×

NIC ASIA

बैतडीको एकै गाउँका १९ जनामा हेपाटाइटिस, मुहानको पानी परीक्षण गरिँदै

बैतडी | साउन १६, २०८०

Prabhu Bank
NTC
फाइल फोटो
Premier Steels

बैतडीको पाटन नगरपालिका–४ चिल्लेपानीमा भाइरल हेपाटाइटिस फैलिएको छ । १९ जनामा भाइरल हेपाटाइटिस देखिएको हो । एकै घरका तीन बालबालिकामा भाइरल हेपाटाइटिस भेटिएपछि गाउँमा खोज गर्दा थप १६ जनामा यस्तो लक्ष्यण देखिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।  

Muktinath Bank

भाइरल हेपाटाइटिस देखिएका तीन बालबालिकामध्ये एकजनालाई थप उपचारका लागि धनगढी पठाइएको र  दुई जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको उनले बताए ।  गाउँका तीन बालबालिका उपचारका लागि जिल्ला अस्पताल आउँदा हेपाटाइटिस देखिएको थियो । प्रमुख भटृले भने, “उपचारका लागि आएका बालबालिकामा हेपाटाइटिस पुष्टि भएपछि गाउँमै गएर परीक्षण गरिएकामा थप १६ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ ।” 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वास्थ्य कार्यालय र नगरपालिकाले संयुक्तरुपमा भाइरल हेपाटाइटिसका बिरामीहरु खोजी गरिरहेको छ । भाइरल हेपाटाइटिस प्रकोपका रुपमा नफैलियोस् भन्ने उद्देश्यले बिरामीहरू खोजी गरी उपचार गर्न लागिएको उक्त कार्यालयले जनाएको छ ।  


Advertisment
Nabil box
Kumari

दूषित पानी, खानपानलगायत प्रयोगका कारण भाइरल हेपाटाइटिस हुने गर्दछ । भाइरल हेपाटाइटिस भएका बिरामीहरुमा ज्वरो आउने, पेट दुख्ने, बान्ता हुने, खान मन नलाग्ने, जन्डिस हुने, पिसाबमा रगत देखिनेजस्ता लक्षणहरू देखापर्ने गरेका छन् । यो रोगबाट बच्न शुद्धीकरण गरेको पानी मात्रै प्रयोग गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।
 
परीक्षणका लागि मुहानको पानी सङ्कलन

Vianet communication

नगरपालिका–४ मा भाइरल हेपाटाइटिसका बिरामी भेटिएपछि सो ठाउँमा रहेका खानेपानीका मुहानको पानी परीक्षणका लागि नमुना सङ्कलन गरिएको स्वास्थ्य  कार्यालयका प्रमुख भट्टले बताए । उनले भने, “हेपाटाइटिस देखिएपछि गाउँमा रहेका मुहानहरूको पानी परीक्षणका लागि सङ्कलन गरेका छौं ।”

यसअघि नमुनाका रुपमा यहाँका खानेपानीका मुहानको पानी परीक्षण गर्दा ५० दशमलव आठ प्रतिशत मुहानको पानीमा दिसामा हुने ‘कोलिफर्म’ कीटाणु भेटिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x