×

NMB BANK
NIC ASIA

नियन्त्रित क्षेत्रप्रति बढ्दो चासो

नियन्त्रित क्षेत्रमा पर्यटकको लस्कर, कोभिडपछि नै घुमे झण्डै २५ हजार विदेशी नागरिक

काठमाडाैं | असार १९, २०८०

NTC
Premier Steels

कोभिडपछिको साढे २ वर्षमा झण्डै २५ हजार विदेशी पर्यटकले नेपालका १३ जिल्लास्थित ४५ भन्दा बढी नियन्त्रित क्षेत्र भ्रमण गरेका छन् ।

Muktinath Bank

सरकारले विदेशी पर्यटकलाई अनुमतिविना प्रवेशमा रोक लगाएका क्षेत्रमा अनुमति लिएरै २४ हजार ९६१ जनाले भ्रमण गरेको अध्यागमन विभागले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । यो तथ्यांक कोभिड महामारीपछि अर्थात सन् २०२१ देखि २०२३ जुनसम्मको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सरकारले विदेशीका लागि अनिवार्य अनुमति लिनुपर्ने भनेर घोषणा गरेका नियन्त्रित क्षेत्रमा जाने पर्यटक बढ्दै गएका छन् । त्यहाँ जानका लागि अध्यागमन विभागमा शुल्क तिरेर अनुमति लिनुपर्ने व्यवस्था छ,’ अध्यागमन विभागका निर्देशक खिमराज भुसालले भने ।


Advertisment
Nabil box
Kumari

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का पूर्वअध्यक्ष चन्द्र रिजाल मानवरहित क्षेत्रमा जाँदा रमाइलो हुने र नयाँ कुरा देख्न/सिक्न पनि पाइने भएकाले जोमिखममा रमाउन चाहने र चासो बढी राख्ने पर्यटकहरू त्यस्ता क्षेत्रमा जाने गरेको बताउँछन् ।

Vianet communication

जंगली जडिबुटी पाइने भएकाले अनुसन्धान गर्न चाहने, भौगोलिक विषयको अनुसन्धान गर्ने, लोपोन्मुख जनावरसहितको विषयमा अध्ययन गर्नेहरू नियन्त्रित क्षेत्रमा जाने गरेको बुझाइ रिजालको छ । नियन्त्रित क्षेत्रमा पर्यटकको चासो बढ्दै गएको उनले स्वीकारे ।

नेपाल पर्यटन बोर्डका पूर्व सदस्य राजेन्द्र सापकोटाका अनुसार नियन्त्रित क्षेत्रमा पुरातात्त्विक वस्तु हुन्छ भने त्यहाँको फरक संस्कृति हुन्छ ।

फरक जीवनशैली, जनावरको संरक्षण र ऐतिहासिक महत्त्व भएकाले सरकारले नियन्त्रित क्षेत्र घोषणा गरिरहेको बुझाइ पनि सापकोटाको छ ।

सम्पदादेखि, संस्कृति, भौगोलिक अवस्थासहितले पर्यटक आकर्षित गर्ने भएकाले नियन्त्रित क्षेत्र भनेपछि पर्यटकको चासो र उत्साह बढी हुने गरेको छ ।

तस्वीरमा उपल्लो डोल्पा

नियन्त्रित क्षेत्रलाई सरकारले संरक्षित गर्ने र पर्यटकले त्यही क्षेत्रमा जान रुचाउने गरेको हुँदा सरकारले शुल्क लिएर पर्यटकलाई त्यो ठाउँमा जान दिने गरेको पर्यटन व्यवसायीसमेत रहेका सापकोटाले बताए ।

अध्यागमन विभागको तथ्यांकअनुसार नियन्त्रित क्षेत्रमा ट्रेकिङ जानेहरूबाट साढे २ वर्षमा ५६ करोड ९४ लाख २५ हजार २७३ रुपैयाँ राजस्व संकलन भएको छ । 

सन् २०२१ मा २ हजार २६२ जना पर्यटकले निषेधित क्षेत्रमा गएबापत ४ करोड २० लाख ५४ हजार ४७७ रुपैयाँ राजस्व संकलन गरेका छन् । 

सन् २०२२ मा १५ हजार ८४५ जना पर्यटकबाट ३६ करोड ५१ लाख ६७ हजार ५२१ रुपैयाँ राजस्व संकलन भएको छ भने सन् २०२३ को ६ महिना अर्थात् जुन महिनाको ३० गतेसम्म ६ हजार ८५४ पर्यटकबाट १६ करोड २२ लाख ३ हजार २७४ रुपैयाँ राजस्व संकलन भएको निर्देशक भुसालले जानकारी दिए ।

अध्यागमन विभागको तथ्यांकअनुसार यी क्षेत्रमा ट्रेकिङ जाने पर्यटक अमेरिका, बेलायत, स्पेन, ताइवान, जर्मनी, रसिया, कुवेत लगायतका मुलुकका बढी छन् ।

‘युरोप अमेरिका लगायतका देशबाट पनि पर्यटकहरू लामो यात्राका लागि अनुमति लिएर आउने गरेका छन्,’ निर्देशक भुसालले लोकान्तरसँग भने । यस्ता क्षेत्रमा २० दिनदेखि ४५/६० दिनको ट्रेकिङ यात्रामा जाने गरिएको छ ।

