×

NMB BANK
NIC ASIA

विनानिष्कर्ष सकियो न्याय परिषद् बैठक, न्याय सेवा आयोगले गर्‍यो सात उपसचिवको पदस्थापन

काठमाडाैं | असार ११, २०८०

NTC
Premier Steels

न्याय परिषद् सचिवालयको बैठक विनानिष्कर्ष सकिएको छ । सोमवार बसेको परिषद् बैठकमा उच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिका विषयमा छलफल भए पनि निर्णय भने हुन सकेन । 

Muktinath Bank

न्यायपरिषद् सचिवालयका प्रवक्ता मानबहादुर कार्कीका अनुसार आउँदो बुधवार (असार १३ गते) पुनः बैठक बसेर न्यायाधीश नियुक्तिबारे निर्णय हुने छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'आज तीन घण्टा जति न्यायपरिषदको बैठक बस्यो । न्यायाधीश नियुक्तिका विषयमा लामो छलफल पनि भयो । तर, निर्णय भने केही हुन सकेन,' कार्कीले लोकान्तरसँग भने, 'अब पर्सि बुधबार बस्ने बैठकबाट निर्णय होला ।'


Advertisment
Nabil box
Kumari

न्यायपरिषद बैठक बस्नुअघि न्याय सेवा आयोगको बैठकसमेत बसेको थियो । बैठकले लोकसेवा आयोगबाट उत्तीर्ण भएका ७ जना उपसचिवहरूलाई नियुक्ति दिनुका साथै पदस्थापन गर्ने निर्णय भएको कार्कीले जानकारी दिए ।

Vianet communication

३ जना उपसचिवहरूलाई सर्वोच्च अदालत, एक जनालाई कोशी प्रदेश सभा, एक जनालाई जिल्ला सरकारी वकिलको कार्यालय जुम्ला र एक जनालाई जिल्ला सरकारी वकिलको कार्यालय डोटीमा पदस्थापन गरिएको उनले बताए । 

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको अध्यक्षतामा न्यायपरिषद् तथा न्याय सेवा आयोगको बैठक बसेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको सजाय आज तोकिने भएको छ । पुस १३ गते अदालतबाट दोषी ठहर भएका लामिछानेलाई सजाय तोक्न आजलाई पेसी तोकिएको थियो ।  काठमाडौं जिल्ला अदालतका न्यायाधीश ...

माघ २९, २०८०

बाँसबारी छाला जुत्ता कारखाना जग्गा विवादमा आदेश गर्ने काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यलाई मुगु सरुवा गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश आचार्यलाई कारबाही स्वरूप आइतबार ...

बैशाख २७, २०८१

गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आजलाई तोकिएको छ । प्रदेश सरकारले पाएको विश्वासको मतको विषयलाई लिएर नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले गएको मंगलबार सर्वोच्च अदालत...

पुस १२, २०८०

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दाको सुनुवाइ आज पनि हुँदैछ । बुधबार बहस भएर ‘हेर्दा हेर्दै’मा राखिएको मुद्दामा आज पनि सुनुवाइ हुने भएको हो ।  आज सन्दीप पक्षका वकिलले ...

माघ ८, २०८०

पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति अदालतले बदर गरिदिएको छ । उच्च अदालत पाटनका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले आइतबार नवनियुक्त कार्यक...

बैशाख २८, २०८१

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठनविरुद्ध दायर गरेको रिटको सुनुवाइको पेशी आज तोकिएको छ । कार्कीले नयाँ सरकार गठनविरुद्ध बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।&nb...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x