×

NIC ASIA

लुम्बिनीमा बजेट दुरूपयोग

बजेट दुरूपयोगको कुरूप नमूना : आफ्नै संस्थालाई डेढ करोड, आसेपासेलाई मनलाग्दी रकम

काठमाडाैं | असार २०, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफू संरक्षक रहेको थारू सांस्कृतिक संरक्षण केन्द्रलाई आर्थिक वर्ष २०८०/०८१ को  बजेटमा १ करोड ६० लाख बजेट छुट्ट्याएका छन् । 

आफैंले दाङको दंगीशरण गाउँपालिका– ३ चखौरामा वि.सं. २०७५ मा स्थापना गरेको संस्थालाई चौधरीले पछिल्लो ५ वर्षयता राज्यकोषबाट १० करोड रूपैयाँ बजेट पारेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारी स्रोत दोहन गरी चौधरीको थारू संरक्षण केन्द्रलाई ५ वर्षमा प्रदेश सरकारको बजेटमार्फत मात्रै ६ करोड रुपैयाँ बजेट लगिसकेका छन् ।


Advertisment
Rupse Holidays
Nabil box

थारू सांस्कृतिक संरक्षण केन्द्र सञ्चालन गरिएको जग्गा ब्याकवार्ड सोसाइटी एजुकेसन (बेस) को नाममा रहेको छ । बेसको अध्यक्ष हाल धनगढीका यज्ञबहादुर चौधरी छन् ।

Vianet communication

मुख्यमन्त्री बनेपछि चौधरीले आफ्नो संस्थालाई मात्र बजेट विनियोजन गरेका छैनन्, आफ्ना आसेपासेलाई फुक्काफाल ढंगले बजेट छरेका छन् ।

मितव्ययिताको खिल्ली उडाउँदै चौधरीले आफूनिकट मिडिया हाउसलाई अनुदान र परामर्श सेवाका नाममा लाखौं रकम विनियोजन गरेका छन् ।

चौधरीले आफ्ना प्रेस संयोजक गोपाल भट्टराई सम्पादक रहेको प्रदेश टुडे दैनिकलाई क्षमता अभिवृद्धि र सामग्री खरिदको नाममा १० लाख बजेट छुट्ट्याइदिएका छन् । 

सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्ने नीतिविपरीत एउटै संस्थालाई तीन शीर्षकमा २५ लाख छुट्ट्याइदिएका छन् ।

दाङकै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– ५ मा रहेको अग्रिम साप्ताहिकलाई सञ्चार सामग्री खरिदका लागि १० लाख र उपकरणका लागि १० लाख गरी २० लाख बजेट विनियोजन गरिएको छ ।

यसैगरी अग्रिम साप्ताहिकद्वारा नै सञ्चालित लाइभ दाङ डटकमलाई सञ्चार सामग्री खरिदका लागि भन्दै ५ लाख रूपैयाँ विनियोजन गरिएको छ ।

प्रदेश सरकारले पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीका प्रेस संयोजक मानसिंह विश्वकर्माले सञ्चालन गरेको रेडियो जलजला रोल्पालाई १५ लाख रुपैयाँ छुट्ट्याएको छ । गत वर्ष उक्त रेडियोलाई ६५ लाख रुपैयाँ छुट्ट्याइएको थियो । 

त्यसैगरी बाँकेको कोहलपुरमा रहेको रेडियो मिसनका लागि ४ लाख र सञ्चालनमै नआएको बुटवलको सिग्नल मिडिया नेटवर्क प्रालिलाई ५ लाख छुट्ट्याएको छ । 

त्यस्तै, रोल्पाको रुन्टीगढीमा रहेको रेडियो सूर्यमुखीका लागि १० लाख, कपिलवस्तुको रेडियो बुद्ध आवाज, मायादेवी, वाणगंगा, हर्टबिट र बुद्ध आवाज पत्रिकालाई उपकरण खरिदका लागि भन्दै १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यसैगरी बाँकेको जानकी गाउँपालिका– ३ स्थित मानवअधिकार सूचना तथा सञ्चार केन्द्रलाई १० लाख रूपैयाँ विनियोजन गरिएको छ ।

