असोज ३०, २०८०
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
काठमाडाैं | साउन १५, २०८०
नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति कटौती (लोडसेडिङ) अन्त्य भएको घोषणा गरेको लामो समय भयो तर झ्याप–झ्याप विद्युत् जाने समस्या भने अन्त्य भएको छैन ।
वर्षात्को मौसम भएकाले खोला नालामा पानीको सतह बढेको छ । पानीको बहाव बढेका कारण नदी प्रवाही र जलाशययुक्त आयोजनाबाट उत्पादन हुने बिजुली पनि पूर्ण क्षमतामा उत्पादन भइरहेका छन् ।
अहिले बिजुली उत्पादन बढी भएको र नेपाल विद्युत् प्राधिकरणले यही बेला खपत बढाउने उपायको खोजी गर्न नसक्दा भएकै बिजुली खेर गइरहेको अवस्था छ । बिजुली उत्पादन बढी भएर फालाफाल भइरहेकै बेलामा आमसर्वसाधारणले भने झ्याप्प–झ्याप्प बिजुली गइरहने समस्या भोग्नुपरिरहेको छ । साँझबिहान ‘पीक आवर’मा बिजुली जाने–आउने (ट्रिपिङ) भइरहेको छ ।
लोडसेडिङ हटाएको भनेर श्रेय लिएका कुलमान घिसिङ विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक रहेकै समयमा पनि विद्युत् आपूर्तिमा समस्या बल्झिएको छ । विद्युत् आपूर्ति नियमित नभएको कुरा संसद् बैठकमा समेत उठ्ने गरेको छ ।
‘प्राधिकरणका सेलिब्रेटी एमडी यो तथ्य स्वीकार गर्न तयार हुनुहुन्न तर उपभोक्ताले अघोषित लोडसेडिङ व्यहोरिरहेका छन्,’ प्राधिकरणका एक पूर्व कर्मचारीले लोकान्तरसँग भने, ‘काठमाडौं उपत्यकामा कुनै त्यस्तो ठाउँ छैन, जहाँ दैनिक ५ पटक बिजुली नगएको होस् ।’
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल पटक–पटक बिजुली जाने समस्याले सर्वसाधारणदेखि उद्योगी व्यवसायी समेत प्रभावित भइरहेका बताउँछन् । ‘जसरी घरमा भात पकाउँदा बत्ति जाँदा समस्या हुन्छ, त्योभन्दा ठूलो समस्या उद्योगमा हुन्छ । उद्योगमा त झन् हाइ भोल्टेजको बिजुली आउने भएकाले बत्ति आउने–जाने समस्यामा मशिनमा असर गर्ने र उत्पादनै प्रभावित हुने समस्या छ,’ मल्लले लोकान्तरसँग भने ।
नेपाल उद्योग वाणिज्य महासंघका एक पूर्व अध्यक्ष दिनमै ८–१० पटक बत्ती आउने–जाने हुँदा उत्पादनमै समस्या भइरहेको बताउँछन् । उनले भने, ‘कम्प्युटरमा यूपीएस नराखी काम गर्दा जसरी देखिने असर परेको हुन्छ, त्यसैगरी ठूला उद्योग पनि ट्रिपिङका कारण प्रभावित भइरहेका हुन्छन् ।’
एक पटक बत्ति जाँदा जेनेरेटर चलाएर काम शुरु गर्दा आधा घण्टाको समय खेर जान्छ भने यस्तो काम दिनमै धेरै पटक हुँदा एक त मशिनमा समस्या हुन्छ, अर्को उत्पादनमै असर पर्ने पनि ती उद्योगीको भनाइ छ ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराई भने बिजुली आउने–जाने विषय सामान्य समस्या भएको तर्क गर्छन् । ‘नियमित मर्मत–सम्भार, आगलागी, इन्टरनेटको केवलले बिजुलीको तार छुने, वर्षातको समय भएकाले रुपपातले तार छुने सहितका कारण बिजुली ट्रिपिङ भइरहेको हुन्छ,’ भट्टराईले लोकान्तरसँग भने । यस्तो समस्या हिउँद–बर्खा दुवै समयमा हुने गरेको छ ।
वर्षातको समयमा बाढी, पहिरो, रुख ढलेर तारमा छुने सहितका कारण बिजुलीको आपूर्तिमा अवरोध हुने गरेको पनि भट्टराईले बताए ।
