×

NMB BANK
NIC ASIA

भद्रकुमारी सेवा सदनमा डोजर

अन्तिम ४ मिनेटमा आइपुगेको त्यो ‘स्टे अर्डर’ ! जसले लाग्यो महानगरको डोजरमा ब्रेक

काठमाडाैं | साउन ३, २०८०

NTC
Premier Steels

काठमाडौं महानगरपालिकाले भद्रकुमारी सेवा सदनलाई भवन खाली गर्न अल्टिमेटम दिएको मंगलवार अन्तिम मिति थियो । त्यसबीचमा महानगरपालिकाले पत्राचार गर्‍यो, माइकिङ गर्‍यो ।

Muktinath Bank

महानगरले दिएको समय सीमाभित्र सामानहरू कता सार्ने भन्नेमा सेवा सदन आश्रित व्यक्तिहरू चिन्तामा थिए । आजको भोलि कहाँ सामान सार्ने भन्ने अत्तोपत्तो थिएन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विद्यार्थीहरू कहाँ सार्ने ? ज्येष्ठ नागरिक कता लैजाने ? बौद्ध गुम्बा के गर्ने भन्नेमा व्यवस्थापन पक्ष नै अन्योलमा थियो । 


Advertisment
Nabil box
Kumari

३ दिनको अल्टिमेटम दिएपछि ९३ वर्षीया भद्रकुमारी घले काठमाडौं महानगरका मेयर बालेन शाहको ढोका ढक्ढक्याउन पनि पुगिन् । उनले बालेनको दैलोमा मंगलवार ३ घण्टा कुरिन् तर बालेनले वास्ता गरेनन् । उनी अर्को ढोकाबाट बाहिरिइन्, घलेको अपेक्षा पूरा भएन । 

Vianet communication

बालेनले बेवास्ता गरेपछि घलेले काठमाडौं महानगरपालिकाका प्रहरी बल प्रमुख राजुनाथ पाण्डेलाई पनि फोन गरिन् । उनले भवन अवैध भएको भन्दै जसरी पनि भवन भत्काउने महानगरको निर्णयलाई कार्यान्वयन गर्ने विषय दोहोर्‍याए ।

अन्त्यमा घलेले पाण्डेलाई ‘भत्काउने भए सामान जोगाइदिनु’ भन्ने आग्रह गरिन् । घलेको आग्रहमा पाण्डे नरम देखिए । बिहान ११ बजे नै भत्काउन शुरू गर्ने भनेको महानगरको टीम १२ बज्न लाग्दा मात्रै आइपुग्यो । पाण्डेले त्यहाँका आर्ट ग्यालरी, पुस्तकालय, सम्मान पत्रहरू महानगरकै गाडीमा हालेर अनामनगरबाट मैतीदेवी सारिदिए  । महानगरले सेवा सदनले व्यापारिक प्रयोजनका लागि भाडामा दिएको सटरबाट भत्काउन शुरू गर्‍यो ।

यहीबीचमा व्यवस्थापन पक्षले अदालतको सहारा लिन पुग्यो । भत्काउन शुरू गर्दा अधिवक्ता खडानन्द कँडेल ‘स्टे अर्डर’को अपेक्षामा पाटन उच्च अदातल पुगेका थिए । 

सेवा सदनले १५ वटा सटर भाडामा दिएको छ । सार्वजनिक जग्गामा भाडा उठाएपछि महानगर अझै कडा रूपमा प्रस्तुत भएको थियो । फलस्वरूप महानगरले यही भवनबाट भत्काउन शुरू गर्‍यो । 

भत्काउन शुरू गर्दा सटरवालाहरूले सामान सार्न पनि भ्याएका थिएनन् । उनीहरूले हतारहतारमा सामान सारे । 

यता सेवा सदन अध्यक्ष दीपक घले कुन बेला अदालतको ‘स्टे अर्डर’ आउला भनेर छट्पटाइरहेका थिए । बहस सकाएर अधिवक्ता कँडेल हतारहतार अनामनगर आइपुगे । 

