×

NMB BANK
NIC ASIA

अमेरिकी रोजगारी दरमा जुलाईमा अपेक्षा गरिएभन्दा कम वृद्धि

काठमाडाैं | साउन १९, २०८०

NTC
Premier Steels

 संयुक्त राज्य अमेरिकामा जुलाईमा अपेक्षा गरिएभन्दा कम रोजगारी सिर्जना भएको शुक्रबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ ।

Muktinath Bank

तथ्याङ्कले विश्वको सबैभन्दा ठूलो अर्थव्यवस्थामा रोजगारीको बजार मन्द भइरहेको देखाउँछ, यद्यपि संयुक्त राज्य अमेरिकाले ठूलो मन्दीको सामनाबिना मुद्रास्फीति कम गर्न सक्छ भन्ने उत्साहजनक सङ्केतहरू थप्दै विश्वको सबैभन्दा ठूलो अर्थव्यवस्थामा रोजगारीको बजार मन्द भइरहेको देखाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केन्द्रीय बैंकले जीवनयापनको लागतको दबाबलाई नियन्त्रण गर्न ब्याज दरलाई द्रूत गतिमा हटाएपछि विश्लेषकहरूले बढ्दो मन्दीको चेतावनी दिँदै आएका छन् ।


Advertisment
Nabil box
Kumari

अमेरिकामा गत महिना (जुलाई) मा एक लाख ८७ हजार नयाँ रोजगारीहरू सिर्जना भएका थिए यो जुनको तुलनामा समग्रमा दुई हजार बढी हो,” श्रम मन्त्रालयले शुक्रबार भनेको छ ।

Vianet communication

गत महिना बेरोजगार दर ३.५ प्रतिशत कायम भएको र यो अघिल्लो महिनाको ३.६ प्रतिशतको तथ्याङ्कभन्दा सामान्य कम थियो र विगत केही महिनालाई हेर्दा कम स्तरमा रहेको देखिन्छ ।

यसैबीच, जुलाईमा औसत प्रतिघण्टा आम्दानी ०.४ प्रतिशतले बढेको छ, जुन अघिल्लो महिनाको हाराहारीमा रहेको छ । 

एक वर्ष अघिको तुलनामा, आय ४.४ प्रतिशत माथि उठेको थियो । विश्लेषकहरूले आय प्रतिशतलाई विश्लेषण गदै भनेका छन्, “यो एउटा स्तर हो जसका कारण अझै पनि फेडरल रिजर्व बैङ्कका अधिकारीहरूका लागि थप सोच्न र ब्याजदर बढाउन दवाब पर्नसक्छ ।” 

उच्च ब्याज दरको बावजुद आंशिक रूपमा तलब लाभद्वारा समर्थित उपभोक्ता खर्च लचिलो रहेको छ ।

तर पर्यवेक्षकहरूका अनुसार उपभोक्ताहरू खर्च गर्न इच्छुक भए तापनि अझै पनि महामारीको समयमा जम्मा भएको बचतलाई कम गर्न थप सतर्क र चयनात्मक हुँदै गएका छन् ।

समग्रमा स्वास्थ्य सेवा, सामाजिक सहायता, आर्थिक गतिविधि र थोक व्यापारमा रोजगारी वृद्धि भएको श्रम मन्त्रालयको शुक्रबारको प्रतिवेदनमा उल्लेख छ ।

केही अर्थशास्त्रीहरू थप सहजता आवश्यक छ भन्ने विश्वास गरेका छन् । पछिल्लो तथ्याङ्कले फेडरल रिजर्भले चाँडै नै दर वृद्धिको चक्र अन्त्य गर्ने आशा जगाउन सक्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x