×

NMB BANK
NIC ASIA

उस्तै छ जातीय भेदभाव तथा छुवाछूत

काठमाडाैं | साउन २२, २०८०

NTC
Premier Steels
  • सुशील दर्नाल

बझाङको वित्थडचीर गाउँपालिका–७ स्यालढुङ्गास्थित बाहुनबबस्ती नजिकै स्थानीय पुड्के ओखेडाले २५ वर्षअघि अलिकति जग्गा खरिद गरेका थिए । उनले आफ्नै नाममा लालपूर्जा भएको त्यो जमिनमा घर बनाएर बस्ने सोच बनाए । घर बनाउन शुरू पनि गरे तर, घर आधा बनाउँदै गर्दा स्थानीय गैरदलितहरूले आफ्नो घरको नजिक दलितले घर बनाएको भन्दै भत्काइदिए । 
    
आफ्नै जमिनमा घर निर्माण गर्न लाग्दा साउन १० गते स्थानीय कथित उपल्लो जात भन्नेहरूको झण्डै ४० बढीको समूहले दलित भएकै कारण ‘हाम्रो घर नजिक किन घर बनाएको’ भन्दै उनको निर्माणाधीन घर भत्काएका थिए । २५ वर्षअघि खरिद गरेको आफ्नो जमिनमा घर निर्माण गर्न खोज्दा भत्काउने मात्र होइन पीडित ओखेडाको बालीनाली समेत नष्ट गर्ने र कुटपिट तथा गालीगलौज पनि गरियो । पीडित ओखेडाले भने, “मेरो नाममा रहेको जमिन हो, यहाँका उपल्लो जातका भन्नेहरूले बन्दै गरेको घर भत्कार, बालीनाली नष्ट गरेर दलित, तल्लो जात भनेर अनेक गालीगलौज गरे ।”  

Muktinath Bank

कैलाली जिल्लाको गैरीगङ्गा नगरपालिका–७ की सरस्वती खड्का र गोदावरी नगरपालिका–९ का सुरेश विश्वकर्माको बीचमा २०७९ फागुन २९ गते अन्तरजातीय विवाह भएकामा उनीहरूलाई पछिल्लो समयमा काठमाडौँस्थित गौशाला प्रहरी वृत्तका प्रहरी स्वंयले ‘खड्काकी छोरी भएर कामीसँग विवाह गर्न लाज लाग्दैन’ भन्दै दुर्व्यवहार गरेका थिए । यस घटनाले सुरेश र सरस्वती दुवै  मानसिक तनावमा छन् भने सुरेशको आमा र भाइ कैलालीमा सुरक्षाको माग गरिरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जुम्ला जिल्लाको तातोपानी गाउँपालिका–४ गिडीखोलका २१ वर्षीय मुकुन्द नेपाली र सोही स्थानकी बसन्ती गिरीबीचको प्रेम सम्बन्धलाई लिएर यही असार १५ गते मुकुन्द नेपालीको घरमा आगजनी गरिएको घटना छ । प्रेम सम्बन्धको विषयलाई लिएर मुकुन्दको घरमा केटी पक्षका आफन्तले रातको समयमा आगजनी गरेका थिए । सो आगजनीबाट मानवीय क्षति नभए पनि पीडित नेपालीको घर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । उक्त घटनाका कारण गिडिखोलका करिव २८ घरधुरी दलित समुदाय अहिले पनि त्रसित अवस्थामा छन् । जातीय भेदभाव तथा छुवाछूतका यी घटनाहरू उदाहरण मात्रै हुन् । 


Advertisment
Nabil box
Kumari

संविधानको प्रस्तावनामै ‘सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने’ भनिए पनि जातीय भेद्भाव तथा छुवाछूतका घटनाहरू देशैभरि भइरहेका छन् । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका संयोजक विश्वभक्त दुलाल ‘आहुति’ ले दलित समुदायको आर्थिक र सामाजिक अवस्थामा सुधार नआएसम्म उनीहरूले भोग्दै आएको जातीय भेद्भाव तथा छुवाछूतको समस्या समाधान हुन नसक्ने बताए । 

