×

NIC ASIA

शिवशिखर सहकारी ठगी प्रकरण

केदारनाथ शर्माको अस्वाभाविक उदय र 'पतन'– ४ लाखको किराना पसलदेखि १० अर्बको दायित्वसम्म

काठमाडाैं | भदौ १४, २०८०

Prabhu Bank
NTC
Premier Steels

चार लाख रुपैयाँ लगानीमा किराना पसल गर्ने सामान्य व्यापरीले अहिलेको अवस्थामा के गर्न सक्ला ? बढ्दो महंगी, खर्चालु हुँदै गएको दैनिकी, प्रतिस्पर्धात्मक बजारमा टिक्नुपर्ने बाध्यता र कम नाफाका कारण ४ जनाको परिवार पाल्न पनि धौ–धौ पर्ने अवस्था छ । कम मार्जिन र बढ्दो खर्चका कारण परिवार पाल्नेभन्दा थप अपेक्षा सानो व्यापारबाट गर्न सकिँदैन ।

तर, ३० वर्ष अगाडि ४ लाख रुपैयाँबाट किराना पसल शुरू गरेका केदारनाथ शर्माको महत्त्वाकांक्षाले १० अर्बको दायित्व सिर्जना भएको छ । शिवशिखर सहकारीका अध्यक्ष समेत रहेका उनले यो अवधिमा ९ अर्बभन्दा बढीको सम्पत्तिसमेत जोडेका छन् । शिवशिखर बहुउद्देश्यीय सहकारीका सञ्चालक शर्माको ९ अर्बको कम्पनी हुँदाहुँदै पनि सहकारीलई प्रयोग गरेर बिगारेको हिसाबका कारण उनी अहिले प्रहरीको हिरासतमा बस्न बाध्य भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

देशको सबैभन्दा ठूलो सहकारी बनाएका उनले बचतकर्ताको पैसा फिर्ता गर्न नसक्दा किराना पसल शुरू गर्नुभन्दा अगाडि अर्थात् तीन दशक अगाडिकै अवस्थाभन्दा पनि तल्लो स्तरमा शर्मा पुगेका छन् ।


Advertisment
Rupse Holidays
Nabil box

शर्माले प्रहरीलाई दिएको बयानमा २०५१ सालमा कोहलपुरबाट ४ लाखमा ढकाल किराना स्टोरबाट व्यवसाय शुरू गरेको बताएका छन् ।

Vianet communication

त्यसपछि उनले २०६०/०६१ सालमा ४० लाख रुपैयाँमा ओमशिव स्टोरको नाममा काठमाडौंको बानेश्वरमा पसल सञ्चालन गरेका थिए ।  

शिवशिखर अर्गनाइजेसनबाट व्यापार व्यवसाय गरिरहेका उनको शिवशिखर सहकारीको मात्रै ३५ वटा जिल्लामा १ लाख ६८ हजार ७२५ जना बचतकर्ता छन् । उनीहरूबाट सहकारीले २०८० वैशाख २५ सम्ममा ९ अर्ब ४९ करोड ७२ लाख २० हजार ५६० रुपैयाँ निक्षेप संकलन गरेको छ । 

सहकारी संस्था दर्ता गर्दा स्वीकृत शेयर पुँजी ६ लाख २८ हजार रुपैयाँ थियो । त्यसलाई बढाएर ७९ करोड ५७ लाख ५ हजार ७ सय शेयर पुँजी बनाएको नेपाल प्रहरीको केन्द्रीय अपराध अनुसन्धान ब्यूरो (सीआईबी)को प्रतिवेदनमा उल्लेख छ ।

यो संस्थाको कूल दायित्व १० अर्ब ७७ करोड ७६ लाख ३७ हजार ५८६ रुपैयाँ पुगेको छ । सीआईबीले सरकारी वकिलको कार्यालयमार्फत अदालतमा दर्ता गराएको मुद्दामा सहकारीको दायित्व अधिक भएको र शर्माले त्यसलाई बेवास्ता गरेका कारण वाणिज्य बैंकहरूलाई समेत अप्ठ्यारो पारिदिएको उल्लेख छ ।

