कात्तिक २५, २०८०
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
काठमाडाैं | असार ३१, २०८०
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट भएको सुन चोरी प्रकरणमा पक्राउ परेका नासु रेवन्त खड्काले सामान्य चिनजान भएका व्यक्तिको ३५ लाख ऋण तिरिदिएको तथ्य खुलेको छ ।
सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा शुक्रवार पेश गरेको अभियोग पत्रमा बाँकेको कोहलपुर नगरपालिका– ११ साझा चोकका प्रतापसिंह राजभण्डारी र ललिता थापाको ऋण खड्काले तिरिदिएको खुलेको हो ।
राजभण्डारीकी श्रीमतीले प्रहरीमा दिएको बयानअनुसार पोल्याण्ड जाँदा लागेको ३५ लाख रुपैयाँ ऋण खड्काले तिरिदिएका थिए ।
तत्कालीन समयमा आन्तरिक राजस्व कार्यालय कोहलपुरमा काम गर्दा ललिता र प्रतापसँग चिनजान भएकै आधारमा उनले ऋण तिरिदिएको बयानमा ललिताले बताएकी छन् । उनका अनुसार २०७९ माघ ३ गते प्रताप पोल्यान्ड गएका थिए ।
नासु खड्काले सनराइज बैंकमा रहेको ललिताको खातामा १५ लाख र २ लाख गरेर १७ लाख तथा ललिताका बुवा समरबहादुर थापाको खातामा ९/९ लाखका दरले २४ लाख रुपैयाँ गरी ३५ लाख रुपैयाँ दिएको ललिताले बयानमा बताएकी छन् ।
ललिता थापाको बयान हेर्नुहोस्,
म र मेरो श्रीमान प्रतापसिंह राजभण्डारीले बाँके जिल्ला, कोहलपुर न.पा. वडा नं. ११ साझा चोकमा एलपी इन्टरप्राइजेज नामको फर्मबाट कपडा पसल सञ्चालन गरी आएका थियौं । सोही क्रममा तत्काल आन्तरिक राजस्व कार्यालय, कोहलपुरको ना.सु. पदमा कार्यरत रेवन्त खड्कासँग मेरो श्रीमान प्रतापसिंह राजभण्डारीको चिनजान भएको थियो ।
निज रेवन्त खड्का मेरो श्रीमानसँग मेरो घर तथा पसल समेतमा आउने जाने क्रममा निजसँग मेरो समेत चिनजान भएको थियो । निजसँग एकै परिवारको सदस्यजस्तो राम्रो सम्बन्ध थियो । निज रेवन्त खड्का कोहलपुरबाट सरुवा भई काठमाडौं आएपश्चात पनि निजसँग मेरो श्रीमान समेतको फोन, मेसेन्जर समेतमा सम्पर्क हुने गर्थ्यो । विगतको समयमा कोरोना महामारी समेतका कारणबाट व्यापारमा शिथिलता आई नोक्सानी भएको र सोको कारण ऋण समेत लागेकाले मेरो श्रीमान वैदेशिक रोजगारीका लागि विदेश जाने योजना बनाई घर सल्लाह भई मिति २०७९/१०/०३ गते विदेश पोल्याण्ड जानुभएको थियो ।
विदेश पोल्याण्डमा रहनु भएका मेरो श्रीमान प्रतापसिंह राजभण्डारीसँग निज रेवन्त खड्काको मेसेन्जरमा कुराकानी हुने क्रममा निज रेवन्त खड्काले दाजु के कसरी र किन पोल्याण्ड जानु भएको हो, ऋण लागेको छ कि ? भनेर सोध्दा मेरो श्रीमानले ३०/३५ लाख जति ऋण लागेको छ भाइ, विदेशको ठाउँ कडा मेहनत गर्नुपरेको छ, ऋण तिर्नैपर्यो भनी व्यावहारिक कुरा गर्दा निज रेवन्त खड्काले मेरो श्रीमानलाई अहिलेलाई म सहयोग गर्छु, पछि मेरो रकम फिर्ता गरिदिनु होला भनी खाता नं. दिनू भनेका रहेछन् । मेरो श्रीमान प्रतापसिंह राजभण्डारीले मलाई मेसेन्जरमा कल गरी रेवन्त भाइले तिम्रो खातामा रकम पठाई दिनुहुन्छ, निजलाई खाता नं. दिनु भनेकाले मैले रेवन्त खड्कालाई सनराइज बैंक लि, कोहलपुर शाखामा रहेको मेरो नामको खाता नं. दिएको थिएँ ।