अध्यागमन विभागका निर्देशक खिमराज भुसालका अनुसार पछिल्लो समयमा नियन्त्रित क्षेत्रमा लामो यात्रा गर्ने पर्यटकको संख्या बढेको छ । 

सन् २०२२ मा ४ हजार ८८ वटा ट्राभल एजेन्सीले १५ हजारभन्दा धेरै पर्यटकलाई घुमाउने अनुमति लिएका थिए । यो वर्ष सन् २०२३ को ६ महिनामा २ हजार ट्राभल एजेन्सीले लगभग ७ हजार पर्यटकलाई ती क्षेत्रमा घुमाउने अनुमति लिएको निर्देशक भुसालले बताए । 

‘पछिल्लो समय साहसिक क्षेत्रमा जाने पर्यटकको संख्या बढेको छ । अघिल्ला वर्षहरूमा भन्दा यो वर्षमा औसत रूपमा धेरै छन्,’ उनले भने ।

सरकारले १३ जिल्लाको ४५ ठाउँलाई विदेशीहरू विना अनुमति जान नपाउने गरी नियन्त्रित क्षेत्र घोषणा गरेको छ । सरकारले गोरखाको तसुम उपत्यका, संखुवासभा, उपल्लो मुस्ताङ, मनाङको नारफू, उपल्लो डोल्पा, गोरखाको मनासलु, ताप्लेजुङ, कञ्जनजंघा, हुम्ला, दोलखा, तल्लो डोल्पा, मुगु, उपल्लो मुस्ताङ, रसुवा, बझाङलगायतका जिल्लाका कतिपय क्षेत्रलाई नियन्त्रित क्षेत्र घोषणा गरेको छ । 

उपल्लो डोल्पा

नियन्त्रित क्षेत्र जान दैनिक २० डलरदेखि ५ सय डलरसम्म शुल्क

अध्यागमन विभागले १३ वटा जिल्लाका नियन्त्रित क्षेत्रमा जान दैनिक २० डलरदेखि ५ सय डलरसम्म लिने गरेको छ । 

विभागको तथ्यांकअनुसार उपल्लो मुस्ताङको लोमान्थाङ, लोघिकार दामोदरकुण्ड र बराहगञ्ज मुक्तिक्षेत्र, मुगु र उपल्लो डोल्पाका डोल्पो बुद्ध, शे फोक्सुण्डो र चर्खा ताङ्सोङ क्षेत्रमा प्रतिदिन प्रतिव्यक्ति १० दिनसम्म ५ सय डलर थप अरू दिन ५० डलरका दरले शुल्क लिएर अनुमति दिने गरिएको छ ।

गोरखाको मनासलु क्षेत्र र मनाङको नार्फा र नासो क्षेत्रमा प्रतिदिन प्रतिव्यक्ति १ सय डलरमा १० दिन र त्यसपछि प्रत्येक दिन थप १५ डलर लिने गरेको छ ।

हुम्लामा १० दिनसम्म प्रतिदिन ५० डलर र थप बस्दा प्रतिदिन १० डलर, ताप्लेजुङ, तल्लो डोल्पा, दोलखा, संखुवासभा, सोलुखुम्बु र रसुवामा १० दिनसम्म २० डलर थप बस्दा प्रति हप्ता २५ डलर, दार्चुला र बझाङमा ९० डलर लिने गरिएको अध्यागमनले जनाएको छ । 

उपल्लो डोल्पा

६ महिनामा पौने ५ लाख विदेशी भित्रिए

अध्यागमन विभागको तथ्यांकअनुसार पछिल्लो ६ महिनामा ४ लाख ७६ हजार ४८६ विदेशी नेपाल भित्रिएका छन् । सन् २०२३ को जनवरीदेखि जुन महिनाको अन्तिमसम्म नेपाली ५ लाख ९३ हजार ३६८ जना आएका छन् । सोही अवधिमा ७ लाख ९२ हजार २८९ नेपाली विदेश गएका छन् भने ४ लाख ६६ हजार ३६५ जना विदेशी नेपाल बसेर फर्किएको अध्यागमनको तथ्याङ्कले देखाउँछ ।

यो अवधिमा अध्यागमनको पोर्ट प्रयोग गरेर सबैभन्दा धेरै भारतीय १ लाख ६७ हजार ६०५ जना, संयुक्त राज्य अमेरिकाबाट ४९ हजार ४३६ जना, संयुक्त अधिराज्यबाट २४ हजार २६४ जना, चीनबाट २० हजार ११७ जना, अस्ट्रेलियाबाट १७ हजार ६९५ जना, थाइल्यान्डबाट १४ हजार ११२ जना, बंगलादेशबाट १३ हजार ६२४ जना, जर्मनीबाट १२ हजार १६४ जना, दक्षिण कोरियाबाट ११ हजार ५५४ जना र फ्रान्सबाट १० हजार २५१ जना विदेशी नेपाल आएको तथ्यांक छ ।

तस्वीरहरू : अनिता भण्डारी

हेर्नुहोस्, नियन्त्रित क्षेत्रको सूची :

 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x