×

NIC ASIA

घोराही सिमेन्टको आईपीओ जेठ ३२ बाट आउने

काठमाडाैं | जेठ २९, २०८०

Prabhu Bank
NTC
Premier Steels

कुनै पनि कम्पनीको प्राथमिक शेयर (आईपीओ) निष्कासन हुँदा आर्थिक क्षेत्र चलायमान बनाउन सहयोग पुगिरहेको हुन्छ ।

Muktinath Bank

पछिल्लो समय ‘फाइनान्सियल लिट्रेसी’ बढ्दै गएका कारण पुँजीबजारतर्फ आम सर्वसाधारणको रुचि समेत बढ्दै गएको छ । लगानीको वातावरण पनि बढिरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वित्तीय क्षेत्रको मात्रै प्रभुत्व भएको शेयर बजारमा विस्तारै ‘रियल सेक्टर’ पनि थपिँदै गएका छन् ।


Advertisment
Nabil box
Kumari

पछिल्लो समय साना हाइड्रोपावरको शेयर एकपछि अर्को आइरहेको बेला उत्पादनमूलक उद्योगबाट एकैपटक ठूलो लगानी गर्न सकिने गरी घोराही सिमेन्ट पुँजी बजारमा थपिँदैछ ।

Vianet communication

सगरमाथा ब्रान्डमा सिमेन्ट उत्पादन गरिरहेको घोराहीले ३२ जेठबाट आईपीओे निष्कासन गर्न लागेको हो ।

नेपाली सिमेन्ट उत्पादक कम्पनी घोराहीले सगरमाथा ब्रान्डमा बजारमा सिमेन्ट पठाइरहेको छ । कम्पनीले सिमेन्ट आयात न्यूनीकरणमा पनि महत्त्वपूर्ण सहयोग पुर्‍याएको छ ।

व्यापारिक घराना त्रिवेणी ग्रुपको घोराही सिमेन्ट इन्ड्रस्ट्रिज नेपालमा क्लिङ्कर भित्र्याउने र सिमेन्ट बनाउने पहिलो निजी कम्पनी समेत हो । यसले पुँजीबजारमा दोस्रो सिमेन्ट कम्पनीका रूपमा प्रिमियममा आईपीओे जारी गर्न लागेको हो ।

करीब ८० लाख कित्ता शेयर जारी गरेर साढे ३ अर्ब रुपैयाँ संकलन गर्ने कम्पनीको लक्ष्य छ । यो कम्पनीले १ सय रुपैयाँको शेयर मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरेर प्रतिशेयर ४३५ रुपैयाँमा आईपीओ जारी गर्दैछ ।

‘हामीले अहिलेसम्म गर्नुपर्ने लगानी गरिसकेका छौं । विदेशी प्रविधि भित्र्याइसकेको र कम्पनीमा गर्नुपर्ने मेहनत १६ वर्षदेखि गरिसकिएको छ । १० वर्षदेखि सिमेन्ट उत्पादन गरिरहेका छौं । ८ करोड बोरा सिमेन्ट बिक्री भइसकेको छ,’ घोराही सिमेन्ट इन्डस्ट्रिजका वित्त प्रमुख अनिल अग्रवालले भने ।

सिमेन्ट उद्योगमा हुने लगानी एक तहमा भइसकेपछि थप लगानी गर्दै उत्पादन सस्तो बनाउनतर्फ पनि लाग्नुपर्ने उनी बताउँछन् ।

घोराही सिमेन्ट पनि लागत कम गर्दै जान ऋणको भार घटाउने र रणनीतिकरूपमा लगानी गर्ने उद्देश्यले आईपीओमा गएको उनको तर्क छ ।

पछिल्लो समय चुनढुंगाबाट सिमेन्ट बनाउने १२/१५ वटा सिमेन्ट उद्योग छन् । बाँकी सबैले क्लिंकरबाटै सिमेन्ट उत्पादन गर्छन् ।

आफ्नै चुनढुंगामार्फत क्लिंकर उत्पादन गर्नेमध्येको एक प्रमुख कम्पनीमा पर्छ घोराही सिमेन्ट । धेरैजसो कम्पनीले यही कम्पनीबाटै क्लिंकर लिएर सिमेन्ट बनाउने गरेका छन् । 

null

पछिल्लो समय ठूला उद्योग आएसँगै सिमेन्टमा नेपाल आत्मनिर्भर हुन थालेको छ भने निर्यात पनि शुरू भएको छ । घोराही सिमेन्टले पनि नेपाली बजारमा आपूर्ति गर्दै निर्यातका लागि समेत तयारी गरिरहेको छ ।

