपर्ने कुनै पनि तत्व आफ्नो पक्षसँग मेल नखाने जिकिर गर्दै कसैलाई पनि नठगेको उनले बताए ।

Muktinath Bank

'मौकामा बयान गर्दा पनि मेरो पक्षले अमेरिका जानका लागि भन्दै आफू र आफन्तको १ करोड रुपैयाँ प्रतिवादी सन्देश शर्मालाई दिएको उल्लेख गरेका छन्,' उनले इजलाससमक्ष भने, 'सन्देश शर्मासँग पैसा फिर्ता माग्दा उल्टै डर, धाक, धम्की दिएको र स्वयं ठगीमा परेको बयानमै बताएका छन् ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साथै कीर्ते मुद्दामा लगाइएको अभियोग पनि पुष्टि नहुने उनको तर्क छ ।


Advertisment
Nabil box
Kumari

'अभियोगपत्रमा नै अन्य प्रतिवादीहरूको नाम किटेर तत्कालीन गृहसचिव टेकनारायण पाण्डेमार्फत पन्थी नेतृत्वको कार्यदलले बनाएको प्रतिवेदन सच्च्याएको उल्लेख छ । अन्तिममा केशव दुलाल समेत भनेर सरकारी लिखत कीर्तेमा मुद्दा चलाइएको छ,' कार्कीले थपे, 'मेरो पक्षले कसरी कीर्ते गरेको हो भन्नेचाहिँ अभियोजन पक्षले खुलाउन सकेको छैन ।'

Vianet communication

त्यसैगरी राष्ट्रहितविरुद्धको कार्य गरेको कसूरअन्तर्गत मुद्दा अभियोजन गरिएको भए पनि आफ्नो पक्षले राष्ट्रको के अहित गरेको हो भन्ने कुरा देखाउन नसकेको तर्क उनले गरे ।

'आरोपका लागि मात्र आरोप लगाइएको छ । मेरो पक्षले माथि उल्लेख गरिएका तीनमध्ये कुनै पनि कसूर गरेको कुरा अभियोजन पक्षले प्रमाणसहित उल्लेख गर्न सकेको छैन, उनले थपे, 'संगठित अपराधको परिभाषाभित्र पर्ने कुनै पनि तत्त्व मेरो पक्षको हकमा सावित गरिएको छैन ।'

तत्काल कुनै प्रमाण पेश नगरिएकाले आफ्नो पक्षलाई साधारण तारेखमा रिहा गर्नुपर्ने उनको जिकिर थियो ।

दुलालकै पक्षबाट बहस गरेका अर्का अधिवक्ता विकास थापाले अभियोजन पक्षले प्रमाणविना 'दन्तेकथा'को आधारमा अभियोजन गरेको आरोप लगाएका थिए ।

'हाई–प्रोफाइल केस भएको भन्दै अभियोजन पक्षले २२४ पानाको अभियोगपत्र ल्याए पनि त्यसमा प्रमाण र तथ्यको अभाव देखिन्छ,' उनले भने, 'अभियोजन पक्षले उल्टै यसलाई ग्लोरिफाई गरेर मिडियामार्फत स्वतन्त्र न्यायपालिकालाई थ्रेट गर्न खोजेको देखिन्छ ।'

बाहिर चोकमा पनि यस विषयमा कुराकानी भइरहेको छ, मिडियामा समेत समाचार आइरहेको छ, त्यसकारण प्रतिवादीलाई थुनामा नै राख्नुपर्छ भनेर अभियोजन पक्षले बहसका क्रममा स्वतन्त्र न्यायपालिकालाई 'थ्रेट' गर्न खोजेको उनको तर्क थियो ।

जाहेरवाला गजेन्द्र बूढाथोकी स्वयं पैसा उठाएर ठगी गर्ने मानिस भए पनि उनको जाहेरीका आधारमा अभियोजन ल्याइएको भन्दै थापाले आपत्ति जनाए ।

'लगभग २९ करोड रुपैयाँ बिगो कायम गरी अभियोजन गरिएको छ । तर, अनुसन्धान अधिकृतले के त्यो रकम बरामद गरेका छन् त ? १ रुपैयाँ पनि बरामद गरिएको छैन,' उनले थपे, 'प्रमाण ऐनको आधारमा उक्त बिगो रकम बरामद गर्नुपर्दैन ? आँप टिपेर बोकेजस्तै बोरामा २ करोड रुपैयाँ लगेको भनिएको छ, खोई त त्यसको कुनै प्रमाण ?'

