×

NMB BANK
NIC ASIA

नवलपुर जिल्ला अदालतमा लक्ष्यभन्दा बढी मुद्दा फर्स्यौट

काठमाडाैं | साउन १, २०८०

NTC
Premier Steels

नवलपुर जिल्ला अदालतले एक वर्षमा ८२.३७ प्रतिशत मुद्दा फर्स्यौट गरेको छ । आर्थिक वर्ष ०७९/८० मा कूल २३१४ वटा मुद्दामध्ये १९०६ वटा मुद्दा फर्स्यौट भएको जिल्ला अदालतल नवलपुरले जनाएको छ । आर्थिक वर्ष ०७८/०७९ मा बाँकी रहेका ११३५ वटा मुद्दा र ०७९/०८० मा नयाँ दर्ता भएका ११७९ वटा मुद्दामध्ये १९०६ वटा मुद्दा फर्स्यौट गरिएको हो । 

Muktinath Bank

दुई वटा इजलास भएको नवलपुर जिल्ला अदालतमा जिल्ला न्यायधीश उमेश प्रसाद लुइँटेल (इजलास नं १) बाट ७३९ थान र जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्य (इजलास नं २) बाट ११३५ थान फर्स्यौट भएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसैगरी सरूवा भई गएका जिल्ला न्यायाधीशहरू अर्जुन अधिकारी र नन्दकिशोर यादवबाट ३२ थान मुद्दाहरू फैसला भएका छन् ।
चुनावलगायत थप जिम्मेवारीको कारण इजलास नं १ बाट तुलनात्मक रूपमा केही मुद्दाहरू कम फर्स्यौट भएको अदालतले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

कार्यसम्पादनमा पनि उत्कृष्ट नवलपुर जिल्ला अदालतले आर्थिक वर्ष  ०७९/८० को असार मसान्तसम्म २ वर्ष नाघेका मुद्दाको संख्या शुन्यमा झारेको छ भने १८ महिना नाघेका मुद्दाहरूको संख्या केवल ७ वटा मात्रै रहेको छ। वार्षिक लक्ष्यको आधारमा फर्स्यौट दर १०९.४८ प्रतिशत रहेको छ ।

Vianet communication

फैसला कार्यान्वयनमा पनि लक्ष्य भन्दा बढीको उपलब्धी हासिल भएको अदालतले जनाएको छ । यो नवलपुर जिल्ला अदालत स्थापना भए (वि. स. २०७४) यताकै सबैभन्दा बढी हो ।

आर्थिक वर्ष २०७९/०८० मा देशभर लगत कायम भएका मुद्दामध्ये ५०.३६ प्रतिशत मुद्दामात्रै फर्स्यौट भएका छन् ।  आर्थिक वर्षमा कूल १ लाख ८१ हजार ९०८ मुद्दाको लगत कायम भएकोमा १ लाख ६४ हजार ३६ मुद्दा अर्थात् ५०.३६ प्रतिशत मुद्दा फर्स्यौट भएका हुन् ।

१ लाख ६१ हजार ६६६ मुद्दा फर्स्यौट हुन बाँकी रहेको सर्वोच्च अदालतको आर्थिक २०७८/०७९ को वार्षिक प्रतिवेदनमा उल्लेख छ । 

प्रतिवेदनमा उल्लेख भएअनुसार सर्वोच्च अदालतमा मात्र कायम ३७ हजार १६९ थान मुद्दामध्ये १९ प्रतिशत मात्र फर्स्यौट भएका छन् । ७ हजार ६५ थान मुद्दा फर्स्यौट भएकोमा ३० हजार १०४ थान मुद्दा फर्स्यौंट हुन बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २८, २०८१

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठनविरुद्ध दायर गरेको रिटको सुनुवाइको पेशी आज तोकिएको छ । कार्कीले नयाँ सरकार गठनविरुद्ध बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।&nb...

जेठ १, २०८१

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा मंगलवार उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय सुदर्शन देव भट्ट र अन्जु उप्रेतीको संयुक्त इजलाशमा पहिलो नम्बरमै पेशी तोकिएको हो । बलात्कार मुद्दामा काठमाडौं ...

पुस १२, २०८०

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दाको सुनुवाइ आज पनि हुँदैछ । बुधबार बहस भएर ‘हेर्दा हेर्दै’मा राखिएको मुद्दामा आज पनि सुनुवाइ हुने भएको हो ।  आज सन्दीप पक्षका वकिलले ...

पुस २५, २०८०

बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको सजाय आज तोकिने भएको छ । पुस १३ गते अदालतबाट दोषी ठहर भएका लामिछानेलाई सजाय तोक्न आजलाई पेसी तोकिएको थियो ।  काठमाडौं जिल्ला अदालतका न्यायाधीश ...

मंसिर ३०, २०८०

नाबालिग बलात्कारको अभियोग लागेका अभिनेता पूर्णविक्रम शाह (पल शाह)विरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न सर्वोच्च अदालतले अनुमति दिएको छ ।  सुष्मालता माथेमा र हरि फुयालको संयुक्त इजलासले ...

माघ २९, २०८०

बाँसबारी छाला जुत्ता कारखाना जग्गा विवादमा आदेश गर्ने काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यलाई मुगु सरुवा गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश आचार्यलाई कारबाही स्वरूप आइतबार ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x