×

NMB BANK
NIC ASIA

माधव नेपालका दु:ख

संकटको भुमरीमा माधव नेपाल: पार्टीमा पहिरो, ललितानिवासमा अदालतको ‘डन्डा’

काठमाडाैं | साउन २३, २०८०

NTC
Premier Steels

नेकपा एमालेबाट अलग भएको दुई वर्षसम्म पनि नयाँ पार्टी गठनको औचित्य पुष्टि गर्न नसकेका माधव नेपाल एकपछि अर्को संकटको भुमरीमा फसेका छन् ।

Muktinath Bank

नेकपा हुँदादेखिको अन्तरर्विरोध बढ्दै जाँदा एमालेबाट अलग भई २०७८ भदौ २ गते नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसबीचमा गठबन्धनको बलले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा केही ठाउँमा जितेर पार्टीगत उपस्थिति समाजवादीले देखायो । तर, अन्य दलसँग टाँस्सिएर केही ठाउँमा सफल हुनुबाहेक पार्टी विभाजनको औचित्य पुष्टि गर्न, नेता कार्यकर्ता जोगाउन समाजवादीले सकेन । अन्ततः पार्टी अध्यक्ष माधव नेपाल नै गम्भीर संकटको भुमरीमा फसेका छन् ।


Advertisment
Nabil box
Kumari

पार्टीको नीति, कार्यक्रम संगठनको अवस्था पनि दयनीय अवस्थामा छ । 

Vianet communication

यही समयमा बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा पुग्नेगरी निर्णय गरेको आरोपमा तत्कालीन प्रधानमन्त्री नेपालविरुद्ध पनि अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । गम्भीर प्रश्न उठेपछि छानबिनलाई सहयोग गर्छु भन्नुपर्नेमा उनी सोमवार बिहानै विदेश उडेका छन् ।  

स्थायी कमिटीको बैठकमा आइतबार सम्मानित नेता झलनाथ खनालले पेश गरेको १६ पृष्ठको दस्तावेजले पार्टी र स्वयं अध्यक्ष नेपाल कति संकटमा छन् भन्ने प्रस्ट्याउँछ ।

बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा पुग्नेगरी निर्णय गरेको आरोपमा तत्कालीन प्रधानमन्त्री नेपालविरुद्ध पनि अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । गम्भीर प्रश्न उठेपछि छानबिनलाई सहयोग गर्छु भन्नुपर्नेमा उनी सोमवार बिहानै विदेश उडेका छन् ।  

एकीकृत समाजवादीमा नेपालपछिका प्रभावशाली नेता खनालले पार्टी विभाजनको औचित्य पुष्टि गर्न नसकेको मात्रै होइन, पार्टीको धार नै नभएको, नेता कार्यकर्ता पलायन रोक्न नसकेको, जनमत झन्झन् घट्दो अवस्थामा रहेको, वामपन्थी धार कमजोर भएको, कम्युनिस्ट छाडेर प्रमुख प्रतिद्वन्द्वी कांग्रेससँग गठबन्धन गरेको जस्तो गम्भीर आरोप लगाएका छन् । 

‘पार्टीको जनमत खुम्चिँदै गयो । स्थानीय निर्वाचनमा पार्टीले ६ लाख मत पाएको थियो, तर राष्ट्रिय चुनावमा आउँदा ३ लाख पनि कटाउन नसक्ने दुःखद् अवस्था बन्यो,’ खनालले दस्तावेजमा उल्लेख गरेका छन्, ‘उपचुनावमा हाम्रो पार्टीले आफ्ना उमेदवारसम्म उठाउन सकेन । हाम्रो पार्टी निरीह र निष्क्रिय देखियो ।’ 

राष्ट्रिय राजनीतिमा पार्टी दिशाहीन देखिँदा पलायन रोक्न नसक्नुलाई खनालले गम्भीर समस्याको रूपमा उल्लेख गरेका छन् । 

‘पार्टी दिशाहीन हुँदा आम कार्यकर्तामा निराशा, हतासा, पदलोलुपता र पलायनका प्रवृत्तिहरू विकास भइरहेका देखिन्छन् । हाम्रो पार्टी यतिबेला माथि रावणको टाउकोजस्तो र तल सुक्दै झिनु भएर उभिन पनि गाह्रो पर्ने अवस्थामा रहेको महसूस हुन्छ,’ खनालले उल्लेख गरेका छन्, ‘त्रिपाईजस्तो माथि फुकेको तल सुकेको संगठन छ । यो हुनुपर्ने भन्दा ठीक उल्टो हो ।’

