कात्तिक २७, २०८०
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडाैं | असार २९, २०८०
असार ५ गतेको मन्त्रिपरिषद् बैठकले देशभरका जिल्ला प्रहरी कार्यालय तथा अदालतहरूबाट साइबर अपराधका मुद्दा किनारा लगाउने निर्णय गर्यो ।
‘विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ६० उपदफा (५) बमोजिम सोही ऐनको परिच्छेद ९ मा उल्लेख भएअनुसार कसूरको शुरू कारवाही र किनारा गर्ने अधिकार तथा बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ को दफा १७ को उपदफा (१) बमोजिम सोही ऐनको दफा ३ को खण्ड (ग) बमोजिमको कसूरको शुरू कारवाही र किनारा गर्ने अधिकार सबै जिल्लालाई तोक्ने,’ भन्दै निर्णय गरिएको थियो ।
सरकारले इन्टरनेटको बढ्दो प्रयोग र त्यसबाट बढ्दै गएका अपराधका घटनालाई मध्यनजर गरेर जिल्लाबाटै अनुसन्धान र मुद्दा चलाउन सक्ने निर्णय गरेको हो । तर, उक्त निर्णय कार्यान्वयनमा समस्या देखिएको छ ।
अहिले साइबर अपराधका मुद्दा केन्द्रमा प्रहरी प्रधान कार्यालय मातहतको साइबर ब्यूरोले हेरिराखेको छ । देशभरमा हुने साइबर अपराधका घटनालाई सामाजिक सञ्जाल कम्पनीहरूसँगको सहकार्यमा हेर्ने काम हुँदै आएको छ ।
साइबर ब्यूरोले एकीकृत च्यानलबाट सम्पर्क गर्दा समेत सामाजिक सञ्जाल कम्पनीहरूले नेपाललाई प्राथमिकता नदिने समस्या छ ।
‘नेपाललाई डिजिटल कम्पनीहरूले इन्टरटेन गर्न निकै गाह्रो मान्छन् । कतिपय अवस्थामा त मुद्दाको म्याद गुज्रेपछि मात्रै रिप्लाइ आउँछ । कतिपय मुद्दामा हामीलाई रिप्लाइ नै आउँदैन,’ साइबर ब्यूरोका सह–निर्देशक तथा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले लोकान्तरसँग भने, ‘हामीले विभिन्न फोरममा गएर पहल गरेको आधारमा सामान्य सहयोग गरेका छन् ।’
कतिपय सामाजिक सञ्जाल कम्पनीहरूले नेपालले मागेका तथ्यांकहरू दिनै मान्दैनन् । साइबर अपराधका अधिकांश घटना सामाजिक सञ्जालमा हुने भएकाले त्यसलाई सबै जिल्ला अनुसन्धान तथा कारबाही गर्न कठिनाइ देखिन्छ ।
प्रहरी अधिकारीहरूका अनुसार अहिले पनि जिल्लामा दक्ष जनशक्तिको अभाव छ । तर, सरकारले राजपत्रमा प्रकाशित गरिसकेपछि त्यसलाई कार्यान्वयन गर्नुपर्ने बाध्यता पनि आइलागेको छ ।
अर्यालका अनुसार अहिले जिल्लामा साइबर अपराधका विषयमा कानून कार्यान्वयन गर्ने निकाय, शुरू निकाय र अभियोजन गर्ने जनशक्ति अभ्यस्त भइसकेका छैनन् । त्यसै पनि इन्टरनेटभित्रका अपराध बुझ्न निकै गाह्रो हुन्छ ।
‘सरकारले निर्णय गरेको छ । त्यसलाई कार्यान्वयनमा लैजान भने अप्ठ्यारो देखिन्छ । जिल्लाहरूले हामीसँग जनशक्ति छैन भनेर फिर्ता गरेका छन् । हामीले मुद्दा लगेर काठमाडौं अदालतमा जाँदा यसलाई सम्बन्धित जिल्लामा लैजानु भन्नुहुन्छ, अब अप्ठ्यारो हुने देखियो,’ एसएसपी अर्यालले लोकान्तरसँग भने ।
कतिपय अवस्था ठोस प्रमाण जुटाउन पनि समस्या हुन्छ । त्यस्तो अवस्थामा कानून अभियोजन र कार्यान्वयन गर्ने निकायलाई त्यसको परिणामहरू बुझ्न अप्ठ्यारो हुने भएकाले घटनाका पीडितले न्याय पाउनेमा समस्या देखिने गरेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुबेर कडायतले भने प्रहरीले केन्द्र र जिल्लालाई ‘कनेक्ट’ गर्नका लागि कार्यविधि बनाउन लागेको बताए ।
‘अहिले हामीले कार्यविधि बनाउन लागेका छौं, त्यसले समस्या समाधान गर्छ,’ डीआईजी कडायतले लोकान्तरसँग भने, ‘त्यसपछि हामीले केन्द्रबाट जिल्लासम्म कनेक्ट भएर काम गर्न सक्छौं ।’
प्रवक्ता कडायतले दक्ष जनशक्ति अभाव भएको स्वीकार गरे । उनले प्रहरीमा भएका जनशक्तिलाई हल्का तालिम दिएर काम गर्न सकिने आशा व्यक्त गरे । तर, साइबर अपराधका विषयमा राम्रै ज्ञान भएको जनशक्तिको खाँचो हुन्छ ।
केन्द्रमा भएको जनशक्तिले त काम गर्न नसकेको अवस्थामा जिल्लामा हुने जनशक्तिलाई तालिम दिएर साइबर अपराध न्यूनीकरणमा भूमिका खेल्छौं भन्नु अपत्यारिलो विषय बनेको छ ।
तर, डीआईजी कडायत साइबर जानेका जनशक्ति संगठनभित्रै खोजी भइरहेको बताउँछन् । ‘हामीले कहीँ साइबरबारे जानेका प्रहरी छन् कि भनेर खोजिरहेका छौं । तालिम दिएर पनि काम गर्छौं । विस्तार हुँदै जाने हो, एक्कासि हुने होइन,’ उनले भने ।
सामाजिक सञ्जाल कम्पनीहरूसँग सम्पर्क गर्नु पर्दा साइबर ब्यूरोले नै समन्वय गर्न सक्ने उनले बताए । केन्द्रमै पनि कतिपय अवस्थामा पीडितहरूलाई काउन्सिलिङकै आवश्यकता पर्छ, त्यस्तो अवस्थामा समेत जनशक्तिको कमी छ ।
‘हामीले धेरै घटनामा काउन्सिलिङको काम गरेका छौं । पछिल्लो समयमा धेरै घटनाहरू त्यसरी नै समाधान भएका छन् । कतिपय अवस्थामा मिलापत्र गरेर पनि समाधान भएका छन्,’ साइबर ब्यूरोका प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजेन्द्र खड्गीले लोकान्तरसँग भने ।
साइबर ब्यूराले पछिल्लो समयमा कलाकार, पत्रकारदेखि भीआईपी र भीभीआईपीपीडित भएका साइबर अपराधका घटना समेत सुल्झाएको छ ।
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...