×

NMB BANK
NIC ASIA

‘धुर्मुस’लाई प्रश्न : हिजोआजका टेलिश्रृङ्खला कस्तो लाग्छ ?

काठमाडाैं | साउन १५, २०८०

NTC
Premier Steels

लोकप्रिय हास्य टेलिसिरियल ‘मेरी बास्सै’बाट दर्शकमाझ प्रिय बनेका अभिनेता हुन् सिताराम कट्टेल ‘धुर्मुस’ ।

Muktinath Bank

लामो समय उक्त सिरियलमा सक्रिय रहँदा उनले थुप्रै चरित्रहरू निर्वाह गरेका थिए । ‘धुर्मुस’ कुञ्जना घिमिरे ‘सुन्तली’का साथ सामाजिक कर्ममा होमिएपछि ८ वर्षयता टेलिसिरियलमा देखिएका छैनन् । उनी दर्शक बनेर अहिलेका टेलिसिरियल हेरिरहेका भने छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हिजोआजका टेलिसियलमा कतिपयले स्तरीयता खस्किएको समेत गुनासो गर्ने गरेका छन् । जबरजस्ती हँसाउने चक्करमा हास्य सिरियलहरू निर्माण भइरहेको गुनासो कतिपयले गर्ने गरेका छन् । धुर्मुसलाई चाहिँ कस्तो लाग्छन् त हिजोआजका टेलिसिरियल ? उनले जवाफ दिए, ‘यस्तो उस्तो भन्दा पनि मलाई यति थाहा छ कि अहिले क्षमतावान व्यक्तिहरू आउनुभएको छ । मात्रै, उहाँहरूले पस्किने चिजहरूमा चाहिँ मेहनत गर्नलाई विभिन्न कुराहरूले अप्ठयारो पर्यो होला भन्ने लाग्छ ।’ 


Advertisment
Nabil box
Kumari

‘धुर्मुस’ले पहिले डमी हेरिसकेपछि मात्रै सिरियलहरू प्रसारणका लागि पास हुने गरेको स्मरण गरे । ‘त्यतिखेर प्लेटफर्म त्यति धेरै हुँदैनथे । जहाँबाट सिरियलहरू आउँथे, त्यहाँबाट कुन विषयवस्तु रोज्ने, कस्तो बनाउने ? डमीहरू हेरिसकेपछि मात्रै पास हुन्थ्यो’ उनले भने, ‘पुगेन भने फेरि यो थपेर ल्याउनुस्  भनिन्थो । त्यसले गर्दा क्रियटरलाई पनि अझ राम्रो सिर्जना पस्किने, अझ राम्रो गरौं भन्ने हुन्थ्यो ।’

Vianet communication

उनले अगाडि थपे, ‘अहिले प्लेटफर्महरू धेरै छन् । तिनलाई सेन्सर गर्ने ठाउँहरू पनि पहिलेजस्तो छैन । त्यसमाथि हतारमा काम गर्नुपर्ने अवस्था पनि अहिले देखिन्छ ।’

सिरियलमा विषयवस्तु उठान गर्न आर्थिक कुराले पनि प्रभाव पार्ने उनी बताउँछन् । 

‘आर्थिक मन्दीले गर्दा बजेटका कुराहरू आउँछन् । सुटिङ गर्न टेक्नोलोजी एकदमै हाइ छ । विषयवस्तु उठान गर्न आर्थिक कुरामा पनि भर पर्छ’ उनले भने, ‘मज्जाले स्रोत हुने भएदेखि सिर्जना गर्ने व्यक्ति एकसेएक हुनुहुन्छ । यद्यपि, विभिन्न बाध्यताले गर्दा ‘ल्याक’ भयोहोला भन्ने लाग्छ ।’ 

यतिबेला धुर्मुस र कुञ्जना घिमिरे ‘सुन्तली’को लेखन, निर्देशन एवं अभिनय रहेको वेब फिल्म ‘म त मर्छु कि क्या हो’ले दर्शकको माया पाइरहेको छ । यो फिल्मलाई ३३ लाख बढीले हेरिसकेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x