खनालले घुमाउरो हिसाबले वामपन्थीसँग मात्रै कार्यगत एकता गर्नुपर्नेमा कांग्रेससँग मिलेको भनेर आपत्ति नै जनाएका छन् । मुख्य प्रतिद्वन्द्वी शक्ति कांग्रेससँगको ‘गठबन्धन’, ‘कार्यगत एकता’ वा ‘मोर्चा’ दक्षिणपन्थी कार्यदिशा भएको उनको विश्लेषण छ । कांग्रेसले आफूहरूलाई विभाजन गरेर शक्ति वृद्धि गर्दा पनि कम्युनिस्टहरूले नचेतेको खनालले उल्लेख गरेका छन् ।

यसबीचमा नेपालले एमालेतिर लागेका घनश्याम भुसाललाई भित्र्याएर महासचिव बनाएका छन् । तर, पनि पार्टीप्रति कुनै आकर्षण र रौनक थपिएको छैन । बरु सम्मानित नेता खनाल, रामकुमारी झाँक्रीजस्ता नेता थप असन्तुष्ट बन्न पुगेका छन् । अरूसँग टाँस्सिएर दिशाहीन हुनुभन्दा बरु एमाले नै ठीक भएको आशय उनीहरूको असन्तुष्टिमा भल्किन्छ ।

पार्टीमा गम्भीर क्षति

अध्यक्ष केपी ओलीसँग गम्भीर मतभेदसहित केही प्रभावशाली नेतालाई लिएर पार्टी स्थापना गरेका नेपाल पार्टी नै सकिने हो कि भन्ने अवस्थामा पुगेका छन् ।

गत वैशाख ९ मा प्रभावशाली नेता मुकुन्द न्यौपाने, चुडामणि जंगली, छविलाल श्रेष्ठ, हरि श्रेष्ठ, माया अधिकारीसहितका दर्जनौं नेता समाजवादी छाडेर एमाले प्रवेश गरे । 

यतिमात्रै होइन, समाजवादीका १४ भन्दा बढी जिल्ला अध्यक्ष नै एमालेतिर फर्किसकेका छन् । तनहुँ, रामेछाप, दाङ, गुल्मी, अछाम, रसुवा, डोल्पा, मकवानपुर र जुम्लामा हरेक दिनजस्तो पार्टीका नेता/कार्यकर्ता एमालेमा फर्किरहेका छन् ।

तर, पार्टीले नेता/कार्यकर्ता रोक्ने योजना र कार्यक्रम ल्याउन सकेको छैन । कार्यक्रम त परको कुरा, यति गम्भीर विषयमा पर्याप्त छलफल समेत भएको देखिन्न ।

बेपर्वाह नेपाल

एकपछि अर्को संकट सामुन्ने आइरहँदा पनि अध्यक्ष नेपाल गम्भीर बनेको देखिन्न । चुनौतीले जकडिरहेका बेला पार्टी बैठक राखेर सम्भावित दुर्घटना रोक्नेतिर लाग्नुपर्ने हो, तर केन्द्रीय कमिटी र पोलिटब्यूरो बैठक स्थगित गरेर नेपाल स्विट्जरल्यान्डको भ्रमणमा निस्किएका छन् । जबकि उनी केही समयअघि मात्रै इन्डोनेसिया, सिंगापुर र मलेसियाको भ्रमणबाट फर्किएका थिए । 

२१ असारमा श्रीलंकाबाट फर्किएलगत्तै नेपाल ८ साउनमा इन्डोनेसियामा एक हप्ता बिताएर फर्किए । स्थायी कमिटी बैठकको सामान्य औपचारिकता निभाएर नेपाल २२ साउनमा स्विट्जरल्यान्डतर्फ लागेका हुन् । 

भ्रमणमा जानुअघिको स्थायी समिति बैठकमा पार्टीप्रति जिम्मेवार नेताले गम्भीर सवाल उठाए पनि नेपालले त्यसलाई वास्ता गरेनन्, सामान्य ६ बुँदे निर्णय गराएर उनी विदेश हानिएका हुन् । ६ मध्ये चार बुँदा बाढीपहिरो र लम्पीस्किनको समस्याबारे छन् ।

दुई बुँदा पार्टी र संगठनका विषयमा छन्, तर कर्मकाण्डी । पार्टी छाड्नेको लस्कर लागिरहेका बेला ५ औं नम्बरमा नेताहरूले पार्टी अनुशासनको सीमा नाघेर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा बोल्ने गरेको भन्दै अनुशासनको कारवाही गर्ने चेतावनी दिइएको छ ।

