×

NMB BANK
NIC ASIA

तस्करीमा 'प्लस टु' पढ्ने युवायुवती प्रयोग

२० हजारको जागिर खाएको पहिलो दिन नै प्रहरी हिरासतमा पुगेपछि...

काठमाडाैं | साउन २, २०८०

NTC
Premier Steels

लागूऔषध नियन्त्रण ब्यूरोले कक्षा १२ को परीक्षा दिएर बसेकी १६ वर्षीया रोजिना (नाम परिवर्तन)लाई आइतवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित कार्गो कम्प्लेक्सबाट पक्राउ गर्‍यो । 

Muktinath Bank

अमेरिकाबाट आएको पार्सल हुलाक कार्यालयमा लिन आउँदा उनलाई ब्यूरोको टोलीले पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेपछि उनी अलमलमा परिन् । पहिले त उनले आफू किन पक्राउ परें भन्ने पनि थाहा पाइनन्, किनकि उनलाई अमेरिकाबाट आएको कपडा लिन भनेर पठाइएको रहेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनको जागिर नै कार्गो कार्यालयमा आउने सामान संकलन गरेर आफूलाई जागिर दिने अफिसमा पुर्‍याउनु थियो । 


Advertisment
Nabil box
Kumari

त्यसभित्र के थियो, किन आयो भन्ने कुरा उनलाई जानकारी थिएन । प्रहरीलाई पनि त्यसैअनुसार जवाफ दिइन् । तर, रिसिभ गरेको सामान गाँजा भएको कुरा प्रहरीले बताएपछि उनी छाँगाबाट खसेजस्तै भइन् । 

Vianet communication

सिन्धुपाल्चोक स्थायी घर भएकी उनी काठमाडौंको एउटा निजी कलेजमा पढ्छिन् । आफ्नो पकेट खर्च जुटाउनका लागि शुरूमा अनलाइनमार्फत जागिर खोजिदिने कार्यालयमा १०/१२ हजार रुपैयाँ तलबमा काम गर्दै आएकी थिइन् ।

‘कलेज पढ्ने विद्यार्थी भएकाले शुरूमा आफ्नो पकेट खर्च जुटाउनका लागि एउटा अफिसमा जागिर खाएको देखिन्छ,’ लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) गोविन्द थपलियाले बताए । 

उनले त्यो अफिसमा अनलाइनमार्फत जागिर खोज्ने व्यक्तिहरूको फोन उठाउने काम गर्दै  आएकी थिइन् । त्यही क्रममा एक जना कामदार चाहिएको भन्दै उनलाई फोन आयो । आफ्नो काम नै त्यही भएकाले उनले आफूले कोही व्यक्ति पठाइदिने वाचा गरिन् । त्यसबापत उनले काम गर्दै आएको अफिसलाई केही कमिसन आउँथ्यो ।

उनले १७ वर्षीय रोहित (नाम परिवर्तन)लाई फोनमा कर्मचारी चाहियो भन्ने व्यक्तिसँग सम्पर्क गराइदिइन् । बेला–बेलामा कर्मचारी माग्ने बहाना उनलाई फोन आइरहन्थ्यो । एकदिन ती व्यक्तिले रोजिनालाई महिनाको २० हजार रुपैयाँ दिने र दैनिक काममा आउनु नपर्ने जागिर रहेको बताए ।

महिनामा ४/५ दिन मात्र काम गरे हुने र कार्यालय पनि नियमित जानु नपर्ने प्रलोभनमा परेर त्यहाँ जागिर खान गएको उनले बताएकी छन् ।

त्यो बेलासम्म फोन गर्ने व्यक्तिले रोजिना कलेज पढ्ने गरेको लगायतका व्यक्तिगत गतिविधि पत्ता लगाएको रहेछ ।

उनी असार ३१ गते आइतवार पहिलो दिनको कामका लागि भनेर ती व्यक्तिकोमा गइन् । उक्त अफिसका मालिकले २ हजार रुपैयाँ ट्याक्सी भाडा दिएर कार्गो कार्यालयमा सामान लिन पठाए ।

प्रहरीले रोजिनालाई त्यहीँबाट पक्राउ गरेको हो ।

रोजिनालाई पक्राउ गरेपछि प्रहरीले उनले भनेको व्यक्तिलाई पनि खोजी गर्‍यो । प्रहरीले आइतवार नै पर्साको धोबिनी गाउँपालिका– ५ का २७ वर्षीय फैजउल्लाह शाहलाई पक्राउ गरेको एसएसपी थपलियाले लोकान्तरलाई बताए ।

‘हामीले ती युवतीलाई नियन्त्रणमा लिएर उनीमार्फत फैज उल्लाहलाई पक्राउ गरेका छौं,’ एसएपी थपलियाले भने । पार्सल लिने बहानामा लागूऔषध रिसिभ गराउने उनको धन्दा नै रहको खुल्यो ।

थपलियाका अनुसार, साहले आईडी कार्ड बनाइदिने भन्दै नागरिकताको फोटोकपी र मोबाइल नम्बर लिएर अमेरिकास्थित तस्करहरूलाई पठाएका रहेछन् । अमेरिकाको क्यालिफोर्नियाबाट नेपालमा गाँजा पठाउने समूहले रोजिनाकै नाममा पठाएको पाइयो ।

प्रहरीका अनुसार उनले यसअघि अर्का एक युवकलाई प्रयोग गर्दै आएको पाइएको छ । अहिलेसम्म उनले कति जनालाई प्रयोग गरे भन्ने नखुलेको एसएसपी थपलियाले बताए ।

‘यसभन्दा अगाडि एक युवालाई प्रयोग गरेको खुलेको छ, तर अरू कति जनालाई रोजगारी दिने बहानामा प्रयोग गरे भन्ने विषय खुलेको छैन,’ एसएसपी थपलियाले भने ।

ब्यूरोले जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । ब्यूरोका अनुसार साह २ महिना अगाडि लागूऔषध गाँजा ४ केजीसहित पक्राउ परेका थिए ।

उक्त सामान आफ्नो नभएको बताएपछि उनी जिल्ला अदालत काठमाडौंबाट धरौटीमा रिहा भएका थिए ।

रिहा भएलगत्तै उनले पुनः धन्दालाई निरन्तरता दिएको पाइएको छ । उक्त गाँजा किलोको ३४ लाख रुपैयाँ पर्ने गरेको प्रहरीले जनाएको छ । भारतमा लगेर ५० लाख रुपैयाँसम्ममा बिक्री हुने गरेको पाइएको थपलियाले बताए ।

ब्यूरोका प्रमुख एसएसपी थपलियाले पछिल्लो समयमा रोजगारीका बहानामा लागूऔषध तस्करहरूले ११/१२ पढ्ने युवायुवतीलाई प्रयोग गर्ने गरेको देखिएको बताए । 

‘प्लस टु पुस्तालाई प्रयोग गर्ने गरेको देखिएको छ । रोजगारीको बहानामा धेरै पैसा दिन्छुभन्दा सचेत हुनुपर्ने अवस्था छ,’ एसएसपी थपलियाले लोकान्तरसँग भने ।

यसभन्दा अगाडि खेलौना, मोबाइल, कपडालगायतका सामानको नाममा पार्सलमार्फत गाँजा आउने गरेको थियो । तर, यसपालि फेरि तस्करहरूले हुलाक प्रयोग गरेर तन्ना भन्दै गाँजा तस्करी गरेको देखिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x