कात्तिक १८, २०८०
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
काठमाडाैं | साउन १९, २०८०
ललितपुरमा गिट्टी–बालुवाको व्यापार गर्दै आएका श्याम (नाम परिवर्तन)लाई केही दिनअगाडि अनिता मगरको नामबाट फेसबूकमा ‘फ्रेन्ड रिक्वेस्ट’ आयो । उनले ४/५ दिनपछि ‘एक्सेप्ट’ गरे । ‘हेलो ! आराम हुनुहुन्छ ? चिन्नुभएन ?’ अनिताले ‘म्यासेज’ पठाइन् ।
‘नाइँ, चिनिनँ,’ श्यामले जवाफ फर्काए । फेरि म्यासेज आयो, ‘हाम्रो भेट भएको थियो, तपाईंले भुल्नुभएछ’ ।
‘भेट भएकै छैन, मैले चिन्दिनँ,’ श्यामले जवाफ फर्काए । निरन्तर म्यासेज आउन थालेपछि उनी पनि कुरा गर्न थाले ।
अनिताले श्यामको परिवार, उनले चढ्ने गाडी, घरपरिवारलगायत सबै कुरा बताएपछि विश्वास गरेर कुराकानी गर्न थालेको श्यामले प्रहरीलाई बताएका छन् ।
‘उनीहरूले टार्गेट गरेको व्यक्तिको सबै व्यक्तिगत विवरण खोजेर ट्र्यापमा पार्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नवराज कार्कीले लोकान्तरसँग भने ।
कुराकानीकै क्रममा काठमाडौंको एउटा रेस्टुरेन्टमा कफी पिए । त्यसको केही दिनपछि अनिताले श्यामलाई घुम्न जाने अफर गरिन् ।
‘चिनजान भयो, लौ शनिवार घुम्न जाऊँ न त,’ अनिताले यति भनेपछि श्याम पनि तयार भए । त्यसपछि उनीहरू गोदावरी जाने तय भयो ।
बिहानको करीब १० बजे गाडी लिएर श्याम अनितालाई लिन सातदोबाटो पुगे । उनले गोदावरीको एक होटलमा लगिन् ।
त्यहाँ ४५०० रुपैयाँ कोठा भाडा तिर्न लगाइन् ।
‘अनिताले श्यामलाई ४ हजार ५ सय रुपैयाँ कोठा भाडा तिर्न लगाएको देखिएको छ,’ एसपी कार्कीले लोकान्तरसँग भने ।
कोठामा छिरेपछि आफू प्याड किनेर आउने भन्दै अनिता बाहिर निस्किइन् । श्याम उनी फर्केर आउने प्रतीक्षा बसे, तर १ घण्टा हुँदा समेत उनी आइनन् ।
श्यामले धेरैपटक फोन गरे, तर उठेन । त्यसपछि आफू फर्किन लागेको भन्दै उनलाई म्यासेज पठाए । तत्कालै अनिताले फोन गरिन् ।
उनले ‘म घर आइसकें, मैले सबै कुरा दाजुभाउजूलाई भनेकी छु, उहाँहरूसँग कुरा गर्नुस्’ भनिन् । अचम्ममा परेका श्यामले ‘के भयो त ? मैले केही गरेको छैन,’ भन्ने जवाफ फर्काए ।
अनिताले ‘हामीहरूबीच सबै कुरा भइसकेको छ । अब दाजुहरूसँग कुरा गर्नुस्’ भन्दै फोन राखिन् ।
त्यसलगत्तै दाजुको भूमिकामा रहेका सिन्धुपाल्चोकको बलेफी गाउँपालिका– ४ मान्खाका २७ वर्षीय विमल सुवेदीले उनलाई फोन गरेर धम्क्याए । ‘मेरो बहिनीलाई जबरजस्ती गरिस्, प्रहरीकोमा जाऔं कि मिलाउँछस् ?’ भनेर थर्काए ।
तर, श्याम उनीहरूको धम्कीका अगाडि टसकोमस भएनन् ।
उनी गोदावरीबाट घर फर्किए । तारन्तार फोन र म्यासेज आउन थाल्यो । विमलले पैसा नदिए हात भाँचिदिने भनेर समेत धम्की दिएको म्याजेस प्रमाणका रूपमा फेला परेको प्रहरीले जनाएको छ ।
‘पैसा दिइनस् भने तेरो हात भाँचिदिन्छु भन्दै म्यासेज पठाएको रहेछ,’ एसपी कार्कीले लोकान्तरसँग भने ।
त्यतिले मात्र नभएपछि उनलाई पत्रकारको भूमिकामा रहेका सिन्धुपाल्चोक बलेफीकै दीपक पराजुलीले फोन गरे ।
आफू गृहमन्त्रीको प्रेस सल्लाहकार भएको र केस नमिलाएको खण्डमा प्रहरीमा उजुरी हालिदिने भनेर धम्क्याए ।
अति हुन थालेपछि उनीहरूबीच पैसाका विषयमा कुराकानी भयो । ८/९ लाखबाट शुरू भएको बार्गेनिङ ३ लाखमा आएर टुंगियो ।
आफूले थप पैसा छैन भनेपछि बाँकी ३/४ महिनाभित्रमा दिनू भन्दै ३ लाख लिन उनीहरू तयार भएको श्यामले प्रहरीमा बताएका छन् ।