मौकामा गराइएको कागज आफ्नो इच्छाविपरीत गराइएको र प्रतीक थापालाई स्वयं २५ लाख रुपैयाँ दिएको छु भन्ने आफ्नो पक्षलाई उल्टै प्रतिवादी बनाइएको गुनासो उनले गरे ।

'रोशन खरेलले दुलालको श्रीमती दीपा हुमागाईंको खातामा ३० लाख रुपैयाँ चेकमार्फत रकम पठाएको देखिन्छ,' उनले थपे, 'आफ्नो श्रीमती क्यान्सरको बिरामी भएकाले उपचारका लागि लिएको भनेर मेरो पक्षले अदालतसमक्ष बयान गर्नुभएको छ । फेरि त्यो रकम खरेललाई प्रभु बैंकको खातामा फिर्ता पनि गरिसकिएको छ । बैंक स्टेटमेन्ट झिकाइपाऊँ श्रीमान् । अनि कसरी मेरो पक्षले ठगी गर्‍यो त ?'

दुलालले करोडौं रुपैयाँ लिएर बायोमेट्रिक गराउने काम समेत गरेको भनेर अभियोगपत्रमा उल्लेख गरिएको छ, तर दुलालले बायोमेट्रिक गराएको भन्ने कुनै प्रमाण मिसिलमा पेश गर्न नसकेको उनको कथन थियो ।

'जति ठूलो मान्छेलाई पोल गर्न सकियो त्यति नै ठूलो मुद्दा हुन्छ भन्ने दुरासयका साथ सरकारी वकिलले हावाको भरमा अभियोग लगाएको देखिन्छ,' उनले थपे, 'जब ठगी नै गरिएको छैन भने संगठित अपराध, राष्ट्रहितविरुद्धको कसूर स्थापित हुने कुरै होइन ।'

प्रथमदृष्टिमा ती कसूर स्थापित नहुने हुनाले आफ्नो पक्षलाई साधारण तारेखमा रिहा गर्नुपर्ने उनको दलिल थियो । दुलालकै पक्षमा बहस गरेका अर्का अधिवक्ता विश्वास आचार्यले पनि दुलाल निर्दोष रहेको जिकिर गरेका थिए ।

२४ वटा जाहेरी दरखास्त परेकोमा एउटा पनि जाहेरीमा आफ्नो पक्षले कसैबाट पैसा लिएर ठगी गरेको भनेर कहीँकतै उल्लेख नगरिएको उनले बताए ।

'कुनै पनि जाहेरवालाले मेरो पक्ष केशव दुलालको नाम लिएको देखिँदैन । फलानो–फलानोले रकम लिएको भनेर संयुक्तरूपमा नै अन्य प्रतिवादीहरूको नाम जाहेरीमा उल्लेख गरिएको भए पनि रकम बुझ्नेमा मेरो पक्षको नाम कहीँ कतै उल्लेख गरिएको छैन,' आचार्यले भने, 'मौकामा बयान गर्दा पनि अन्य प्रतिवादीहरूले कसैलाई पोल्नुभएको छ तर मेरो पक्षलाई पोल्नुभएको छैन ।'

अभियोगपत्रको पृष्ठ १९२ देखि १९५ सम्म कुन–कुन प्रतिवादीले के कति रकम बुझाए भन्ने टेबल बनाइएको छ ।

