×

NIC ASIA

गत पुस १० मा तत्कालीन चुनावी गठबन्धन भत्काउँदै नेकपा (माओवादी केन्द्र)लाई प्रधानमन्त्री दिएर नेकपा (एमाले)ले राष्ट्रिय राजनीतिको लगाम आफ्नो हातमा लिएको थियो ।

पुरानो भत्काउँदै नयाँ गठबन्धन बनाउन सफल एमालेले सत्तामा ‘कमब्याक’ पनि गर्‍यो । परिस्थिति यति चाँडै बदलियो कि ६ महिना पनि नपुग्दै एमाले सत्ताबाट प्रतिपक्षमा धकेलियो । संघदेखि प्रदेशसम्म सत्ताविमुख हुन पुग्यो । बाँकी एक कोशी प्रदेश सरकार ‘तरबारको धार’मा छ, कुन बेला ढल्छ अत्तोपत्तो छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सत्ताबाट विमुख एमालेमाथि पछिल्लो समय दबाब र तनाब थपिएको छ । गत वैशाखको उपनिर्वाचनमा नवउदयी दलले दिएको झट्का, आफूविरुद्ध बलियो गठबन्धन र अझै घोषणा तयारीमा रहेको समाजवादी मोर्चाले एमालेलाई थप दबाब दिएको हो । 


Advertisment
Rupse Holidays
Nabil box

एमालेबाहेक माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपासहितका दलले समाजवादी मोर्चा घोषणा गर्दैछन् । पार्टी एकतासम्मको लक्ष्य लिएको मोर्चाले नेपाली कांग्रेस र एमालेमाथि सामूहिक दबाब बढाउने रणनीति लिएको छ । 

Vianet communication

४ मंसिरको निर्वाचनअघि र पछि पनि अध्यक्ष ओली एमालेको विकल्प छैन भनेर सगर्व भाषण गर्थे । तर, ४ वैशाखमा तनहुँ १, चितवन २ र बारा २ मा भएको उपनिर्वाचनमा एमालेले आफ्नो मत जोगाउन सकेन । निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले झन् मत बढाएपछि एमालेमाथि चुनौतीमा थपिएको हो । 

सबैतिर सरकारबाट विमुख 

एमालेविरुद्ध खडा भएको तत्कालीन गठबन्धन टुटाउँदै १० पुसमा ओली प्रचण्डलाई प्रधानमन्त्री बनाउन सफल भएका थिए । तर, टिकाउन सकेनन् ।

राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा आफैंले प्रधानमन्त्री बनाएका प्रचण्ड कांग्रेसको कित्तामा पुगेपछि एमाले सत्ताबाट निरन्तर विमुख हुन पुग्यो । दोस्रो दल हुनुका बावजुद एमालेले आफ्नै नेतृत्व रहेका सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेश सरकार गुमायो । कोशीको सरकार पनि धरमरमा छ ।

कुशलतापूर्वक सत्ता र शक्तिको तालमेल मिलाउन नसक्दा र प्रधानमन्त्री प्रचण्डलाई विश्वासमा लिन नसक्दा एमाले सत्ताविमुख हुन पुगेको हो । कुनै अप्रिय घटना र आश्चर्यजनक रूपमा अहिलेको गठबन्धन नटुटे एमालेका निम्ति केन्द्र र प्रदेशका सरकारको पहुँच अझै टाढा देखिन्छ किनकि प्रचण्डपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने सम्भावना छ । 

आवश्यकता नयाँ, उल्टो बाटोमा​ एमाले

४ मंसिरमा भएको निर्वाचनअघि सत्ता राजनीतिको खेलमा कांग्रेसको विकल्प एमाले र एमालेको विकल्प कांग्रेस थिए । २०६४ बाहेक २०४८ सालदेखि २०७४ सालसम्मका चुनावमा कांग्रेस-एमाले आलोपालो पहिलो तथा दोस्रो भए ।

तर, पछिल्लो स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारमा देखिएको लहर र प्रतिनिधिसभा निर्वाचन तथा उपनिर्वाचनमा नयाँ दलप्रति देखिएको उत्साहले कांग्रेससँगै एमालेलाई गम्भीर चुनौती खडा गरिदिएको छ । नयाँ दलको पक्षमा देखिएको जनउभारपछि एमाले अध्यक्ष ओलीले ‘हामीहरू मात्रै अब विकल्प रहेनौं’ भन्ने स्वीकारेका छन् । 

नयाँ दलप्रति शुरूमा शहरी मतदाता र युवाको आकर्षण मात्रै देखिए पनि परिवर्तनको झिल्को अहिले गाउँसम्म पुगेको छ । तर, एमाले भने उल्टो बाटोमा छ ।