‘पीडितले दिएको ३ लाख रुपैयाँ केही महिनाका लागि मात्र हो भनेर धम्क्याएको पाइएको छ,’ एसपी नवराज कार्कीले लोकान्तरसँग भने, ‘केटी भनेको तरकारी बजारजस्तो हो र यति–उति भनेर बार्गेनिङ गर्ने ? यो अहिलेलाई भयो, अरू पछि माग्छौं भनेका रहेछन् ।’
अति भएपछि श्याम प्रहरी परिसर ललितपुरमा उजुरी दिन पुगे । उनकै उजुरीका आधारमा प्रहरीले ‘हनी ट्र्याप’मा पार्ने झापाको बिर्तामोड नगरपालिका– ९ की अनिता मगर भन्ने सिया मगरलगायत ४ जनालाई पक्राउ गर्यो ।
एसपी कार्कीका अनुसार सियाले पोखरामा रहेको किङ्ग लाउन्जमा काम गर्दै आएका थिइन् । एक वर्ष काम गरेर छाडेको उनले प्रहरीसँग बताएकी छन् । दीपक पराजुलीसँग सियाको भेट त्यहीँ भएको र विमललाई पछि चिनजान गराएको देखिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, ‘हनी ट्र्याप’मा पार्ने मुख्य योजनाकार दीपक र विमल हुन् । उनीहरूले सियालाई १ वर्षमै काठमाडौंमा घर बनाउने योजना रहेको भन्दै आफ्नो योजनाको हिस्सा बनाएको पाइएको छ ।
‘हामीले भनेको मान्यौ भने एक वर्षमै काठमाडौंका घर बन्छ । जे–जे भन्छौं, त्यो मान भन्दै ‘हनी ट्र्याप’मा पार्न सिकाएको देखिएको छ,’ एसपी कार्कीले लोकान्तरसँग भने ।
सियाले ‘फेक आईडी’ प्रयोग गरेर अन्यलाई पनि ‘हनी ट्र्याप’मा पार्नका लागि फेसबूकमा कुराकानी गरिरहेको पाइएको छ ।
उनीहरूले योजनाबद्धरूपमा ‘ट्रयाप’मा पार्नका लागि १०/१२ जना व्यक्तिसँग कुराकानी गरिहरहेको, तर भेट भइनसकेको पाइएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले लोकान्तरलाई बताए ।
उनीहरूले यसअघि पनि अर्का एकजनालाई ‘हनी ट्र्याप’मा पारेर ३ लाख २५ हजार रुपैयाँ पैसा लिइसकेको पाइएको एसपी कार्कीले बताए ।
‘हामीले कहीँ यस्ता केस छन् कि भनेर खोज्दा सातदोबाटो वृत्तमा यस्तै घटनाको उजुरी परेको पाइयो । त्यसपछि अनुसन्धान गर्दा उनीहरू नै संलग्न भएको पुष्टि भयो,’ एसपी कार्कीले लोकान्तरसँग भने ।
असार २८ गते भक्तपुरका एक व्यक्तिबाट उक्त रकम ठगेको पाइएको प्रहरीले जनाएको छ । विदेशबाट फर्किएका ती व्यक्तिसँग सम्पर्क गरेर विभिन्न ठाउँमा घुमेर अन्तिममा बालकुमारीमा ‘ट्र्याप’मा पारेको पाइएको प्रहरीले जनाएको छ ।
ती व्यक्तिसँग विवाह गर्ने आश्वासन समेत दिएर विभिन्न ठाउँमा घुमेको र यौनसम्पर्क समेत भएको पाइएको अनुसन्धानमा खटिएका अधिकारीले बताए ।
‘उनीसँग त ललितपुरको कुनै होटलमा शारीरिक सम्पर्क समेत स्थापित भएको देखिएको छ,’ ती अनुसन्धान अधिकारीले लोकान्तरसँग भने ।
त्यसपछि बालकुमारीको एक रेस्टुरेन्टमा बोलाएर बार्गेनिङ गरेको पाइएको प्रहरीले जनाएको छ । बार्गेनिङको भिडियोलगायतका प्रमाण समेत प्रहरीले हात पारेको छ ।
उक्त रेस्टुरेन्टबाट प्राप्त सीसीटीभी फूटेजका आधारमा ठगीको गिरोह एउटै भएको खुलेको एसपी कार्कीले बताए ।
एकपटक विराटनगरबाट प्लेन टिकट काटेर सिया काठमाडौं आएको देखिएको प्रहरीले जनाएको छ । आफू धरानको केटी भएको भन्दै ती पीडितलाई ठगेको पाइएको अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन् ।
उनीहरूले योजनाबद्धरूपमै ‘हनी ट्र्याप’मा पारेर ठगी गर्ने गरेको देखिएको एसपी कार्कीले बताए । प्रहरीले अहिले उनीहरूलाई ५ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...