×

NIC ASIA

स्वास्थ्यमन्त्री बस्नेत स्वदेश फिर्ता

काठमाडाैं | भदौ ४, २०८०

Prabhu Bank
NTC
Premier Steels

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत भारतको गुजरातमा सम्पन्न विश्व स्वास्थ्य सङ्गठनको कार्यक्रममा सहभागी भई आज स्वदेश फर्किएका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले भारतको गुजरातमा आयोजना गरेको परम्परागत चिकित्सासम्बन्धी डब्लुएचओ विश्वव्यापी सिखर सम्मेलन, क्षयरोगसम्बन्धी सम्मेलन र ‘वान हेल्थ वान अर्थ’सम्बन्धी प्रदर्शनीमा सहभागी भई जनाइ मन्त्री बस्नेत आज नेपाल फर्किएका हुन्।  

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भारतका स्वास्थ्यमन्त्री डा मनसुख मण्डाविया नेतृत्वको टोली र नेपाली प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता भएको जानकारी दिए । वार्तामा नेपालका विभिन्न अस्पतालको स्तरोन्नति र आयुर्वेद चिकित्साको विकासका लागि भारतीय सरकारको सहयोगको प्रस्ताव गरिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले विशेषत भारतका स्वास्थ्यमन्त्री डा मण्डावीयाको नेतृत्वको टोलीसँग द्विपक्षीय वार्तामा जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रको संरचना एवं सेवा विस्तार र नारायणी अस्पतालमा विशेषज्ञ सेवाका लागि सहयोग गर्न आग्रह गरेका थिए । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भारतीय प्राध्यापकले अध्यापन र विशेषज्ञ सेवामा सहयोग पुर्‍याउने विषयमा वार्तामा छलफल भएको थियो ।  


Advertisment
Rupse Holidays
Nabil box

    वार्तामा टेलिमेडिसिनसम्बन्धी सम्झौता नवीकरण, औषधिको दर्ता र आयात निर्यात सम्बन्धमा छलफल भएको मन्त्री बस्नेतले जानकारी दिए ।
 
    भ्रमणका क्रममा मन्त्री बस्नेतले नेपालको प्रतिनिधित्व गर्दै क्षयरोग उन्मूलनमा नेपालको प्रतिबद्वता जनाएक थिए । उनले विभिन्न देशका स्वास्थ्य मन्त्रीहरु र स्वास्थ्यका अधिकारीसँग दुई पक्षीय अनुभव आदानप्रदान जानकारी दिए । मालदिभ्सका स्वास्थ्य राज्यमन्त्री डा शाह अब्दुल्लाह माहिरसँग नेपालमा चिकित्सा र नर्सिङ अध्ययनका लागि सम्झौतापत्र नवीकरण गर्नेबारे छलफल भएको मन्त्री बस्नेतले बताए ।
 
उनले भ्रमणका क्रममा भारतको गुजरातका रहेका विभिन्न स्वास्थ्य संस्थाहरुको अवलोकन तथा भ्रमण गरेका थिए । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x