×

NIC ASIA

नेपाली सेनाको समन्वयमा शान्ति स्थापनामा प्रविधिका लागि सहकार्यसम्बन्धी गोष्ठी हुँदै

काठमाडाैं | जेठ २७, २०८०

Prabhu Bank
NTC
Premier Steels

शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्य अन्तर्राष्ट्रिय संगोष्ठी (पीटीपीएस) हुने भएको छ । रक्षा मन्त्रालयको अगुवाइ तथा नेपाली सेनाको समन्वयमा पीटीपीएसको सातौं संस्करण नेपालमा सञ्चालन हुने भएको हो ।

Muktinath Bank

शान्ति स्थापना कार्यमा डिजिटल प्रविधिको प्रयोगको सम्भाव्यता विकास गर्ने तथा नवीनतम प्रविधिहरूको प्रयोग गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरिएको हो । गोष्ठी सञ्चालन संयुक्त राष्ट्रसंघ सचिवालयअन्तर्गतका परिचालन समर्थन विभाग (डीओएस) र सूचना तथा सञ्चार प्रविधि कार्यालय (ओआईसीटी)ले गर्नेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्वमा भइरहेको सूचना प्रविधिको तीव्रतम विकास र बदलिँदो सुरक्षा परिस्थितिअनुसार शान्ति कार्य मिसनमा प्रयोग भइरहेका प्रविधिहरू, चुनौती एवं सर्वोत्कृष्ट अभ्यासहरूका बारेमा सदस्य राष्ट्रहरूबीच अनुभव आदानप्रदान गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको सेनाले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

कार्यक्रममा नेपालका तर्फबाट रक्षा, गृह, परराष्ट्र, सञ्चार तथा सूचना प्रविधि र अर्थ मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता रहनेछ ।

Vianet communication

सेनाकाअनुसार गोष्ठीमा संयुक्त राष्ट्रसंघ मुख्यालयबाट परिचालन समर्थन विभागका उपमहासचिव जनरल अतुल खरे, सूचना तथा सञ्चार प्रविधि कार्यालयका सहायक महासचिव, मानवीय संसाधनका सहायक महासचिव, संयुक्त राष्ट्रसंघको विच्छेदन बलका फोर्स कमान्डरलगायत विभिन्न ११ वटा शान्ति मिसनका प्रतिनिधिहरू, संयुक्त राष्ट्रसंघका ५१ वटा सदस्य राष्ट्रका प्रतिनिधिहरू, विभिन्न विषय विज्ञहरुसहित २ सय ३० जनाको सहभागिता रहने छ ।

शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्य कार्यक्रम संयुक्त राष्ट्रसंघले पहिलोपटक सन् २०१४ मा इटालीमा आयोजना गरेको थियो । गोष्ठी यही जेठ ३० गतेदेखि असार १ गतेसम्म सञ्चालन हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

जेठ ७, २०८१

नेकपा एमाले दाङको अध्यक्षमा शिवकुमार आचार्य चयन भएका छन् ।  एमाले दाङको १४औं अधिवेशनबाट आचार्यसहित सिंगो जिल्ला कमिटी निर्विरोध चयन गरिएको हो । उपाध्यक्षमा मनोहर बुढाथोकी, सचिवमा श्याम डाँगी, उपसचिवमा ...

बैशाख १२, २०८१

नेपाली युवाहरूको संस्था निलुवा समाज पोर्चुगलको पहिलो वार्षिक भेला मंगलबार सम्पन्न भएको छ । रोजगारीको शिलशिलामा पोर्चुगललाई कर्मभूमि बनाएका बाग्लुङको गल्कोट नगरपालिका– ४ चमुवाका युवाहरूको उक्त भेलामा...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

x