उनले काठमाडौंका २१ हजार ३६९ जना बचतकर्ताको २ अर्ब ११ करोड ५२ लाख ६२ हजार ११९ रुपैयाँ उठाएका थिए । यो रकम १ हजार १४५ जनाबाट उठाउँदा सहकारीले ७८ करोड १९ लाख ६३ हजार २१४ रुपैयाँ ठगी गरेकाले त्यसको बिगो दाबीसहित सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

यो सहकारीको बागबजार शाखाबाट ६ हजार ६६१ जना बचतकर्ताको ५० करोड २ लाख ३६ हजार ९२८ रुपैयाँ, न्यूरोड शाखाबाट ५ हजार १३५ जना बचतकर्ताको ४६ करोड ५४ लाख ३६ हजार ८३४ रुपैयाँ उठाएको उक्त प्रतिवेदनमा उल्लेख छ । कीर्तिपुर शाखाका ५ हजार ८७७ बचतकर्ताबाट ९८ करोड ६३ लाख ८५ हजार ३२१ रुपैयाँ र महाराजगञ्ज शाखाका ३ हजार ६९६ वचतकर्ताबाट २० करोड ३२ लाख ३ हजार २३६ रुपैयाँ उठाएको अभियोजन प्रतिवेदनमा देखिन्छ । 

सरकारी वकिलको कार्यालयले सहकारीका सञ्चालक केदारनाथ शर्मा, सुशील बानियाँ, भोजराज पौडेल, तेजबहादुर तामाङलगायत १९ जना प्रतिवादीलाई सरकारी ऐन २०७४ को दफा १२२ को खण्ड घ, ङ, च, छ, ज र ट को कसूर गरेको दाबीसहित मुद्दा दायर गरेको छ । यस्तो कसुर गर्नेलाई ‘अपराधपीडित संरक्षण ऐन २०७५’ को दफा ४१ बमोजिम क्षतिपूर्ति भराउन मागदाबी गरिएको छ । 

प्रतिवेदन अनुसार प्रतिवादीहरू केदानाथ शर्मा, रसना शाक्य, रमेश खाइजु र शिवप्रसाद पौड्यालको खातामा जम्मा १५ लाख ५७ हजार ९०७ रुपैयाँ र एउटा स्कूटर मात्रै देखिएको छ ।

अभियोजन प्रतिवेदनमा सहकारीका सञ्चालक केदारनाथ शर्मा र उनी श्रीमती गीता शर्माले देशभरमा भएका शाखाबाट भक्तपुरमा रहेको केन्द्रीय कार्यालयमा रहेको खातामा जम्मा गर्न लगाएर व्यक्तिगत कम्पनीमा लगानी गरेको दाबी गरिएको छ । त्यतिमात्र नभएर उनका नातेदाहरूले सञ्चालन गरेको कम्पनीहरूमासमेत लगानी रहेको देखिएको छ ।

बैंकहरूलाई एउटै लगानीकर्ताबाट ३ अर्ब उठाउने चिन्ता

यो सहकारीका सञ्चालक शर्माले विभिन्न १० वटा बैंकको ३ अर्ब १५ करोड ९० लाख ७८ हजार ३४१ रुपैयाँ ऋण चलाएका छन् । शिवशिखर सहकारीका सञ्चालकले  सवारी साधनदेखि जग्गासम्म धितो राखेर बैंकबाट ऋण लिएका छन् ।

हिमालयन बैंकले उनीहरूको २ वटा कम्पनी त्रिदेवी फ्लोर एन्ड आयल इन्डस्ट्रिज र नटराज एग्रोमा २२ करोड ४९ लाख ९४ हजार ६५० रुपैयाँ ऋण लगानी गरेको छ । बेस्ट फाइनान्स, एनआईसी एसिया बैंक, एभरेष्ट बैंक, प्रभु बैंक, नेपाल एसबीआई बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंकबाट लिएको ३ अर्बभन्दा बढी ऋण अझै चुक्ता गर्न बाँकी छ ।

