×

NIC ASIA

स्थानीय तहमा अधिकार जाँदा भूमिगत सिँचाइको काम प्रभावित

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels

चितवन, २ असोज– देश संघीयतामा गएसँगै जनताको प्रत्यक्ष सरोकार र निकै माग हुने भूमिगत सिँचाइ आयोजनाका काम प्रभावित भएका छन् ।

सरकारले रु ५० लाखसम्मका आयोजना स्थानीय तहले हेर्ने भनेको भए पनि यसको निक्र्यौल नहुँदा स्यालो ट्युबवेल र डिप बोरिङ निर्माणका लागि खोलिएका देशका ११ वटा डिभिजन र भरतपुरमा रहेको भूमिगत जल सिँचाइ निर्देशनालयका २०० भन्दा बढी कर्मचारी अन्योलमा परेका छन् ।

तराई, भित्रिमधेश र पहाडका ४५ जिल्लामा यी कार्यालयले जनताका मागपछि भौतिक अध्ययन गरी आवश्यकताअनुसार डिप बोरिङ र स्यालो ट्युबवेल निर्माण गर्दै आएको थियो । भूमिगत जल सिँचाइ विकास डिभिजन कार्यालय दाङका प्रमुख पुष्करनाथ घिमिरेले गत वर्षमा यतिबेला काम शुरु गरिने भए पनि यस वर्ष यसै बस्नु परेको बताउँछन् ।

जनताको दिनानुदिन माग भइरहे पनि अन्योलताका कारण काम हुन नसकेको उनले बताए । स्यालो ट्युबवेलको बजेट स्थानीय तहमा पठाइएको भन्दै उहाँले डिप ट्युबवेल पनि रु ५० लाखसम्मको स्थानीय तहमा जाने भएपछि अन्योलका कारण काम हुन नसकेको जानकारी दिए ।

दाङमा यस वर्ष डिप ट्युबवेलका लागि १५० वटा र स्यालोका लागि एक हजार ५०० वटा समूहको माग रहेको छ । पचास वटा डिप बोरिङ गर्ने बजेट भए पनि काम गर्न नपाउँदा अन्योलमा बस्नु परेको घिमिरेले बताए ।

भूमिगत जल सिँचाइ डिभिजन कार्यालय काभ्रेका प्रमुख दीपेन्द्र लौडारीको पनि उस्तै गुनासो छ । सात वटा डिप ट्युबवेल निर्माण गर्न सकिने भए पनि कामको टुंगो नलाग्दा अन्योल भएको उनको भनाइ छ ।

गत आर्थिक वर्षमा सो कार्यालयले चार वटा डिप ट्युबवेल र २० वटा पावर ड्रिल गराएको थियो । भूमिगत जल सिँचाइ निर्देशनालय मातहत रहेर बिराटनगर, लहान, महोत्तरी, सर्लाही, वीरगञ्ज, चितवन, बुटवल, दाङ, नेपालगञ्ज, धनगढी र काभ्रेमा भूमिगत जल सिँचाइ विकास डिभिजन कार्यालय रहेका छन् । जसले छिमेकी जिल्लामा समेत भूमिगत सिँचाइको काम गर्दछन् ।

निर्देशनालयका सिनियर डिभिजनल हाइड्रोजियोलोजिष्ट सुरेन्द्र शाहका अनुसार डिप ट्युबवेलको माग सरकारको क्षमताभन्दा १० गुणा बढी छ भने स्यालोमा असंख्य बढी माग रहेको छ । जनतामा सिँचाइमा निकै प्रभावकारी ठहरिएपछि यसको माग बढेको पनि उहाँले बताउनुभयो । स्यालो ट्युबवेलमा सतप्रतिशत र डिप ट्युबवेलमा ९७ प्रतिशतसम्म सरकारले लगानी गर्ने गर्दछ ।

जनताले मोटर र पाइप मात्रै किन्नुपर्ने हुन्छ ।

शाहका अनुसार स्यालो ट्युबवेलले चार बिगाहा क्षेत्र सिञ्चित गर्दछ । जसका लागि ३० देखि १२० फिटसम्म गहिरो पाइप धर्साइने गरिन्छ । यसका लागि रु ४५ देखि ६० हजारसम्म पर्ने गर्दछ ।

डिप ट्युबवेलले ६० बिगाहा जमिन सिँचाइ गर्दछ । जसका लागि ८० देखि १६० मिटरसम्म गहिरो पाइप धर्साइने गरिन्छ । जसको लागत रु ७५ देखि ८० लाख पर्ने उनले बताउँदै स्थानीय तहमा कार्यक्रम जाँदा पुराना संरचनालाई समेत नयाँ भनी बजेट हिनामिना हुनसक्ने भन्दै चिन्ता व्यक्त गरे ।

दिनानुदिन जनताको माग बढ्दो भएको र जनताको प्रत्यक्ष सरोकार राख्ने भएकाले यसको टुंगो सरकारी तवरबाट छिटो गरिनुपर्ने उनले बताए ।

निर्देशनालयका अर्का सिनियर डिभिजनल हाइड्रोजियोलोजिष्ट केशवराज रिजालका अनुसार हालसम्म भूमिगत जल सिँचाइमार्फत चार लाख ९३ हजार ८३२ हेक्टर जमिन सिँचाइ भएको छ ।

जसलाई एक लाख ५२ हजार ७६६ स्यालो ट्युबवेल र एक हजार २७८ डिप ट्युबवेलले सिँचाइ गरेका छन् । स्यालो ट्युबवेलले चार लाख ४४ हजार ८४२ र डिप ट्युबवेलले ४८ हजार ९९० हेक्टर जमिन सिँचाइ भएको छ । तराई र भित्रिमधेशका ७२ देखि ८० प्रतिशत भाग भूमिगत सिँचाइबाटै भएको पनि उनले बताए ।

गत वर्ष यी आयोजनाले १३ हजार ५५२ स्यालो ट्युबवेल र ४५ वटा डिप बोरिङ निर्माण गरेका थिए । यो वर्ष कार्यक्रममा १४ हजार स्यालो र १०२ वटा डिप बोरिङ निर्माण गर्ने लक्ष्य राखिएको भए पनि काम अन्योलमा परेको रिजालले बताए ।

गत वर्षमा यतिबेला समूहको निवेदनमाथि छलफलगरी सर्भे गर्ने, लागत अनुमान गर्ने र ठेक्का लगाउने काम सम्पन्न भइसक्ने भए पनि यस वर्ष दुई महिनासम्म अन्योलमा रुमलिनु परेको उनले बताए ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

जेठ १, २०८१

निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपा...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x