छेठौं बुँदा भविष्यमा डाकिने केन्द्रीय कमिटी र पोलिटब्यूरो बैठकबाट पार्टी कामका समीक्षा र महाधिवेशनसहितका कार्ययोजना अघि बढाउने उल्लेख छ । तर, दिनहुँ नेता कार्यकर्ताले पार्टी छाडिरहँदा कहीँ कतै चिन्ता प्रकट गर्ने र पलायन रोक्नेबारे कुनै कार्यक्रम समाजवादीले ल्याएको छैन । बरु पार्टीविरुद्ध लेख्ने र बोल्नेलाई कारवाहीको धम्की दिइएको छ । 

पार्टीको सम्भावित भविष्य जोखिममा देखेरै नेपालको अग्रसरतामा समाजवादी मोर्चा अस्तित्वमा आएको छ । नेपाल आफैं तत्काल यसको संयोजक रहे पनि यसले पार्टीका निम्ति कुनै हित हुने अवस्था देखिएको छैन । माओवादी, समाजवादी, जसपा र विप्लव नेतृत्वको नेकपाको मोर्चा घोषणा भए पनि यसले आफ्नो औचित्य पुष्टि गर्ने कुनै कार्यक्रम अहिलेसम्म दिन सकेको छैन । 

राजनीतिक विश्लेषक झलक सुवेदी पार्टी स्थापनाभन्दा अघिदेखि नै माधव नेपाल संकट र चुनौतीमा देखिएको बताउँछन् । 

पार्टीको घट्दो प्रभाव र बढ्दो पलायनले जो कोही आजित बनेका छन् । यस्तोमा बरु एमाले नै ठीक भन्ने धेरैको बुझाइ रहेको स्वयं पार्टीकै नेता/कार्यकर्ता स्वीकार्छन् ।

‘माधव नेपाल पार्टी स्थापनाअघिदेखि नै संकटमा छन्, किनकि पार्टी विभाजन गर्न तयार भएका १० भाइ नै एमालेमा बसे । शुरूमा संकटमा परेकाले तलसम्मै पार्टी विभाजन गर्न खोजिए पनि तत्कालीन स्वार्थमात्रै देखियो । विभाजित हुँदा शक्ति आर्जन भएन, अर्कातिर औचित्य पुष्टि गर्ने काम भएन,’ उनी भन्छन्, ‘न एमालेको ठूलो पंक्तिलाई आकर्षण गर्न सकेको देखियो, न त निर्वाचनबाट राष्ट्रिय पार्टी बन्ने गरी मत ल्याए । यसैले शुरूदेखि नै संकट र अप्ठ्यारोको भुमरीमा नेपाल फस्न पुगे ।’

अझै पनि नेपाल, खनाल, बेदुराम भुसाल र जिल्लासम्मै नेतृत्वमा बसेका पुराना नेताको सट्टामा नयाँलाई अवसर दिने हो भने पार्टी फुटको औचित्य पुष्टि गर्न सक्ने सुवेदी बताउँछन् ।

‘नेपाल, खनाल, बेदुरामहरू कार्यकारी भूमिकाबाट अलग हुने र जिल्ला–जिल्लासम्मै युवा नेतृत्व आउने हो र समाजवादी मोडललाई अगाडि बढाउने हो भने उनीहरूको भविष्य हुन सक्छ,’ सुवेदी भन्छन्, ‘माधव नेपाल नै नेतृत्व रहिरहने हो भने अझै ठूलो संकट आउने देखिन्छ ।’

बाँकी रहेकाहरू कैयन नेता पनि एमालेमा फर्किँदा कुन पद पाइन्छ भनेर कुरिरहेको उनको विश्लेषण छ ।

पार्टी फुटको जोखिम 

एक–एक गरी पहिरो गइरहेका बेला पार्टी नै विभाजनको जोखिम समेत देखिन्छ । 

नेपालले नै मन्त्री बनाएकी रामकुमार झाँक्री तथा बहालवाला सांसदहरू प्रेम आलेदेखि किसान श्रेष्ठसम्मका असन्तुष्ट रहेको बताइन्छ ।

पार्टीको घट्दो प्रभाव र बढ्दो पलायनले जो कोही आजित बनेका छन् । यस्तोमा बरु एमाले नै ठीक भन्ने धेरैको बुझाइ रहेको स्वयं पार्टीकै नेता/कार्यकर्ता स्वीकार्छन् ।

अध्यक्ष नेपालसँग निकट रहेका पार्टी उपाध्यक्ष एवं सांसद राजेन्द्र पाण्डेले समेत पछिल्लो समय दबाब बढाएका छन् । 

यी सबै घटनाक्रमले माधव नेपाललाई पार्टीभित्र र बाहिर दुवैतिर संकटले घेरेको देखाउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x