बैशाख २०, २०८१
काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...
काठमाडाैं | असार २९, २०८०
पूर्वनिर्धारित डिजाइनअनुसार काम गर्न समस्या भएको भन्दै ग्वार्को 'फ्लाइ ओभर' (ओभरपास) निर्माण कार्य रोकिएको छ ।
निर्धारित गहिराइमा गएर काम गर्ने उपकरण उपलब्ध हुन नसकेको कारण देखाएर निर्माण कम्पनीले रि–डिजाइन गर्न लागेको हो ।
'काम गर्न चाहिने इक्विपमेन्ट नेपाल र भारत दुवैतिर उपलब्ध हुन नसकेकाले पहिले पेश भएको डिजाइन रिभ्यु गर्न खोजिएको हो, पूरै काम बन्द भएको हैन,' भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सी.डी.ई. राकेश महर्जनले लोकान्तरसँग भने ।
उनले थपे, 'मुख्य समस्या आएको पायलमा हो । निर्माण कम्पनीले पहिलाभन्दा पायलको संख्या बढाएर गहिराइ घटाउने गरी रिभ्यु गर्न खोजेको छ ।'
हाल प्राविधिक टोलीले अध्ययन गरिरहेको भन्दै उनले केही दिनमा नै 'रि-डिजाइन' गरेर काम सुचारु हुने जानकारी दिए ।
काठमाडौं उपत्यकामा बढ्दो सवारी चापका कारण ग्वार्को चोकमा लामो-लामो जाम हुने गरेको छ । जामबाट सर्वसाधारणलाई मुक्ति दिन भन्दै ग्वार्को चोकमा 'फ्लाइ ओभर' निर्माण कार्य शुरूआत गरिएको हो ।
फ्लाइ ओभर निर्माणपछि चक्रपथको सातदोबाटो-बालकुमारी सडक खण्ड र अर्कातर्फ मंगलबजार-इमाडोल-लुभू सडक खण्डमा चल्ने सवारी साधन साधन सहजै ग्वार्को चोक पार गर्न सक्ने अपेक्षा गरिएको छ ।
मुख्य लेन बन्द गरेर शुरू गरिएको काम रोकिँदा निर्माण कार्य समयमै सम्पन्न हुनेमा आशंका उत्पन्न भएको छ । काममा ढिलाइ हुँदा यात्रुहरू निकै सास्ती झेल्न बाध्य छन् ।
यसअघि पनि ‘फ्लाइओभर’ निर्माण माघबाट शुरू हुने भनिएकोमा डिजाइन स्वीकृत हुन समय लाग्दा फागुनबाट मात्र शुरू भएको थियो ।
निर्माणको जिम्मा आरसी, समानान्तर र रेलिग्रे जेभीले पाएको छ ।
एमएसी वाल प्रयोग गरी ६ मिटरको पिल्लर निर्माण गरेर उचाइमा फ्लाइओभर तयार गर्ने योजना छ । फ्लाइ ओभरको लम्बाइ कुल ४९० मिटर हुनेछ ।
फ्लाइओभर बालकुमारीतर्फ २८० मिटर र सातबाटोतर्फबाट १७५ मिटर लम्बाइको र्याम निर्माण गरिनेछ ।
डिजाइनदेखि निर्माणको सबै उत्तरदायित्व निर्माण कम्पनीकै हुने सम्झौतामा उल्लेख छ ।
हाल रिङरोडमा रहेको ८ लेनमध्ये ४ लेनलाई उठाएर फ्लाइओभर निर्माण गर्न लागिएको हो ।
विस्तृत हेर्नुहोस्,भिडियोमा:
काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...