इन्टरनेटको तारका कारण पोलमा आगलागीको समस्या पनि बढी भएकाले यसबाट बिजुलीको नियमित आपूर्तिमा अवरोध हुने गरेको पनि भट्टराईले बताए । कहिलेकाहीँ राष्ट्रिय प्रसारणमै हुने अवरोध बाहेक सानोतिनो समस्या आइरहन्छ र त्यसलाई समाधान गरेर पनि नसकिने उनको तर्क छ ।
‘देशैभर अहिले वर्षाको समय भए पनि प्राकृतिक प्रकोपका कारण आउने समस्या हाम्रो बसमा हुँदैन । प्राधिकरणले समाधान गर्न चाहेर पनि नसकिने यस्ता समस्या संसद्मा उठे पनि नउठे पनि आइरहने विषय हुन्,’ प्राधिकरणका प्रवक्ता भट्टराईको दाबी छ ।
हिउँदमा हावाहुरीका कारण पोल ढल्ने तथा रुख ढलेर समस्या आउँछ भने वर्षातको समयमा पनि बिजुली आपूर्तिमा यस्तो समस्या आइरहने भएकाले कति छिटो समाधान हुन्छ भन्ने विषयलाई हेर्नुपर्ने प्राधिरकणका प्रवक्ता भट्टराई बताउँछन् । उनका अनुसार प्राधिकरणले जहाँ समस्या आउँछ, त्यहाँ छिटोभन्दा छिटो रेस्पोन्स गर्ने विषयलाई भने सधैं प्राथमिकताका साथ अगाडि बढाइरहेको छ ।
नेपाल विद्युत् प्राधिरकणकै पूर्व कर्मचारी भने नेतृत्वको अक्षमताले आपूर्तिलाई नियमित गराउन नसकेको बताउँछन् । प्रणालीमा सुधार गर्न नसक्ने अनि विभिन्न बहाना बनाएर आफ्नो गल्ती ढाकछोप गर्ने काम प्राधिकरणले गरिरहेको पनि ती कर्मचारीको भनाइ छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) का अध्यक्ष गणेश कार्की पनि प्राधिकरणले व्यवस्थापन मिलाउन नसकेको बताउँछन् । उनले भने, ‘हामीले बिजुली उत्पादन गरेर पठाएकै छौं तर प्राधिकरण प्रसारण लाइन बनाउन सकिएन भनेर निजीले उत्पादन गरेको धेरै ठाउँको बिजुली लिन सकिरहेको छैन ।’ आयोजनाले बिजुली उत्पादन गरे पनि त्यसलाई काठमाडौंसम्म ल्याउन नसक्दा र गुणस्तरीय सेवामा ध्यान नदिँदा बत्ती गइरहने समस्या भएको बुझाइ अध्यक्ष कार्कीको छ ।
कार्कीले भने, ‘अहिले पनि ३०–४० प्रतिशत निजी क्षेत्रको बिजुली प्रसारण लाइनमा जोडिन सकेको छैन । जसले गर्दा उत्पादित बिजुली खेर गइरहेको छ भने प्राधिकरणले चाहिँ न खपत बढाउन जोड दिएको छ, न त गुणस्तरीय सेवामा नै ?’
कार्कीका अनुसार प्राधिकरणका कारण यो वर्ष मात्रै होइन, आगामी वर्ष झन् समस्या आउन सक्छ । ‘यो वर्षभन्दा आगामी वर्ष बिजुली उत्पादन र खपत दुवै बढ्छ । जसका कारण प्राधिकरणले व्यवस्था मिलाउन नसक्दा एकातिर खेर जाने हुन्छ भने अर्कोतिर बिजुली वितरणको प्रणालीमा तत्कालै सुधार हुन सक्ने अवस्था छैन,’ इपानका अध्यक्ष कार्कीले भने ।
निजी क्षेत्रले अहिले पनि उत्पादन गरेको बिजुली प्राधिकरणले पूर्ण क्षमतामा लिन सकेको छैन । भारतमा बिजुली निर्यात गरेको भनिए पनि निजी क्षेत्रको उत्पादन खेर गएको गयै छ । प्राधिकरणले प्रसारण लाइन बनाएर वितरण प्रणालीमा सुधार गर्न नसक्दा उपभोक्ताले पनि अघोषित लोडसेडिङको समस्या भोग्नुपरेको बुझाइ निजी क्षेत्रका ऊर्जा उत्पादकहरूको छ ।
नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक मुकेशराज काफ्ले प्राधिकरणको नेतृत्वको अक्षमताले ट्रिपिङको समस्या बढेको दाबी गर्छन् । ‘आम जनतालाई दुःख दिने बिजुलीको प्रणालीमा सुधार गर्न नसक्दा र वर्षाैंदेखि देखिएको कमजोरीलाई बेवास्ता गरेर बस्दा समस्या बढेको बढ्यै छ,’ काफ्लेले भने ।
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...