पार्टी रूपान्तरण र पुस्तान्तरणको बहस चलिरहँदा एमालेले दुईवटा महाधिवेशनमा अभ्यास गरिसकेको ७० वर्ष उमेरहद पनि हटाएको छ । नयाँ दलको चुनौती र युवा मतदाताको चाहनालाई अब पुराना नेताले सम्बोधन गर्न गाह्रो हुने राजनीतिक विश्लेषक झलक सुवेदी बताउँछन् ।

‘पुराना दल र नेताबाट नयाँ पुस्ता टाढिँदै गएको छ । नयाँ पुस्ताले यिनीहरूलाई विश्वास गर्न छाडेको अवस्था छ,’ सुवेदी भन्छन्, ‘अहिलेको नेतृत्वबाट सुधार सम्भव छैन । अहिलेकै नेतृत्वबाट पार्टी सुधारको विचार र कार्यक्रम ल्याएँ भनेर आजको चुनौतीमा शक्ति आर्जन हुँदैन ।’ 

पार्टी फुटको असर

नेकपा विघटनपछि एमाले विभाजन अर्को झट्का हो । माधव नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी गठन हुँदाको असर एमालेमा परेको छ ।

अर्को गठबन्धनमा पुगेर समाजवादीले १० सिट जितेको थियो । पार्टी विभाजन हुन रोकेर यो १० सीट आफ्नो पक्षमा पार्न सकेको भए एमाले कांग्रेसलाई उछिनेर पहिलो दल बन्न सक्ने थियो । भन्नलाई एमालेले विभाजन हैन, चोइटिएको हो भनेर टिप्पणी गरेको छ । तर, यही चोइटिएको पक्षले सत्ता समीकरणमा चुकुलको काम गरिदिएको छ ।

केही हजार मत नपुग्दा समानुपातिकको थप चार सिट जोड्नबाट समाजवादी चुकेको थियो । एमालेलाई देशभरका धेरै क्षेत्रमा केही हजारको अन्तरमा भएको हारको कारण पनि एकीकृत समाजवादी बन्न पुगेको थियो ।

‘आजको एमाले परम्परागत कम्युनिस्ट र मार्क्सवादी शक्ति होइन । पार्टीको वैचारिक आधार के हो ? समाजलाई कता लैजाने ? जनमुखी, सुधारवादी, प्रगतिशील र जनपक्षीय शक्तिका पक्षमा मात्र उभिने वा कुन वर्ग समुदायको प्रतिनिधित्व गर्ने भन्ने विषयलाई पहिले प्रस्ट पार्नुपर्छ,’ सुवेदीले भने ।

समाजवादी मोर्चाले अर्को सकस  

सरकारमा नेकपा एस, जसपाहितका दल हुँदा पनि माओवादीले कांग्रेस र एमालेलाई चुनौती दिन समाजवादी मोर्चा गठनको तयारी गरेको छ ।

मुख्यगरी कम्युनिस्ट पृष्ठभूमिका दललाई समेटेर माओवादीले संसदमा ५४ सीटको शक्ति पुर्‍याउने नीति लिएको छ ।​ यस्तोमा सत्ता सहयात्री दल कांग्रेसलाई दबाब बढाउने र साना कम्युनिस्ट दल बटुलेर एमालेमाथि दबाब बढाउने माओवादीको नीति देखिन्छ ।

नेकपा एसलाई एमालेसँग मिलिहाल्न नदिने नीति पनि माओवादीको छ । यसमा कांग्रेसको पनि अघोषित साथ छ किनकि सत्ता गठबन्धनसँग असन्तुष्ट बनेर नेकपा एस एमालेसँग मिल्न पुगे कांग्रेसभन्दा एमाले ठूलो दल बन्ने छ । यसैले कांग्रेस र माओवादी दुवैका लागि माधव नेपाल रणनीतिका मुख्य पात्र रहेका छन् ।

यसैले गठबन्धन र मोर्चाका नाममा उनलाई आफूहरूबाट टाढिन नदिने नीति उनीहरूमा रहेको देखिन्छ ।

बरु बजेटसहितका विषयमा नेपालले राखिरहेको चासोलाई पूरा गर्नेमा कांग्रेस र माओवादी लाग्ने देखिएको छ । मोर्चामार्फत प्रचण्डले आफूलाई कम्युनिष्टसहितका दलको साथ रहेको भन्दै अर्को चुनावसम्म नेकपा ब्यूँताउने अवस्था आए बलियो शक्ति देखाउने दाउ हेरेका छन् ।

