×

NMB BANK
NIC ASIA

ताप्लेजुङको फक्ताङलुङ क्षेत्रमा बल्ल सञ्चारको पहुँच, गाउँमै इन्टरनेट चलेपछि स्थानीय हर्षित

काठमाडाैं | भदौ ३, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

दुर्गम क्षेत्रमा मोबाइल र फोरजीमार्फत् इन्टरनेट सञ्चालन भएसँगै ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका क्षेत्रमा सञ्चार पहुँच पुगेको छ । फक्ताङलुङ –६ लोवाडाँडामा नेपाल टेलिकमको फोरजी टावरमार्फत् सेवा सञ्चालन भएपछि फक्तालुङको माथिल्लो क्षेत्रमा सञ्चारको क्षेत्रमा अर्को फड्को मारेको हो । 

Muktinath Bank

फोरजी सेवा सञ्चालनमा आएसँगै लेलेपको साँगु, बतासे, मादिबुङ, फेम्बु, लेलेप, लुङथुङ, सेकाथुम लावाजिन, किसोङ्मा, अम्जीलेसा र तापेथोकको हेल्लोक, यासाङ, सोत्लिमा, तापेथोक र इखाबुको केही क्षेत्रमा सुविधा पुगेको छ । फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बूका अनुसार यस सेवामार्फत् फक्ताङलुङ गाउँपालिकाका करिब तीन हजार जनसङ्ख्या प्रत्यक्षरूपमा लाभान्वित भएका छन् ।
 
यसबाट स्थानीय समुदायमात्रै नभएर कञ्चनजङ्घा क्षेत्रमा आउने हजारौँ पर्यटकलाई पनि सेवा पुग्ने र विभिन्न सरकारी तथा गैरसरकारी निकायले दिने सेवामा पनि इन्टरनेट उपयोग गरी सहजता हुने फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष  राजन लिम्बूको सचिवालयमार्फत् जानकारी गराएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भौगोलिक हिसाबले नेपालकै तेस्रो ठूलो गाउँपालिकाका रूपमा रहेको फक्ताङलुङका भौगोलिकरूपमा दुर्गम भएको र मानवबस्ती र जनसङ्ख्याको पहुँचका कारण सञ्चार क्षेत्र विस्तार गर्दा खासै फाइदा नहुने भएकाले विगतदेखि नै सञ्चार क्षेत्रका लगानीकर्ता यस क्षेत्रमा मोबाइल नेटवर्क विस्तार गर्न आनाकानी गर्दै आएका थिए । विसं २०७४ मा फक्ताङलुङको लेलेपस्थित मुरिङ्लाडाँडामा नेपाल टेलिकमको टुजी सेवा विस्तार भएपछि मात्र यस क्षेत्रमा मोबाइल सेवा विस्तार भएको थियो । तर त्यस सेवा प्रभावकारी नभएको गुनासो बारम्बार आएको थियो ।


Advertisment
Nabil box
Kumari

फक्ताङलुङको तल्लो भेग वडा नं १, २, ३, ४ का सावादिन, खेजेनिम, लिङ्खिम र इखाबुका अधिकांश भेगमा विगतदेखि नै टेलिकम र एनसेलको फोरजीसहितको सेवा विस्तार भइसकेका छन् । उता बाँकी वडा नं ५, ६ र ७ का क्रमशः तापेथोक, लेलेप र ओलाङ्चुङगोला क्षेत्र सञ्चारबाट पछाडि पर्दै आएको थियो । फक्ताङलुङ–६ को घुन्सामा र ओलाङ्चुङगोला बस्ती आसपासलाई लक्षित गरी नेपाल टेलिकमको टुजी सेवा विस्तार भएको थियो ।

Vianet communication
Laxmi Bank

सामग्री ढुवानीदेखि लिएर यसको जडानका लागि सम्बन्धित निकायमा पहलकदमी गरेर मात्रै यो सम्भव भएको फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष लिम्बूले बताए । आफू स्वयं सेकाथुमबाट लोवाडाँडासम्म सामान ढुवानी गर्नका लागि खटिएको उनले जानकारी दिए । 

अध्यक्ष लिम्बूका अनुसार अब सोही पालिकाको वडा नं ७  हिलेखर्कमा ओलाङ्चुङगोलाको लागि फोरजी टावर राख्नका लागि सर्भेको काम सकिएको छ भने घुन्सातर्फ पनि टावर राख्नका लागि पहिलो चरणको सर्भे सकिएको छ । उनका अनुसार सो स्थानबाट पनि अबको एक वर्षमा फोरजी सेवा सञ्चालनमा ल्याइने छ ।
 
यस क्षेत्रका बासिन्दाले इन्टरनेटको सेवा उपयोग गर्न पाएका थिएनन् । आजको समय इन्टरनेटको समय हो । विदेशमा रहेका आफन्तसँग कुराकानी गर्न र खबर आदान–प्रदान गर्न पनि इन्टरनेट अनिवार्यजस्तै भएको छ । इन्टरनेट सेवाबाट यस क्षेत्रका बासिन्दा बञ्चित हुँदै आएकामा अहिले फक्ताङलुङ–६, लुङथुङका मिङ्मा शेर्पाले विदेशमा रहेको छोरीसँग परिवारै बसेर भिडियो कलमा बोल्न पाउँदा मनै प्रफुल्ल भएको बताइन्। अहिले फोरजी सेवाले यहाँका बासिन्दालाई विश्वसँग जोडिदिएको छ । यस क्षेत्रका लागि यो सूचना तथा सञ्चारको क्षेत्रमा नयाँ फड्कोका रूपमा लिन सकिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x