यस्तै, प्रदेश सरकारले नेपाल मिडिया नेटवर्कका लागि १० लाख बजेट विनियोजन गरेको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका– १२ ठेगाना राखिएको उक्त नेटवर्क अर्घाखाँचीमा अस्तित्वमा छैन ।

त्यस्तै तालिम, गोष्ठी, वृत्तचित्र निर्माणका नाममा पनि बजेट उत्तिकै विनियोजन गरिएको छ । स्थानीय तहसँग सभामुख कार्यक्रम तथा ‘प्रेस मिट’ कार्यक्रमका नाममा ६० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

प्रदेशसभाको वृत्तचित्र निर्माणमा ५ लाख खर्चको व्यवस्था छ । यसैगरी, टेलिभिजन तथा रेडियो कार्यक्रमका लागि २० लाख र संस्थागतरूपमा टेलिभिजन तथा रेडियो कार्यक्रम निर्माणको अर्को शीर्षकमा ५ लाख विनियोजन गरिएको छ ।

गत वर्ष रेडियो कार्यक्रम उत्पादन तथा प्रसारणमा १६ लाख र टीभी कार्यक्रम उत्पादन तथा प्रसारणका नाममा ३५ लाख १० हजार विनियोजन गरिएको थियो । 

त्यस्तै, विद्यार्थीसँग प्रदेशसभा पहुँच कार्यक्रमका नाममा १२ लाख विनियोजन गरिएको छ । हरेक मन्त्रालयले वृत्तचित्र निर्माणमा बजेट छुट्ट्याएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले वृत्तचित्र निर्माणमा १२ लाख, कर्मचारीको आन्तरिक पर्यटन प्रवर्द्धनका नाममा १५ लाख, आर्थिक मामिला मन्त्रालयले आर्थिक मामिला फेलोसिपका नाममा १५ लाख विनियोजन गरेको छ । 

मर्चवारको वृत्तचित्र निर्माणका नाममा उद्योग पर्यटन तथा यातायात मन्त्रालयलाई १० लाख विनियोजन गरिएको छ ।

हेर्नुहोस्, मनलाग्दी बाँडिएको बजेट :

बजेट रकम (हजारमा)बजेट रकम (हजारमा)बजेट रकम (हजारमा)बजेट रकम (हजारमा)

 

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेयले सञ्चार क्षेत्रका लागि एकमुष्ट १२ करोड ७० रुपैयाँ बजेट विनियोजन गरिएको बताए । पाण्डेयले केही निश्चित मिडियाका नाम सांसद विकास कोषबाट सांसदहरूले राखेको हुन सक्ने भन्दै अन्यथा लिन नमिल्ने बताए । ‘सबै ठीक छ त भन्दिनँ, समग्रमा बजेट दुरुपयोग भएको मैले पाएको छैन,’ पाण्डेयले भने । 

नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सेनाले केही व्यक्तिको बदमासीले मिडियाका लागि छुट्ट्याइएको बजेटप्रति नराम्रो सन्देश गएको बताए ।

‘मिडियाका लागि सरकारले एकमुष्ट डल्लो बजेट राखेको छ,’ तिमिल्सेनाले भने, ‘मुख्यमन्त्रीनिकटका व्यक्तिहरूले पाउने गरी रातो किताबमा पारेका होलान्, तर समग्रमा बजेट दुरुपयोग हुने खालको छैन । कसैले एक/दुईवटा मिडियाको नाम तोकेरै गलत सन्देश भने गएको छ ।’

निजी कम्पनीहरूलाई बजेट छुट्ट्याएपछि मुख्यमन्त्री र अर्थमन्त्री धनबहादुर मास्कीको चर्को विरोध भएको छ ।

एमाले प्रमुख सचेतक तुलसी चौधरीले राज्यकोषको चरम दुरुपयोग गरी ल्याइएको बजेट संशोधन नभएसम्म सदन चल्न नदिने बताए । ‘अहिलेको बजेटले प्रदेशको हित गर्दैन र यसले बेथिति मात्रै निम्त्याउने निश्चित छ,’ चौधरीले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x