×

NMB BANK
NIC ASIA

सुन आयातको तथ्यांक

विमानस्थलबाट ११ महिनामा भित्रियो साढे ३ हजार किलो सुन, तस्करी र कोटाभित्रको छैन लेखाजोखा !

काठमाडाैं | असार २८, २०८०

NTC
Premier Steels

पछिल्लो ११ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ हजार ४५८.५३ केजी सुन नेपाल भित्रिएको छ ।

Muktinath Bank

विमानस्थल भन्सार कार्यालयको तथ्यांकअनुसार सरकारले ल्याउन दिने कोटाभित्रको सुन २०७९ साउनदेखि २०८० जेठ मसान्तसम्म २ हजार ९१६.५ केजी र कानूनअनुसार बढी भएको सुन ५४२ केजी गरी ३ हजार ४५८.५ केजी भित्रिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७९ को साउन महिनामा बैंकहरूले ल्याएको सुन २०६ केजी र यात्रुले ल्याएको सुन ५५.७२ केजी छ ।


Advertisment
Nabil box
Kumari

भदौमा बैंकहरूले ३०५ केजी र यात्रुले ६३.०७४ केजी, असोजमा बैंकहरूले ३००.५ केजी र यात्रुले ५३ केजी २१ ग्राम तथा कात्तिकमा बैंकहरूले ३०५ केजी र यात्रुले ६२ केजी २१ ग्राम सुन ल्याएको तथ्यांकमा देखिन्छ ।

Vianet communication

मंसिरमा ३०० केजी बैंकले र ५३ केजी ६७७ ग्राम यात्रुले, पुसमा १०० केजी बैंकले र २६ केजी १९५ ग्राम यात्रुले, माघमा २०० केजी बैंकले र १६ केजी २८१ ग्राम यात्रुले, फागुनमा ५०० केजी बैंकले र ६० केजी ६५४ ग्राम यात्रुले, चैतमा १०० केजी बैंकले र २७ केजी ९३४ ग्राम यात्रुले सुन ल्याएको तथ्यांक छ ।

२०८० साल वैशाखमा २५० केजी बैंकले र ५५ केजी ४१० ग्राम यात्रुले तथा जेठमा ३५० केजी बैंकले र ६७ केजी ४०० ग्राम यात्रुले सुन ल्याएका छन् ।

भन्सार विभागका निमित्त प्रमुख नारद गौतमले यात्रुले ल्याएको सुन कोटाभन्दा बढी भएमा भन्सार लिने गरिएको बताए । 

‘यात्रुले कानूनबमोजिम ल्याउन पाउनेबाहेक भन्सार तिरेर ल्याएको सुन हो,’ गौतमले लोकान्तरसँग भने । 

११ महिनाको अवधिमा विमानस्थलबाट नेपाल भित्रिएको सुनको मूल्यांकन करीब २६ अर्ब ६८ करोड रुपैयाँ छ । बैंकमार्फत नेपाल भित्रिएको सुनबाट २२ अर्ब ५३ करोड ३९ लाख ९७ हजार रुपैयाँ बाहिरिएको छ भने यात्रुहरूले ल्याएको सुनको मूल्यांकन करीब ४ अर्ब १५ करोड बराबर छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पोर्ट प्रयोग गरेर वैदेशिक रोजगारीबाट फर्किने यात्रुले कोटाकै सुन कति ल्याए भन्ने तथ्यांक सरकारी निकायसँग हुँदैन । सरकारले जेठ महिनासम्म पुरुष र महिला दुवैले प्रतिव्यक्ति ५० ग्राम सुन गहना बनाएर ल्याउन पाउने व्यवस्था गरेको थियो । तर, पछिल्लो समयमा त्यसैका नाममा सुन तस्करी बढेको भन्दै महिलाले रसायनयुक्त गहना बनाएको सुन ५० ग्राम र पुरुषले २५ ग्रामसम्म मात्र ल्याउन पाउने व्यवस्था गरिएको छ । 

यसअघि वाणिज्य बैंकले दैनिक २५ किलो ल्याउन पाउने व्यवस्था थियो । अहिले बैंकले दैनिक १० केजी ल्याउन पाउने गरी कोटा तोकिएको छ । वाणिज्य बैंकले आलोपालो सुन आयात गर्ने गरेका छन् । एकपटक एउटा बैंकले ५० किलो सुन ल्याउने गरेका छन् । दैनिक १० किलोको कोटाअनुसार उक्त सुन खपत भएपछि अर्को बैंकले ५० किलो सुन भित्र्याउन पाउने व्यवस्था गरिएको छ । दैनिक १० किलो कोटामा बागमती प्रदेशका लागि ५ किलो र अन्य ६ वटा प्रदेशका लागि ५ किलो छुट्ट्याइएको छ ।