ततपश्चात यकिन मिति याद भएन २०७९ फागुन महिनामा निजले मेरो उल्लेखित 0206913462###01 नं खातामा रु १५,००,०००र(पन्ध्र लाख र पुन रु २,००,०००_ गरी जम्मा १७ लाख जम्मा गराइदिएका थिए । सोको करीब १ हप्तापछि निजले मलाई कल गरी एउटै खातामा धेरै रकम पठाउन मिलेन अरू खाता भए नम्बर पठाइदिनु भनेकाले मैले निजलाई मेरो बुवा समरबहादुर थापाको नाममा ग्लोबल आईएमई बैंक लि. कोहलपुर शाखामा रहेको खाता नं 0515000060###24 र मेरो दाजु गंगाराम थापाको नाममा ग्लोबल आईएमई बैंक लि. कोहलपुर शाखामा रहेको खाता नं 062080100###14 पठाएकोमा निज रेवन्त खड्काले उल्लेखित खाताहरूमा ९/९ लाखको दरले रकम जम्मा गरिदिएका थिए ।
यसरी निज रेवन्त खड्काले पटक-पटक गरी मैले उपलब्ध गराएका उल्लेखित खाताहरूमा जम्मा रु ३५ लाख जम्मा गरिदिएका हुन् । उक्त रकममध्ये २४ लाख मैले सनराइज बैंक लि. कोहलपुर शाखाबाट एलपी इन्टरप्राइजेजको नाममा लिएको Bank Over Draft ऋण तिरें,५० हजार नेपाल कृषि सहकारी संस्था लि. कोहलपुर र ५० हजार महिला सहकारी संस्था लि. कोहलपुरबाट लिएको ऋण तिर्न खर्च गरें । बाँकी १० दश लाख मेरो श्रीमान् प्रतापसिंह राजभण्डारी वैदेशिक रोजगारीका लागि पोल्याण्ड जाने क्रममा विभिन्न व्यक्तिहरूसँग लिएको ऋण सापटी तिरें । निजले उक्त रकम के कहाँबाट के कसरी प्राप्त गरी मलाई पठाएका हुन्, मलाई थाहा भएन । हाल आएर निज रेवन्त खड्काले उक्त रकम कसूरबाट आर्जित रकम रहेछ भन्ने सुनी थाहा पाएको हुँ ।
०००
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको स्टोर रूमबाट २ वटा सुटकेशमा रहेको ७३ वटा बट्टाको ७३० थान इलेक्ट्रोनिक चुरोट (भेप्स) साटफेर भएको थियो । चिनियाँ नागरिकले ल्याएको भेप्समाथि शंका लागेपछि भन्सार कार्यालयले २०७९ माघ २९ गते बरामद गरेको थियो । त्यसभित्र ९ किलो सुन भएका कारणले भन्सार विभागमा काम गर्ने नासु रेवन्त खड्काले साटफेर गरेर चोरी गरेको अभियोगमा विभागले गरेको पत्राचारका आधारमा २०८० वैशाख ३० पक्राउ गरिएको थियो । उनले आफ्नो प्रेमिकाको नाममा ६५ लाख रुपैयाँ जम्मा गरेको खुलेको थियो । उनले पनि विभिन्न व्यक्तिहरूको नाममा जग्गा खरिद र पैसा जम्मा गरेको तथ्य पनि खुलेको थियो ।
प्रहरीको अनुसन्धानमा कागेश्वरी मनाेहरा नगरपालिका- ९ का दिनेश बस्नेतको योजनामा सुन भएको भेप्स चोरी गरेको सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा बुझाएको अभियोग पत्रमा उल्लेख छ ।