Vianet communication

मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास भइरेको छ । सामाजिक न्यायमा आधारित समाज निर्माणसँगै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउने भनिएको छ । तर कूल जनसङ्ख्याको १४ प्रतिशत दलित समुदाय अहिले पनि विभेदको जीवन बाँचिरहेको छ । सदियौँदेखि आर्थिक, सामाजिक र राजनीतिक रुपमा पछाडि पारिएको दलित समुदायले सांस्कृतिक रुपमा जरा गाडेर बसेको छुवाछूतको शिकार बन्नु परेको छ । 

छुवाछूत मात्रै नभएर दलित समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिकलगायत समग्र समस्यालाई एकमुस्ट रुपमा समाधान गर्नुपर्ने संयोजक ‘आहुति’ को भनाइ छ । नेपालको संविधान २०७२ को धारा २४ ‘छुवाछूत तथा भेदभाव विरुद्धको हक’ (१) मा ‘कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत वा भेदभाव गरिने छैन’ भनिएको छ । नेपाल दलित महिला उत्थान संघ (एड्वान) की अध्यक्ष विन्दु परियारले आजको २१औँ शताब्दीमा पनि जातीय भेदभाव तथा छुवाछूतका कारण दलित समुदायले अमानवीय व्यवहार भोग्नुपर्ने अवस्था सिर्जना हुनु विडम्बनाको विषय भएको टिप्पणी गर्छन् । संविधान, ऐन/कानून, नीति नियम विपरित देशैभरी दलित समुदायमाथि विभेद्का घटना बढ्दै जानु दुःखको कुरा भएको उनको भनाइ छ ।

संविधानको धारा २४ (३) मा ‘उत्पत्ति, जात, जाति वा शारीरिक अवस्थाको आधारमा कुनै व्यक्ति वा समुदायलाई उच्च वा नीच दर्साउने, जाति वा छुवाछूतको आधारमा सामाजिक भेद्भावलाई न्यायोचित ठान्ने वा छुवाछूत तथा जातीय उच्चता वा घृणामा आधारित विचारको प्रचार गर्न वा जातीय विभेदलाई कुनै पनि किसिमले प्रोत्साहन गर्न पाइने छैन’ भनिएको छ । तर यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । 

संविधानको धारा ४० मा ‘दलितको हक’ को व्यवस्था गरिएको छ । जातीय भेद्भाव तथा छुवाछूत अन्त्यका निम्ति ऐन/कानून, नीति/नियम नभएको पनि होइन । तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको पालामा ‘जातीय भेदभाव तथा (कसूर र सजाय ऐन, २०६८’ जारी भएको आज १२ वर्ष भइसकेको छ । तर ऐनको पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । ऐन लागू भए पनि पानी छोएको, चुलो छोएको निहुँमा र अन्तजातीय विवाह गरेका कारण मनविरे सुनार (कालिकोट), शिवशंकर दास (सप्तरी), सेते दमाई (दैलेख), झुमा विक (ताप्लेजुङ), संगीता परियार (तनहुँ), राजेश नेपाली (पर्वत), अस्मिता सार्की (झापा), लक्ष्मी परियार (काभ्रे), अजित मिजार (काभ्रे), श्रेया सुनार (कास्की), मना सार्की (कालिकोट), रुपमति कुमारी दास (मोरङ), दितिया रेष्मा रसाइली (धनुषा), माया विक (कैलाली), टिकाराम नेपाली (रुकुम), अंगिरा पासी (रुपन्देही) र नवराज विक (जाजरकोट) लगायत करिव २० जना दलित सुमदायका व्यक्तिको मृत्यु भएको छ । यी घटनाका अधिकांश पिडितले अहिलेसम्म पनि न्याय पाउन सकेका छैनन् । 

अन्तरजातीय विवाह गरेका कारण २०७३ सालमा पाँचखाल काभ्रेका अजित मिजारको हत्या गरिएको थियो । मिजारले नजिकै गाउँ ज्याम्दीकी पराजुली थरकी किशोरीसँग २०७३ असार २५ गते प्रेम विवाह गरेका थिए । केटी पक्षको व्यापक दबाबका कारण दुई दिनमै उनीहरूको विवाह टुट्यो । असार २९ गते अजित सम्पर्कविहीन भए । भोलिपल्ट धादिङ, परेवाटारको जङ्गलमा उनी झुन्डिएको अवस्थामा फेला परे । उनको शव अहिले पनि शिक्षण अस्पताल, महाराजगञ्जमा न्यायको पर्खाइमा छ । 