गुमाउँदै बलियो प्रतिपक्षी विरासत 

प्रतिपक्षमा बलियो हुने एमालेको विरासत हो । २०४८ सालयता संसद्मा एमालेको पहिचान नै बलियो र प्रभावशाली प्रतिपक्षीका रूपमा रहँदै आएको छ । तर यसपटक दोस्रो ठूलो र सभामुख आफ्नो दलको हुँदा पनि एमाले बलियो र प्रभावशाली देखिएको छैन । बरु नक्कली शरणार्थी ठगी प्रकरणको तीर एमालेकै नेता र ओलीकै वरिपरि तेर्सिएको छ । जसले सत्तारूढ दलप्रति आक्रामक बन्नुभन्दा ओली आफैँ रक्षात्मक बन्नुपर्ने अवस्थामा पुगेका छन् ।

यही प्रकरणपछि प्रधानमन्त्री र कांग्रेस सभापतिसँग ओलीको भेटले दलहरू अप्ठ्यारोमा मिल्छन् भन्ने सन्देश दिएको थियो ।

संवैधानिक परिषद्को बैठक डाकेर प्रधानन्यायाधीश सिफारिश र संसदीय समितिमा भागबण्डा रातारात टुंग्याउन ओली तयार हुनुले उनलाई रक्षात्मक बनाएको व्याख्या गरिन्छ । लामो समयदेखि अडानमा रहेका अ‍ोली एकाएक नरम हुनुले धेरैलाई सन्देह थपेको थियो । 

प्रतिपक्षी विरासत राम्रो हुनुका बाबजुद पनि एमालेलाई यो भूमिका उल्टै ‘ब्याकफायर’को अवस्थामा पुर्‍यायो । पशुपतिमा जलहरी राख्दाको घोटाला, बजेटको छलफलमा कडा बन्न खोज्ने तर एकाएक नरम हुने नीतिले सत्तारूढ दलसँग उल्टै सम्झौता गरेको आरोप लाग्यो ।

बजेटमा अनधिकृतरूपमा पूर्व कर्मचारीलाई प्रवेश दिइएको विषयलाई एमालेले ठूलो इश्युको रूपमा उठाउने अनुमान थियो । तर ओलीले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटेपछि प्रकरण नै सेलायो ।

प्रधानमन्त्रीको भारत भ्रमणपछि एमालेले मुख्य विषयमा भन्दा राँगा भैँसीबारे बेढंगी चर्चा गरेको विषय सञ्चारमाध्यमदेखि नागरिकस्तरमै आलोच्य बन्यो । मुलुकको कमजोर अर्थतन्त्र, महंगी, मूल्यवृद्धि जस्ता जनजीविकाका थुप्रै सवाल एकातिर छन्, तर एमाले यी सबैलाई बिर्सेर हलुका बन्दा उल्टै ‘ब्याकफायर’ हुन पुगेको छ । 

‘पोजिसन प्रस्ट नपारी अब शक्ति आर्जन हुँदैन’

अहिले परिस्थिति फेरिएको छ । पुरानै तरिकाले नयाँ दलको चुनौती सामना गर्न सकिँदैन ।

आजको चुनौतीमा एमालेले आफ्नो पोजिसनलाई प्रस्ट नपारी शक्ति आर्जन गर्न नसक्ने बताउँछन्, राजनीतिक विश्लेषक झलक सुवेदी ।

अहिले एमालेमा वैचारिक संकट देखिएको उनको विश्लेषण छ ।

‘आजका दिनमा पनि एमालेको संकट वैचारिक हो, संगठनात्मक होइन,’ उनी भन्छन्, ‘आमरूपमा तल्लो तहसँग एमालेको सम्बन्धविच्छेद भइसकेको छैन किनकि एमालेको शक्ति आज पनि संगठन, शिक्षक, डाक्टर, प्राध्यापक, वन, किसानसहितका संस्था र सञ्जाल हुन् । आजको चुनौतीमा एमालेले आफ्नो पोजिसनलाई प्रस्ट नपारी थप शक्ति आर्जन गर्न सक्दैन ।’

अब एमाले पम्परागत कम्युनिस्ट र मार्क्सवादी शक्ति नभएको भन्दै कुन वर्ग र समुदायको प्रतिनिधित्व गर्ने भन्ने विषय पहिले प्रस्ट हुनुपर्ने उनको सुझाव छ ।

‘आजको एमाले परम्परागत कम्युनिस्ट र मार्क्सवादी शक्ति होइन । पार्टीको वैचारिक आधार के हो ? समाजलाई कता लैजाने ? जनमुखी, सुधारवादी, प्रगतिशील र जनपक्षीय शक्तिका पक्षमा मात्र उभिने वा कुन वर्ग समुदायको प्रतिनिधित्व गर्ने भन्ने विषयलाई पहिले प्रस्ट पार्नुपर्छ,’ सुवेदीले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x