प्रहरीले बेला–बेलामा विदेशबाट नेपालमा सुन तस्करी गर्ने गिरोहलाई पनि पक्राउ गर्दै आएको छ । तस्करीबाट भित्रिने सुनको कुनै तथ्यांक छैन ।

कतारबाट आउने प्रत्येक उडानमा १५ देखि २० जना श्रमिकले तस्करले बोकाएको सुन कोटाभित्र पर्ने गरी नै नेपाल ल्याउने गरेको प्रहरी अधिकारीहरूको दाबी छ ।

‘कतारबाट आउने प्रत्येक 'फ्लाइट'मा १५ देखि २० जनालाई प्रयोग गरेर नेपालमा सुन ल्याउने गरेको देखिन्छ, प्रत्येक दिन कम्तीमा ३ वटा 'फ्लाइट' आउँछन्,’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले आइतवार पत्रकार सम्मेलनमा भनेका थिए । 

कतारबाट मात्रै ५ वर्षमा एकै व्यक्तिले गरे साढे २ अर्बको सुन तस्करी

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करीमा संलग्न रहेका १२ जनालाई आइतवार पक्राउ गरेको थियो । पक्राउ पर्नेमा सप्तरीको बलानबिहुल गाउँपालिका– २ चनहीपथराहका २८ वर्षीय विनोदकुमार साह र उनकी श्रीमती २५ वर्षीया सञ्जुकुमारी साह छन् । साह दम्पतीले सिनामंगलमा रहेको होटलको नाममा कतारबाट आएको सुन रिसिभ गर्ने गरेको प्रहरीले जनाएको छ । 

यसैगरी, धनुषाको मिथिला बिहारी नगरपालिका– ५ ललियाका २५ वर्षीय सुनिलकुमार महरा, सिरहा नगरपालिका–१७ पटेरवाका २४ वर्षीय दिनेशकुमार यादव, कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ का २३ वर्षीय सन्तुगुलाम मुराउ, धनुषाधाम नगरपालिकास्थित ९०० बिघाका ३४ वर्षीय नेशर पञ्जियार, बाँकेको राप्ती सोनारी गाउँपालिका– ४ का ३६ वर्षीय भूमबहादुर वली कतारबाट नेपालमा सुन ल्याउने मुख्य व्यक्ति भएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

यस्तै, बलानबिहुल गाउँपालिका– ३ का २२ वर्षीय दुर्गाप्रसाद यादव, सप्तरी बोदे बसाइन नगरापलिका– १ का २८ वर्षीय देवानन्द साह, लहान नगरपालिका– ४ कुमाहाल टोलका शिवसुन्दर राउत, सिरहा धनगढीमाई नगरपालिका– ३ हनुमाननगरका २३ वर्षीय मोहनकुमार यादव र सर्लाही फरहदवाका ५६ वर्षीय निमाइ साहलाई पनि प्रहरीले पक्राउ गरेको छ । 

यो गिरोहले ५ वर्षमा २ अर्ब ३७ करोड ८२ लाख ३६ हजार ५४९ रुपैयाँको सुन तस्करी गरेको देखिएको प्रहरीले जनाएको छ । अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) डा. मनोज केसीका अनुसार शिवसुन्दर राउतले सन् २०१९ देखि अहिलेसम्म यो रकम बराबरको सुन तस्करी गरेको प्रमाणहरू भेटिएको हो ।

‘सन् २०१९ देखि साढे २ अर्ब रुपैयाँको सुन तस्करी गरेका प्रमाणहरू हामीले फेला पारेका छौं,’ एसएसपी केसीले भने । 

शिवसुन्दरका नाममा रहेको रितेश जनरल स्टोरबाट १ अर्ब ८१ करोड ५७ लाख १८ हजार ८७ हजार रुपैयाँ कारोबार भएको छ । 

यस्तै शिवसुन्दर राउत स्वयंको खातामा १२ करोड ११ लाख ४२ हजार ४०८ रुपैयाँ, विनोदकुमार साहको नामबाट ४१ करोड ५४ लाख ७६ हजार ८६९ रुपैयाँ, मोहनकुमार साहको नामबाट ४८ लाख ७० हजार ६८७ रुपैयाँ र सञ्जु कमारी साहको नामबाट २ करोड १० लाख २७ हजार ४९७ रुपैयाँ करोवार भएको देखिएको प्रहरीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x