×

NMB BANK
NIC ASIA

माधव नेपालले भने – प्रतिगामी तर्सिनुस्, अरु नतर्सिनुस्

काठमाडाैं | असार ४, २०८०

NTC
फाइल फोटो
Premier Steels

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरूको मोर्चाबाट परिवर्तनशील पक्ष तर्सिन नपर्ने बताएका छन् ।

Muktinath Bank

४ दलको समाजवादी मोर्चा नेपाल गठनको घोषणा कार्यक्रममा नेपालले प्रतिगामी सोच भएका मात्रै आफूहरूको सहयात्राबाट तर्सिएको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘कुनै पार्टीलाइ घुर्काउन, दबाब दिन र तर्साउन हामी मोर्चामा आवद्ध भएको होइन । कोही नतर्सिनुस्, ढुक्क हुनुहोस् । प्रगति र अग्रगमनको पक्षमा हुने तर्सिनुपर्दैन, नहुने तर्सिए हुन्छ,’ नेपालले भने, ‘परिवर्तनको विरोधमा कोही लाग्छन् भने हामी मुकाविला गर्छौं ।’


Advertisment
Nabil box
Kumari

मुकाविला गर्न नभई सकारात्मक शक्तिलाई एकताबद्ध गर्न मोर्चा बनाएको उनले प्रस्ट्याए । सकारात्मक सोच राखेर समाजवादी शक्तिको जनतामा रहेको प्रभावलाई विस्तार गर्न, सुशासनलाई सृदृढ गर्न र राजनीतिका विकृति र विसंगतिविरुद्ध एकताबद्ध भएको उनको प्रस्टोक्ति छ । 

Vianet communication

पहिले पनि वाममोर्चा बनाउँदा पञ्चायती र निंरकुश राजाशाही व्यवस्थालाई ध्वस्त बनाएको उनले बताए । ‘सत्तामा बस्ने पनि यही छन् । बाहिरका पनि यही छन् । यसको विशेषता र नयाँपन पनि यही हो । अरु समूह छुट्नुभएको छ, आउनुस्,’ नेपालले भने, ‘कतिलाई अझ हाम्रै पार्टीभित्र पनि विलय हुने हो कि भन्ने परेछ । हाम्रो पार्टीलाई कसैले निल्दैन । हातेमालो गर्दै अगाडि जान खोजेका हौं ।’

पहिलोपल्ट नभई दशकौंदेखिका सहयात्रीबीच आपसी विश्वासमा अघि बढेको भन्दै उनले ढुक्क हुन आग्रह गरे । यसअघि कम्युनिस्टले पाएको सफलतालाई जोगाउन नसक्दा अवसर खेर गएको पनि उनले बताए । 

‘एकतावद्ध हुँदा २०७४ सालमा अभूतपूर्व सफलता पाएका थियौं । त्यसलाई अवसरमा बदल्न सकेको भए । पार्टीलाई राम्रोसँग अगाडि बढाउने र सबैको क्षमतालाई अगाडि बढाउन सकेको भए २०७९ को परिणाम भिन्न हुन्थ्यो,’ नेपालले भने, ‘ढिलै भए पनि ठीक शिक्षा लिँदा राम्रो होला । गल्तीबाट शिक्षा लिइएन भने भीरबाट लड्नेलाई रामराम भन्न सकिन्छ, काँधा थाप्न सकिँदैन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x