प्रतिवादी दिनेश थापाले २ करोड ९५ लाख रुपैयाँको जग्गा आफ्ना ससुराको नाममा भक्तपुरमा किनेको समेत खुलेको छ ।
भेप्समा रहेको ९ किलो सुन ६ करोड २१ लाख रुपैयाँमा वेदप्रकाश अग्रवालको सहयोगमा भारतीय नागरिकलाई बिक्री गरेको दिनेशले प्रहरीलाई बयान दिएको अभियोग पत्रमा उल्लेख छ ।
हेर्नुहोस् दिनेश थापाको बयानको अंश
का. जि. का.म.पा. २२ वटु, असनलगायतका विभिन्न गल्ली गल्लीमा गई मैले नचिनेका भारतीय नागरिकहरू समेतलाई भेटी फर्की आएँ । उक्त दिन निज वेद प्रकाश अग्रवालसँग ६,००,००० (छ लाख) लिई फर्की आयौं । तत् पश्चात पनि म र मेरो भाइ दीपेश बस्नेतले पटक-पटक गरी आफूसँग भएको उल्लेखित सुन बोकी न्युरोड लगी निज वेदप्रकाश अग्रवाल र निजमार्फत चिनजान भएका साहेब राव मरगले र अन्य यकिन नाम, थर, वतन थाहा नभएका ४/५ जना भारतीय नागरिकहरू समेतलाई सुन बिक्री गरी रकम लिई आएका हौं ।
यसरी सम्पूर्ण सुन बिक्रीको रकम हिसाब गर्दा निजहरूले ६,२१,००,००० (छ करोड एक्काइस लाख) भयो भनेका थिए, सोमध्ये जम्मा ६,००,००,००० (छ करोड) मात्र निजहरूले म समेतलाई दिएका हुन् । उल्लेखित सुन अवैध तवरबाट प्राप्त भएको हो भन्ने जानकारी निज खरिदकर्ताहरूलाई भएकाले निजहरूले चलनचल्तीको मूल्यभन्दा कम मूल्य तिरी मबाट खरिद गरेको हुँदा निजहरूले सुनको बिल बिजक समेत म सँग मागेनन् । ठूलो परिमाणमा सुन बिक्री गरेकोमा वेदप्रकाश अग्रवाल समेतले केही रकम छूट गरी दिनुहोस् भनी अनुरोध गरेकाले निजहरूको अनुरोध स्वीकार गरी २१,००,००० (एक्काइस लाख) छुट गरी ६,००,००,००० (छ करोड) मात्र लिएको हुँ ।
तस्करसँग पूर्वसभामुख महराको कनेक्सन
सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा बुझाएको अभियोग पत्रमा चीनबाट सुन तस्करी गर्ने गिरोहसँग पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्र उपाध्यक्ष कृष्णबहादुर महराको समेत कनेक्सन देखिएको उल्लेख छ ।
चाइनिज नागरिक लुईको सम्पर्कमा महराको कनेक्सन देखिएको हो, जसमा उनीहरूको ११ पटक सम्पर्क भएको देखिन्छ ।
यस्तै जाइनिज नागरिकको लोकेन्द्र पौडेल र श्याम शाहसँग सम्पर्क गरेको देखाइएको छ । अर्का चाइनिज नागरिक डोजिङ वाङ्कोले लुइसँगसँगै महरा र उनका छोरा राहुल महरासँग पनि सम्पर्क गरेको अभियोगपत्रमा देखाइएको छ ।
हेर्नुहोस् लिङ्क चार्ट
अभियोग पत्रमा ९ जनालाई प्रतिवादी बनाइएको छ जसमा ३ जना फरार छन् । रेवन्त खड्का, दिनेश बस्नेत, वेदप्रसाद अग्रवाल, साहेव राव, पाण्डुरङ मरगले र अमृत कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
अभियुक्तमध्येका दीपेश बस्नेत, गोपाल सुवेदी र रामकेशव थापा फरार छन् । सरकारी वकिलको कार्यालयले आपराधिक विश्वासघात गर्न नहुने र संगठित अपराधसम्बन्धी कसूरमा अभियोग पत्र दायर गरेको छ ।
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...