×

NMB BANK
NIC ASIA

ग्वार्को सँगसँगै अध्ययन भएका सातदोबाटो र एकान्तकुना ‘फ्लाइओभर’ को काम शुरु भएन

काठमाडाैं | साउन १७, २०८०

NTC
फाइल फोटो
Premier Steels

ग्वार्कोमा सँगसँगै पूर्वसम्भाव्यता अध्ययन भएका थप दुई चोकमा ‘फ्लाइओभर’ निर्माण अघि बढ्न सकेको छैन ।

Muktinath Bank

सडक विभागले ग्वार्को चोकसँगै सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माण गर्ने गरी सम्भाव्यता अध्ययन गरेको थियो । ती दुई स्थानमा रकम सुनिश्चित हुन नसकेकाले निर्माण अघि बढाउन नसकिएको सडक विभाग, गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ ।
 
सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर बनाउन सम्भाव्यता अध्ययन भइसकेको भए पनि तत्काल निर्माण अघि बढ्ने नदेखिएको केन्द्रका इन्जिनियर रवीन्द्र श्रेष्ठले बताए । उपत्यकामा ग्वार्कोसँगै दुई चोक गरी जम्मा तीन चोकमा अध्ययन भएको थियो । उनले भने, “पहिलो चरणमा ग्वार्को चोकमा निर्माणमा गरिएको हो अब दुई ठाउँमा पनि निर्माण गर्नुपर्छ ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यी दुई चोकमा फ्लाइओभर निर्माणका लागि अर्थ मन्त्रालयबाट सहमति मागिएको उनले बताए । सहमति भएमा ठेक्का यही वर्ष पनि ठेक्का हुनसक्ने उनले बताए ।


Advertisment
Nabil box
Kumari

यी दुवै चोकमा प्रारम्भिक अध्ययन भइसकेको भए पनि विस्तृत अध्ययन हुन बाँकी छ । ग्वार्को चोकमा जस्तै त्यसमा पनि इन्जिनियरिङ प्रोक्युमेन्ट एन्ड कन्स्ट्रक्सन (इपीसी) मोडलबाट अध्ययन हुने इन्जिनियर श्रेष्ठले बताए । यो विधिबाट ठेक्का गर्दा डिजाइन निर्माण कम्पनीले गर्ने उनले जानकारी दिए ।

Vianet communication

संरचना निर्माणका लागि गत वर्ष नै विभागले बजेट सहमतिका लागि अर्थ मन्त्रालय पठाएको थियो । त्यहाँबाट स्वीकृत नभएकाले गर्न नसकिएको र यो वर्ष हुनसक्ने उनको भनाइ छ । विभागले एकान्तकुना र सातदोबाटोमा दुवै चोकमा एकसाथ निर्माण गर्ने गरी रकम माग गरेको उनको भनाइ छ । उनले भने, “एउटै वा दुवै निर्माण गर्ने भन्ने बजेट जसरी विनियोजन हुन्छ त्यसरी नै गरिनेछ ।”

सरकारले चालु आर्थिक वर्षको बजेटमा ग्वार्को फ्लाइओभर सम्पन्न गर्नेसँगै एकान्तकुना, सातदोबाटो र बानेश्वरमा ‘फ्लाइओभर’, ‘अन्डरपास’ निर्माण गर्ने उल्लेख छ । अहिले बानेश्वरमा ‘अन्डर पास’ निर्माणका लागि केन्द्रले सम्भाव्यता अध्ययन गरिरहेको छ । अध्ययन सकिएर बजेटको विषयमा कुरा हुने उनले बताए ।

बानेश्वरमा अहिले तत्काल निर्माणमा जाने योजना बनिनसकेको उनको भनाइ छ । चीन सरकारको सहयोगमा खसीबजारबाट कलङ्कीमा निर्माण भएको जस्तै नै ‘अन्डर पास’ निर्माण गरिने योजना रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x