'कुल १० फरक–फरक ठाउँमा मेरो पक्षको नाम पनि समावेश गरिएको छ । भागअनुसार ७२ लाख ९३ हजार ८३३ रुपैयाँ मेरो पक्षको भागमा पर्छ,' उनले थपे, 'तर, उक्त रकम नगद लिएको ठोसरूपमा कागजबाट कहीँ कतै पनि पुष्टि भएको छैन । म त्यो नगद लिएको पुष्टि गर्न अभियोजन पक्षलाई चुनौती नै दिन्छु ।'

सह-प्रतिवादीले बयानमा पोलेको आधारमा मात्र कसूरदार भन्न नमिल्ने र त्यसका लागि प्रमाण हुनुपर्ने उनको दलिल थियो । उनले पनि दुलाललाई साधारण तारेखमा रिहा गर्न माग गरे ।

वरिष्ठ अधिवक्ता योगेन्द्रबहादुर अधिकारीले दुलालले अमेरिका जान खोजेको तथ्य स्वीकार गर्नु नै अपराध स्वीकार गर्नु नभएको बताएका थिए ।

'केशवजीको श्रीमती दीपा हुमागाईं क्यान्सरपीडित हुनुहुन्छ । यहाँ उपचार गर्दा ठीक नभएपछि अमेरिका गएर उपचार गराउन सकिन्छ कि भनेर उहाँ पनि नक्कली शरणार्थीको नाममा अमेरिका जान खोज्नुभएको तथ्य स्वीकार गर्नुभएको छ,' उनले थपे, 'यदि त्यसै आधारमा सजाय हुने हो भने उहाँलाई पनि सजाय हुनुपर्छ । तर, ठगी गर्ने जाहेरवालालाई खोई त प्रतिवादी बनाइएको ?'

जाहेरवालालाई 'सेक्युरिटी थ्रेट' हुने भएकाले थुनामा राख्नुपर्छ भन्ने अभियोजन पक्षको तर्कको पनि उनले खण्डन गरे ।

'मेरो पक्षबाट कुन जाहेरवालालाई थ्रेट छ ? ६० दिनभन्दा बढी हिरासतमा हुँदा उहाँले कसलाई थ्रेट दिनुभयो ? कुन प्रतिवादीलाई मार्छु भनेर धम्की दिनुभएको छ?' उनले प्रश्न गरे ।

ठगी मुद्दामा कहिल्यै बिगोसहित अभियोजन नल्याइने भन्दै उनले बिगो ल्याएकोमा समेत आपत्ति जनाए । साथै कीर्ते मुद्दामा जोडिएकोमा समेत उनको आपत्ति थियो ।

'सरकारी कागजात भनिएको शरणार्थी प्रतिवेदन थपघट गर्न मेरो पक्षको के भूमिका छ ? कुन कागज उहाँले कीर्ते गर्नुभयो?' उनको प्रश्न थियो ।

अभियोग लगाउनु र अभियोग स्थापित गर्नु फरक-फरक कुरा रहेको बताउँदै उनले थपे, 'अभियोग लगाउँदैमा हुँदैन । अदालतले हेर्ने भनेको प्रमाण नै हो । प्रमाण नै नभएकाले मेरो पक्षलाई साधारण तारेखमा रिहा गरी पाऊँ श्रीमान  ।'

ठगीमा संगठित अपराध र राज्यद्रोहको मुद्दा लगाउने हो भने सबै वैदेशिक रोजगारीको ठगी मुद्दामा अब त्यही मुद्दा ल्याउनुपर्छ श्रीमान् भन्दै उनले थपे, 'यो बेलेबल मुद्दा हो । साधारण तारेखमा नभए पासपोर्ट रोक्का गरेर भए पनि धरौटमा रिहा गरी पाऊँ ।'

दुलालको पक्षमा अधिवक्ता नरबहादुर योगी र राजन भट्टराईले समेत बहस गरेका थिए ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा ४ दिनदेखि बहस जारी छ । यसअघि सरकारी वकिल र जाहेरवाला पक्षले बहस गरिसकेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x