सहकारीले गरेको एउटा ठगीको उदाहरण मंगलबजार शाखालाई लिन सकिन्छ । यो शाखाले ६३ जना बचतकर्तालाई ५९ लाख ३९ हजार ९ सय रुपैयाँ बराबरको शेयर दिएर रकम संकलन गरेको छ । अभियोजन प्रतिवेदनमा यो शाखाबाट सहकारीले ठगी गरेको उल्लेख छ । यस शाखाबाट १६ हजार ५ सयदेखि साढे ५ लाखसम्मको शेयर दिएको भन्दै बचतकर्तालाई ठगी गरेको देखिएको छ ।

काठमाडौंका ४ वटा शाखा महाराजगञ्ज, बागबजार, न्यूरोड र कीर्तिपुरबाट पनि २ अर्ब ८० करोड ६९ हजार ८१४ रुपैयाँ संकलन गरेर केन्द्रीय कार्यलयमा जम्मा गराएको देखिएको छ ।

आफैंलाई ८६ करोड ऋण लगानी

शिवशिखर सहकारीका सञ्चालकले ठग्नका लागि यतिसम्म गरेका छन्, कि शून्य प्रतिशत ब्याजदर ऋण प्रवाह गरेको र त्यो रकम आफैंले लिएका छन् । 

सहकारीका सञ्चालक तथा अध्यक्ष केदारनाथ शर्मा र सचिव तेजबहादुर तामाङले शून्य प्रतिशत ब्याजदरमा २ करोड ३६ लाख र ७७ करोड  ८७ लाख ३० हजार ऋण लिएको प्रतिवेदनबाट देखिएको छ ।

शर्माकी आफ्नै श्रीमतीले १८ प्रतिशत ब्याजदरमा ३ करोड ९० लाख ६४ हजार १९०, लेखा सुपरिक्षण समितिको पदाधिकारीले १९ लाख ५५ हजार, लेखा समितिको सदस्यले ९ करोड रुपैयाँ लिएका छन् । 

उनकै सहकारीको ऋण शाखामा कार्यारत कर्मचारीले १ करोड ४८ लाख ८५ हजार रुपैयाँ ऋण लिएको सरकारी वकिलको कार्यालयले दर्ता गराएको मुद्दामा उल्लेख छ । देशभरमा केदारनाथको नाममा मात्रै ८८ रोपनी र उनकी श्रीमतीको नामामा ६७.६३ रोपनी जग्गा छ ।

हिसाब बिगार्ने सहकारी तनावमा वाणिज्य बैंकहरू

पछिल्लो समय एकपछि अर्को सहकारी समस्या पर्दा त्यसको असर वाणिज्य बैंकहरूलाई समेत पर्न थालेको छ । सहकारीमा बचत जम्मा गरेका आम सर्वसाधारणको घरबारै बिगार्ने काम गरेका ती सहकारीले वाणिज्य बैंकसँगको कारोबार पनि बिगारेका छन् । सहरकारी सञ्चालकले सहकारीको पैसा दुरुपयोग गरेर लगानी गरेको व्यापार व्यवसाय र त्यसमा भएको लगानीमा जोखिम बढेको छ । हिसाब बिगारेर समस्यामा परेका सहकारी सञ्चालकले गरेको लगानीका व्यवसायबाट पनि बैंकहरूलाई ऋण तिर्न नसक्ने अवस्थामा पुगे, जसका कारण वाणिज्य बैंकहरूको अर्बौं रकम जोखिममा परेको छ ।

अर्थतन्त्रको एउटा खम्बा मानिएको सहकारीमा समस्या आउँदा बैंकहरूमा समेत त्यसको असर देखिन थाल्नु स्वभाविक मानिए पनि समग्रमा अर्थतन्त्र नै बिगार्ने काम सहकारीबाटै भइरहेको चिन्ता सम्बन्धित वाणिज्य बैंकहरूको छ । सहकारीकै कारण केही बैंकको ऋण नउठ्ने र खराब कर्जा बढ्ने अवस्था देखिएको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाले बताए । 

उनले भने ‘सहकारी क्षेत्रमा समस्या आएकै कारण बैंकहरूमा पनि तरलत अभाव भएको हो । यसकै असरका कारण सबैजसो वाणिज्य बैंकको खराब कर्जा बढेको छ ।’

