×

NMB BANK
NIC ASIA

नक्कली डाक्टरमाथिको अनुसन्धान

नक्कली प्रमाणपत्र प्रकरणः कांग्रेस सांसद सुनिल शर्मामाथिको अनुसन्धान ‘होल्ड’ !

काठमाडाैं | भदौ १९, २०८०

NTC
फाइल फोटो
Premier Steels

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद सुनिल शर्मासम्बन्धी अनुसन्धान तत्कालका लागि ‘होल्ड’ भएको छ ।

Muktinath Bank

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतका अनुसार लिखत कीर्तेमा मुद्दा बुझाउने हद म्याद २ वर्ष हुने भएकाले तत्काल शर्माका सम्बन्धमा थप अनुसन्धान नहुने भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘लिखत कीर्तेमा अनुसन्धानका लागि २ वर्षे हदम्याद छ । त्यो अवधिभित्र जहिले बुझाए पनि हुन्छ, अहिल्यै अनुसन्धान सकेर प्रतिवेदन बुझाउने तयारी छैन,’ सीआईबी उच्च स्रोतले लोकान्तरसँग भन्यो  ।


Advertisment
Nabil box
Kumari

प्रमुख सत्ता साझेदार दलको सांसद भएकाले अनुसन्धान रोक्न दबाब आएको हो ? भन्ने प्रश्नमा सीआईबीले केही खुलाउन चाहेन ।

Vianet communication

साउन २५ गते सीआईबीले ‘अपरेसन फोक्सट्रोट चार्ली’अन्तर्गत गोल्फुटारस्थित निवासबाट शर्मालाई पक्राउ गरेको थियो । 

त्यसको भोलिपल्ट जिल्ला अदालत काठमडौंले उनलाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।

सीआईबीले २०७८ साउन २० गते नेता शर्माको प्रमाणपत्रको बारेमा सत्यतथ्य बुझ्न भन्दै परीक्षा बोर्डमा पत्र पठाएको थियो ।

त्यसको जवाफ बोर्डले २०७९ असार १९ गते पठाएको थियो । त्यससम्बन्धी समाचार प्रमाणसहित लोकान्तरले प्रकाशन गरिसकेको छ ।

सम्बन्धित समाचार:
सुनिल शर्माको आईएस्सीको शैक्षिक प्रमाणपत्र नक्कली [प्रमाणसहित]

बोर्डले पठाएको जवाफमा सन् १९९६ सालमा आईएस्सी तहको रोल कोड ६५०४ तथा रोल नम्बर १०११७ मा कैफियत देखिएको उल्लेख थियो ।

त्यस्तै बिहार परीक्षा बोर्डले पनि उनको प्रमाणपत्रमा कैफियत रहेको जवाफ पठाएको छ ।

बिहार परीक्षा बोर्डले सन् २०२२ जुन २३ तराखिका दिन जवाफ पठाएको प्रमाण लोकान्तरलाई प्राप्त भएको छ । त्यसमा कैफियत देखिएकामध्ये ५औं नम्बरमा रहेका सुनिलको ‘डिफर फ्रम बीएसईबी पटना रेकर्ड’ भनिएको छ ।

सीआईबीको पछिल्लो अपरेसनका क्रममा सांसद शर्मासहित ९ जनालाई पक्राउ गरिएको थियो । त्यसमध्ये एकजना सक्कली डाक्टर परेपछि छुटेका छन् ।

सुनिल शर्मा अदालतको आदेशमा छुटे भने श्रद्धा शिल्पकारलाई पनि १ लाख धरौटी लिएर रिहा गर्न अदालतले आदेश दिएको सीआईबीले जनाएको छ ।

यसैगरी नरसिंह यादवलाई हिरासतमा राखेर अनुसन्धान गर्न आदेश अएको छ भने बाँकीको मुद्दा सीआईबीले बुझाएको छैन ।

सीआईबीले नक्कली चिकित्सकविरुद्ध २०७२ सालदेखि अपरेसन चलाउँदै आएको छ । 

सीआईबीले शुरूमा ‘अपरेसन क्वाक’ सञ्चालन गरेको थियो । त्यसक्रममा कुल ५९ जनालाई पक्राउ गरिएको थियो ।

पढ्नुहोस्, यो पनि :

'नक्कली डाक्टर'का थरीथरी कीर्ते– कसैले नम्बर बढाए, कसैले अर्कै विषयसँग साटफेर गरे
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x