जातीय भेदभाव तथा (कसूर र सजाय) ऐन, २०६८ मा ‘कसैले पनि जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव गर्न वा गराउन हुँदैन’ भनिएको छ । ऐनमा उल्लेख गरिएको छ, ‘कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीरिरिवाज, जात, जाती, वंश, समुदाय, पेशा वा व्यवसाय वा शारीरिक अवस्थाका आधारमा कुनै काम गरे वा गराएमा जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव गरेको मानिने छ ।’ 

नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य परशुराम रम्तेलले अहिले पनि प्रशासनिक निकायले ऐनबारे अनविज्ञता प्रकट गरिरहेको सन्र्भमा राज्यले नै ऐनको बारेमा प्रचार गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने माग गर्छन् । ऐनमा ऐन बमोजिम कसूर गरेको ठहरेमा अदालतले कसुरदारबाट पिडितलाई दुई लाख रुपैयाँसम्म क्षतिपूर्ति भराइदिनुपर्ने व्यवस्था गरेको छ । कसूर गर्ने व्यक्तिलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र ५० हजारदेखि दुई लाख रुपैयाँ जरीवाना हुने पनि व्यवस्था गरेको छ । 

नेकपा (एकीकृत समाजवादी) का नेता गणेश विकले कानूनको पालन गर्न गराउन सुरक्षामा खटिएका प्रहरी स्वयंबाट कानून उल्लङ्घन भइरहेको सन्दर्भ उल्लेख गर्दै कानून कार्यान्वयन गर्ने निकायमा दलित समुदायको समान सहभागिताको माग गरे । संविधानको धारा ४० (१) मा ‘राज्यका सबै निकायमा दलितलाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ’ भनिएको छ । 

संविधानको धारा ४२ (१) र राज्यको निर्देशक सिद्धान्तमा समानुपातिक समावेशी सिद्धान्तलाई संस्थागत गर्ने भनिएको छ। तर संविधानको यो मूल भावना पछिल्लो पटकको प्रतिनिधिसभाको निर्वाचनमा लागू हुन सकेन । अहिले प्रतिनिधि सभामा समानुपातिकबाट निर्वाचित १५ जना र प्रत्यक्षमा १ जना गरी जम्मा १६ जना सांसद दलित समुदायबाट हुनुहुन्छ । यो भनेको जम्मा ५.८१ प्रतिशत हुन आउँछ । 

नेपाली जनताको सङ्घर्षणूर्ण योगदान स्वरूप नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको १४ वर्ष भएको छ । २००७ सालको राजनीतिक परिर्वतन हुँदै २०४६ सालको आन्दोलन, माओवादी जनयुद्ध र २०६२/६३ को जनआन्दोलनपछि संविधानसभाको पहिलो वैठकले २०६५ जेठ १५ गते राजतन्त्र उन्मूलन गरी नेपालमा गणतन्त्र स्थापना गर्‍यो । 

मुलुक परिवर्तनमा पटकपटक भएका यी विभिन्न सङ्र्घषमा दलित समुदायको पनि अतुलनीय योगदान रहेको छ । तर उनीहरूको आर्थिक, सामाजिक, राजनीनिक र सांस्कृतिक समस्या भने ज्यूँका त्यूँ छ । २००४ सालदेखि दलित समुदायले सङ्गठित रुपमा विभेदका विरुद्ध आन्दोलन गर्दै आए पनि जातीय भेदभाव तथा छुवाछूतका घटनामा कमी आउन सकेको छैन । 

सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माणको निम्ति सदियौँदेखि जातीय भेदभाव तथा छुवाछूतको पीडा भोग्दै आएको दलित समुदायको मुक्ति नभएसम्म सामाजिक परिवर्तनको खुड्किलो चढ्न सकिंदैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x