ढुंगानाले भने, ‘विभिन्न बैंकबाट ऋण लिएका र कारोवार गरेका कारण समग्र बैंकिङ प्रणालीमै खराब कर्जा बढाउने अवस्था देखिएको छ ।’

एउटा बैंकमा थोरै रकम भएपनि समग्रमा समस्यामा परेका सहकारीसँगको कारोवारको रकम भने ठूलो भएको बुझाइ पनि ढुंगानाको छ ।

नेपाल बैंकका सीईओ कृष्णबहादुर अधिकारी पनि ज–जसले लगानी गरेका छन्, त्यसलाई पक्कै सहकारीकै कारण समस्या भइरहेको बताउँछन् ।

अधिकारी भन्छन्, ‘जुन बैंकको सहकारीसँग कारोबार छ र कारोबार बिग्रएका छन्, त्यसको कारण एउटाले गर्दा समग्र सिस्टममै असर गरिहेको छ ।’

बैंकहरूले प्रत्यक्षरूपमा लघुवित्तमा लगानी गरेका छन् भने सहकारीमा अप्रत्यक्ष रूपमा लगानी भएको छ । सहकारीले अगाडि सारेका योजनामा लगानी भएको छ र सो सहकारी समस्यामा पर्दा बैंकहरूलाई चिन्ता बढेको अधिकारीले दिए । 

गत वर्षको तुलनामा चालू आवमा बैंकहरूको खराब कर्जा अझै बढ्ने चिन्ता नेपाल बैंकर्स संघले नै गरेको छ । नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जामा संशोधनपछि समस्यामा परेका व्यवासायी र तिनका अरू लगानी पनि सुक्ष्म निगरानीमा पर्ने भएका छन् । एउटै ऋणीको एउटा ऋण असल र अर्को खराब कर्जा हुन सक्छ । खराब कर्जाले असललाई पनि असर गर्न सक्ने हुँदा अब बैंकहरूको खराब कर्जा बढ्ने चिन्ता नेपाल बैंकर्स संघको छ ।

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले भने, ‘राष्ट्र बैंकले आइतवार जारी गरेको पहिलो निर्देशन बैंकिङ क्षेत्रको लागि ठीकै आयो । तर, एकैदिन आएको अर्को निर्देशनले भने ऋण तिर्न नसकेका र समस्यामा परेका व्यवसायीलाई थप मार पर्ने र जसका कारण खराब कर्जा बढ्ने जोखिम निम्त्याउने देखियो ।’ 

नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरूको खराब कर्जा गत असार मसान्तसम्ममा ३.०२ प्रतिशत रहेको छ । यस्तो कर्जा वाणिज्य बैंकहरूको मात्रै २.९८ प्रतिशत रहेको तथ्यांकले देखाउँछ । यो तथ्यांकअनुसार वाणिज्य बैंकहरूले गत असार मसान्तसम्ममा लगानी गरेको ४३ खर्ब १२ अर्ब रुपैयाँ कर्जामध्ये १ खर्ब २८ अर्ब रुपैयाँ खराब कर्जा हुन पुगेको छ । 

एकातिर अर्थतन्त्रमा भएको मन्दीको असर र अर्कोतर्फ सकारीले नित्याएको समस्या थप हुँदा बैंकहरूलई पनि स्वाभाविक रूपमा तनाव बनाएको केसीले बताए । 

‘सहकारीसँग सिधै लगानी नभए पनि त्यसका अरू बिजनेसमा गएको लगानी हाम्रो बैंकमा अहिलेसम्म डिफल्ट देखिएको छैन’, सानिमा बैंकका सीईओ निश्चल पाण्डेले भने । समग्रमा बैंकिङ प्रणालीको कर्जामा दबाब परेको र केही बैंकको लगानी जोखिममा परेको विषय भने गम्भीर हुनसक्ने पनि उनको भनाइ छ ।

सतहमा देखिएका ठूला सहकारी र सतहतमा नदेखिएका सहकारीसहितमा बैंकले गरेको लगानीको हिसाब मिलाएर आफ्नो व्यवसायलाई लयमा ल्याउन बैंकहरूलाई दबाब बढेको पनि सम्बन्धित बैंकहरूको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x