३ बजे नै अदालतले ‘स्टे अर्डर’ दिएको भनेर त्यहाँ सुनाए तर महानगरका सुरक्षा प्रमुख पाण्डेले मौखिक रूपमा भनिएको कुरामा विश्वास नगर्ने भन्दै भत्काउने कामलाई निरन्तरता दिन निर्देशन दिए । व्यवस्थापन पक्ष र अधिवक्ताले पटक–पटक काम रोक्न भने, तर पाण्डेले मान्दै मानेनन् । पाटन उच्च अदालतमा बत्ती गएका कारण आधा घण्टा काम रोकिएर पत्र नआइपुगेको उनीहरूले सुनाए । 

पत्र आइपुग्दा ४ बज्न ४ मिनेट मात्रै बाँकी थियो । स्टे अर्डरको पत्र हातमा पर्नासाथ पाण्डेले काम रोक्न तुरुन्तै निर्देशन दिए । महानगर पदाधिकारीहरू ४ बजेसम्म मात्रै काम गर्ने मोडमा थिए । पत्र हेर्नासाथ नगर सुरक्षा दलबल सबै फिर्ता भए । त्यो अन्तिम ४ मिनेट उनीहरूले काम गर्न पाएनन् । 

त्यतिञ्जेलसम्म डोजरले व्यावसायिक भवनका सटरहरू भत्काइसकेको थियो । सेवा सदनको मूल गेट भत्किएको थियो । व्यवस्थापन पक्षमा अब सबै भवन सकिने भयो भन्ने भइसकेको थियो । अदालतको आदेशसँगै सबै काम रोकियो । 

जाँदाजाँदै सुरक्षा प्रमुख पाण्डेले भने, ‘हामी अदालतको आदेश मान्छौं तर अवैध कामधन्दा हुन दिँदैनौं ।’

उता सेवा सदनका अध्यक्ष दीपक घले केही शान्त देखिए । उनले आफूहरूले गलत काम नगरेको भन्दै अदालतको अवहेलना मुद्दा दर्ता गर्ने बताए । ‘३ बजे नै स्टे अर्डर आएको थियो, महानगरले मानेन, हामी बालेन शाह र राजुनाथ पाण्डेविरुद्ध अवहेलना मुद्दा दर्ता गर्छाैं ।’

सामाजिक क्षेत्रमा अग्रसर रहेको संस्थाका ५ वटा भवन रहेका छन् । सार्वजनिक जग्गामा अवैध संरचना निर्माण भएको भन्दै महानगरले भत्काउन शुरू गरेको हो । भद्रकुमारी घले सेवा सदन २०६२ सालमा स्थापना भएको संस्था हो । संस्थाभित्र भद्र घले संग्रहालय, भीमार्जुन घले स्मृति पुस्तकालय, भद्र घले ललितकला ग्यालरी, भद्र घले बालगृह, भद्रकुुमारी घले शिक्षा सदन, भद्र घले पाहुन घर, भद्र घले उपभोक्ता सहकारी संस्था, कृष्णभक्त सार्वजनिक स्वास्थ्य तथा अनुसन्धान केन्द्र, डा. शेखर वाचनालय, भद्र घले शिशु स्याहार केन्द्र, प्रगति नेपाल, भद्र घले नेत्र वैकल्पिक महिला विद्यालय, निखिल ज्योति गोग आश्रम नेपाल, सामरी घले गुठी, काठमाडौं उपत्यका गुम्बा तमुँ सेवा समिति, संखुवासभा तमुँ समाज सेवा समिति रहेका छन् ।

भद्रकुमारी घले सेवा सदनले यी सबै संस्था, संस्थामा आश्रित व्यक्ति तथा चलअचल सम्पत्ति सरकारलाई सुम्पिन तयार रहेको बताउँदै आएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x