×

NMB BANK
NIC ASIA

अवैध धन्दाको प्रचार

वान एक्स बेट प्रकरण : ढेडु बुढाले ४० लाख र बल्छीले १२ लाख बुझेको पाइयो

काठमाडाैं | असार १५, २०८०

NTC
Premier Steels

नेपालमा प्रतिबन्धित अनलाइन जुवा वान एक्स बेटमा कलाकारहरूलाई संलग्न गराउने मुख्य व्यक्ति सरोज घिमिरे (ढेडु बुढो) भएको तथ्य खुलेको छ ।

Muktinath Bank

उनले वान एक्स बेट तथा त्यसको प्रोमो कोड प्रमोसन गरेबापत कम्पनीबाट ४० लाख रुपैयाँ लिएको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पक्राउ परेका अर्का कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले १२ लाख रुपैयाँ बुझेको खुलेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले लोकान्तरलाई बताए ।


Advertisment
Nabil box
Kumari

‘अहिले सरोजले ४० लाखसम्म लिएको र बल्छीले १२ रुपैयाँ लिएको देखिन्छ, अन्य भने हामीले बैंकलगायतका अनुसन्धान गरिरहेका छौं,’ ती अधिकारीले लोकान्तरसँग भने । 

Vianet communication

प्रहरीका अनुसार पक्राउ परेका कलाकारहरूले पैसा आइरहेकाले प्रमोट गरेको स्वीकारेका छन् । आफूहरूलाई यो अवैध हो भन्ने जानकारी समेत नभएको उनीहरूको दाबी छ ।

सरोज उर्फ ढेडु बुढाले मरिचमान अर्थात बल्छीलाई आफूले पनि प्रमोट गरिरहेको र त्यसले कानूनी रूपमा खासै फरक नपर्ने भन्दै प्रमोट गर्न भनेको कुरा बाहिर आएको थियो । 

गएको जेठ ३२ गते प्रहरीले ५ जना कलाकारसहित ८ जनलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो ।

पक्राउ पर्नेमा मरिचमान श्रेष्ठ (बल्छी धुर्बे), राजु पौडेल (राजु मास्टर), पवन खतिवडा (म्याकुरी), एलिस राई, जलन घर्ती मगर, गणेश देवकोटा, सरोज घिमिरे (ढेडु बुढो) र बेगम नेपाली (भटभटे माइला) रहेका छन् ।

वान एक्स बेट र त्यसको प्रोमो कोड प्रचार गरेका उनीहरूले २ देखि ४० लाख रुपैयाँसम्म बुझेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

यही अभियोगमा काभ्रेको तेमाल– ८ का ‘भ्लगर’ २२ वर्षीय राजकुमार थापा भन्ने राजकुमार तामाङलाई पनि प्रहरीले पक्राउ गरेर असार १० गते सार्वजनिक गरेको छ ।

कलाकार तथा युट्युबरहरू पक्राउ पर्नुअघि मुख्य एजेन्ट भनिएका व्यक्तिहरू पक्राउ परेका थिए ।

पक्राउ परेकामध्ये कैलालीको लम्कीचुहा नगरपालिका– १० का २९ वर्षीय दिनेश खड्काले ६५ करोड ७७ लाख ८८ हजार रुपैयाँ बराबरको कारोबार गरेको र उनी मुख्यमध्येका एक एजेन्ट रहेको प्रहरीले बताएको थियो ।

२ करोड ९८ लाख ९६ हजार कारोबार देखिएका २४ वर्षीय आशिष लामिछानेले एकाउन्टेनको रूपमा काम गर्ने भएकाले उनी पनि ठूलामध्येको एक एजेन्ट भएको प्रहरीको दाबी थियो ।

प्रहरीले दिनेशकी श्रीमती काभ्रेको पाँचखाल नगरपालिका– ४ की २८ वर्षीया अनिता धिताल र भक्तपुरको मध्यपुर ठिमी नगरपालिका– ४ का २७ वर्षीय दीपेश श्रेष्ठलाई पनि पक्राउ गरेको थियो । 

श्रेष्ठले ५ करोड ५४ लाख ६६ हजार रुपैयाँ कारोबार गरेको देखिएको प्रहरीले जनाएको थियो । 

५४ लाख रुपैयाँ कारोबार देखिएका कञ्चनपुरको भीमदत्त नगरपालिका– १८ का दिनेश चन्दलाई पनि पक्राउ गरी सार्वजनिक गरिएको थियो ।

५ जनाले ७४ करोड १३ लाख ५० हजार रुपैयाँ बराबर कारोबार गरेको देखिएको प्रहरीले दाबी गरेको थियो । 

प्रहरीले अब स-साना कारोबारीहरूलाई पनि पक्राउ गर्ने तयारी गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x