×

NIC ASIA

विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध स्तुप क्षेत्रको सडक एक वर्षदेखि मर्मतको पर्खाइमा

काठमाडाैं | साउन १६, २०८०

Prabhu Bank
NTC
फाइल फोटो
Premier Steels

विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रको अमिताभ बुद्ध मार्गको कालोपत्र भत्किएको लामो समयसम्म पनि मर्मत हुन सकेको छैन । सडक मर्मत नहुँदा स्थानीय हिलो र धुलोको सास्ती भोग्न बाध्य छन् । 

Muktinath Bank

काठमाडौं महानगरपालिकाको ठेक्कामार्फत उक्त सडक कालेपत्र गरिए पनि तीन महिनामै भत्किएको थियो । कालोपत्र भत्किएपछि मर्मतको जिम्मा निर्माण कम्पनीको भए पनि हालसम्म काम हुन नसकेको बौद्धनाथ क्षेत्र विकास समितिका पूर्वकार्यकारी निर्देशक नयनकुमार लामाले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बौद्ध क्षेत्रको टुसालबाट महाङ्काल र सम्पदा मार्गहुँदै बौद्ध चैत्य पुग्न सकिने सडक २०७८ जेठमा कालोपत्र भएको थियो । “गुणस्तरीय काम नहुँदा लामो समयदेखि स्थानीयले दुःख पाएको अवस्था छ”, उनले भने, “सडक मर्मतका लागि समितिले विगतमा तीन पटक बजेट बिनियोजन गरे पनि काठमाडौं महानगरपालिकाले नै गर्ने भनेकाले सडकको जिम्मा महानगरलाई नै दिइएको हो ।”


Advertisment
Nabil box
Kumari

कालोपत्र हुनुभन्दा एक वर्षअघि भने यो सडक समितिकै बजेटबाट मर्मत गरिएको थियो । विश्व सम्पदा क्षेत्रमा लामो समयदेखि सडक बिग्रिएको अवस्थाले पर्यटकहरुमा राम्रो सन्देश नजाने स्थानीय व्यवसायी मङ्गलकुमार श्रेष्ठ बताउँछन् । जसका कारण स्थानीयवासी, पर्यटक र बौद्धनाथ चैत्यमा दर्शनका लागि आउने भक्तजनले वर्षामा हिलो र हिउँदमा धुलोको सास्ती भोग्नु परेको उनको भनाइ छ ।

Vianet communication

स्थानीय श्रीकृष्ण शाही सडक निर्माणमा कमसल सामग्री प्रयोग गरेकाले लामो समयसम्म नटिकेको दाबी गर्छन् । न्यून गुणस्तरको काम हुँदा पनि सरोकारवाला निकायको ध्यान जान नसकेको उनको भनाइ छ । 

उक्त सडक काठमाडौं महानगरपालिकाको रु नौ करोड लागतमा कालोपत्र गरिएको थियो । काठमाडौं महानगरपालिका–६ का पूर्वअध्यक्ष दीपेन्द्रकुमार लामा निर्माण व्यवसायीले कमसल काम गरेकाले सडकको कालोपत्र तीन महिना पनि नटिकेको दाबी गर्छन् । उनले महानगरपालिकामा यसबारे जानकारी गराउँदै भुक्तानी रोक्न समेत आग्रह गरेको बताए । 

पाँच तारे होटल हायात रिजेन्सीको पूर्वोत्तरको पर्खालसँगै जोडिएको उक्त सडकको दुरावस्थाले राम्रो सन्देश नदिने महानगरपालिका–६ का वडा अध्यक्ष भुवन लामा बताउँछन् । उनले यसबारेमा  महानगरपालिकाको कार्यपालिका बैठकमा विषय उठान गर्ने बताए । 

“बौद्ध क्षेत्रकै विकासका लागि भनी पर्यटकसँग शुल्क उठाइन्छ । त्यो शुल्क समितिको खातामा बैंकमा खर्च हुन नसकी थुप्रिएको छ । तर सडकको दूरावस्थाले विश्व सम्पदा क्षेत्रलाई नै गिज्याइरहेको छ”, उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x