यो कम्पनीले स्थानीय, वैदेशिक रोजगामा गएका नेपाली र कर्मचारीका लागि शेयर जारी गरिसकेको छ ।

यो कम्पनीले कर्मचारीका लागि मात्रै १६ करोड रुपैयाँको शेयर निकालेको थियो । कर्मचारीलाई ५ प्रतिशत कोटा दिइएको थियो ।

३२ करोड रुपैयाँ बराबरको शेयर वैदेशिक रोजगारीमा गएका नेपालीलाई जारी गरिएकोमा २६ करोड रुपैयाँ अर्थात (८० प्रतिशत)को आवेदन परेको थियो ।

कम्पनीले स्थानीयलाई पनि १६ करोड रुपैयाँको आईपीओे जारी गरेको थियो । यसको आईपीओ र प्रिमियमका कारण हुने लगानीको साइज ठूलो भएकाले सबै बिक्री नभएको बुझाइ अग्रवालको छ ।

यो कम्पनीले सर्वसाधारणका लागि आईपीओे जारी गर्दैछ । स्थानीयलाई भने यो कम्पनीले प्रतिशेयर ३५ रुपैयाँ छूट दिएर शेयर जारी गरेको थियो ।

घोराही सिमेन्टको वित्तीय अवस्था

चालू आव २०७९/८० को पहिलो ६ महिनासम्म घोराही सिमेन्टको प्रतिशेयर नेटवर्थ २ सय २७ रुपैयाँ १० पैसा छ । यसको जगेडा कोषमा ४ अर्ब २ करोड २९ लाख रुपैयाँ छ । चुक्ता पुँजी ३ अर्ब १७ करोड ७५ लाख रुपैयाँ छ । आईपीओे निष्काशनपछि चालू आवमै घोराही सिमेन्टले ११ रुपैयाँ ६५ पैसा प्रतिशेयर आम्दानी पुर्‍याउने लक्ष्य राखेको छ ।

घोराहीले प्रिमियममा संकलन गरेको रकम शेयर प्रिमियम खाताअन्तर्गत राखेर गणना गर्ने भएकाले यसले कम्पनीको नेटवर्थ बढाउन सहयोग गर्छ । यसको ऋण ७ अर्ब ५४ करोड ८१ लाख रुपैयाँ छ । कम्पनीले आव २०७८/७९ मा २१ करोड ६१ लाख रुपैयाँ नाफा गरेको थियो । 

आईपीओे निष्कासनपछि चालू आवमै यसको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ६५ पैसा पुग्ने अनुमान गरिएको छ । कम्पनीको जगेडा कोषको रकम ७ अर्ब १३ करोड ३० लाख रुपैयाँ पुग्ने कम्पनीले अनुमान गरेको छ । आईपीओे निष्कासनबाट घोराही सिमेन्टको ७ अर्ब ५४ करोड रुपैयाँ ऋण ४ अर्ब २७ करोडमा झर्ने भएको छ ।

यो कम्पनीले अगामी वर्ष नै ४६ करोड २८ लाख रुपैयाँ नाफा कमाउने प्रक्षेपणसमेत गरेको छ ।

केयर नेपालले घोराही सिमेन्टको आईपीओेलाई केयर एनपी त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमता मध्यम रहेको भनेर बुझाउँछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १२, २०८१

नेपाली युवाहरूको संस्था निलुवा समाज पोर्चुगलको पहिलो वार्षिक भेला मंगलबार सम्पन्न भएको छ । रोजगारीको शिलशिलामा पोर्चुगललाई कर्मभूमि बनाएका बाग्लुङको गल्कोट नगरपालिका– ४ चमुवाका युवाहरूको उक्त भेलामा...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

जेठ ४, २०८१

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न दलहरूबीच सहमति जुट्न नसकेपछि प्रतिनिधि सभा बैठक शुक्रवार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ। शुक्रवार बिहान ११ बजेका लागि बोलाइएको बैठक पौने १ बजेको स...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

x