चैत २७, २०८०
नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...
गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपमहासचिव पदमा वर्तमान प्रवक्ता सोम सापकोटाले उम्मेदवारी दिने भएका छन् । सङ्घको स्थापनाकालदेखिनै सक्रिय सापकोटा सङ्घको विभिन्न पदीय जिम्मेवारी रही नेपाल र नेपालीहरूको हक हितका संस्थागत रूपमा क्रियाशील छन्।
नेपालमा गैर आवासीय नेपाली सङ्घमार्फत ईलाइबेरी स्थापना, पर्यटन प्रवर्द्धन, लगानीमार्फत रोजगारी सिर्जना लगायतमा सापकोटाले महत्त्वपूर्ण भूमिका खेलेका छन् ।
गैर आवासीय नेपाली सङ्घको एघारौँ विश्व सम्मेलन तथा निर्वाचन असोज ३० गतदेखि कार्तिक ३ गतेसम्म काठमाडौँमा हुँदै छ ।
को हुन् सापकोटा ?
उद्यमी, सामाजिक कार्यकर्ता, शिक्षा सेवी, पर्यटन अभियन्तासमेत रहेका सोम सापकोटाले संघको अभियानमा झन्डै दुई दशक बिताइसकेका छन् । सन् १९७४ मा बागलुङमा जन्मिएका सापकोटाले त्यहाँ आफ्नो प्रारम्भिक शिक्षा पुरा गरे । उनको शैक्षिक यात्राको शुभारम्भ गाउँकै कान्देवासस्थित श्री जनजागृति माध्यमिक विद्यालयबाट सुरु भएको थियो ।
विद्यालय तहको शिक्षापछि उनले बागलुङकै महिन्द्र बहुमुखी क्याम्पसबाट आईए (प्रवीणता प्रमाणपत्र तह) उत्तीर्ण गरे । त्यसपछि उनले चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसबाट स्नातक गरे ।
यसैबीच उनी विसं २०५२ तिर भविष्यको खोजीमा उनी युरोपतर्फ लागेका थिए । नेपालबाट स्विट्जरल्याण्डको यात्रा तय गरेका उनी जर्मनी, बेल्जियम, पोर्चुगल, डेनमार्क, माल्टा हुँदै हाल बेलायतमा बस्दै आएका छन् । बिदेसिएको २८ वर्षको यो अवधिमा उनले नेपालको प्रवर्धन र विश्वभरका नेपालीको सेवाका लागि काम गरिरहेका छन् । उनी भन्छन्, ‘ समाजसेवा मेरो रुची हो, जसमा मेरो सानैदेखिको लगाव थियो, त्यसलाई निरन्तरता दिइरहेको छु । मैले मेरा लक्ष्यहरूलाई आकार दिन र मेरो समुदायलाई केही भएपनि योगदान दिनका लागि परोपकारी कोषहरूसँग काम गरिरहेको छु।’
गैर आवासीय नेपाली संघमा एक समर्पित सदस्यको हैसियतमा सापकोटा नेपाल र विदेशमा रहेका नेपाली समुदायको सेवा गर्न प्रतिबद्ध रहेका छन् । यसले आफूलाई ठुलो आनन्द र उद्देश्यको भावना जागृत गराउने उनको बुझाइ छ ।
एनआरएनएमा सक्रियता
एनआरएनएमा सापकोटाको यात्रा सन् २००६ देखि पोर्चुगलबाट भएको हो । जुन यात्रा अहिलेसम्म निरन्तर छ । एनआरएनएमा सापकोटाको पहिलो आबद्धता सन् २००६ मा हो । जतिबेला उनी गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलको कार्यकारी सदस्य (सन् २००६ –२००७) बनेका थिए । यस्तै सन् २००८ देखि २०११सम्म गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् डेनमार्कको संस्थापक अध्यक्षको रूपमा काम गरे ।
त्यस्तै, सन् २०११ देखि २०१३ सम्म एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्य भएर काम गरेको अनुभव पनि उनीसँग छ । यस्तै सन् २०१३ देखि २०१५ सम्म अन्तर्राष्ट्रिय समन्वय परिषद् युरोप क्षेत्रको उपसंयोजकको जिम्मेवारी निर्वाह गरेका उनले सन् २०१५–२०१७ सम्म आइसिसी सदस्य भएर काम गरे । त्यसपछि सन् २०१७ देखि२०१९ मा अन्तर्राष्ट्रिय समन्वय परिषद्को सहकोषाध्यक्ष र २०१९ देखि २०२१ सम्म संघको सल्लाहकार पनि भए । यसैगरी हाल २०२१–२०२३ को मौजुदा कार्यसमितिको प्रवक्ताको रूपमा सापकोटा संघको अभियानमा क्रियाशील छन् ।
एनआरएनएका विभिन्न तहमा बसेर काम गर्ने सिलसिलामा उनले काम, कर्तव्य र अधिकार प्रयोगमा संस्थागत र पद्धतिगत हिसाबले जिम्मेवारी पूरा गर्दै आएका छन् ।
पर्यटन प्रवर्धन र समाजसेवा
एनआरएनए अभियानमार्फत होस् या आफ्नो व्यक्तिगत तवरबाट किन नहोस् सापकोटाले नेपालको पर्यटन प्रवर्धन र समाजसेवाको क्षेत्रमा उल्लेख्य काम गरेका छन् । विसं २०५०–५१ सालदेखि नेपालमा होटेल व्यवसायका क्षेत्रमा सक्रिय हुँदादेखि नै उनको पर्यटन प्रवर्धनमा विशेष रुचि र चासो रहँदै आएको थियो ।
बिदेसिएपछि पनि उनले यो कार्यलाई निरन्तरता दिइरहे । २००९ मा डेनमार्कमा ‘सेभ त हिमालय’ नामको पर्यटन प्रवर्धनसम्बन्धी कार्यक्रम गरे । त्यतिबेला हिमालहरूको संरक्षणका लागि विश्वसामु ‘सेभ द हिमाल’ भन्ने कार्यक्रम प्रस्तुत गरिएको थियो । नेपाली आरोहीहरू, ३७ जना सांसद, मन्त्री, प्रधानमन्त्रीलगायतको उपस्थितिमा अव्य कार्यक्रमको आयोजना गरिएको थियो ।
यसैगरीसन् २०११ मा गैर आवासीय नेपाली संघको नेपाल प्रमोसन कमिटीको सदस्य भएर पनि उनले काम गरे । यसैगरी सन् २०१४ देखि १६ सम्म गैर आवासीय नेपाली संघकै युरोप क्षेत्रको पर्यटन प्रवद्र्धन समितिको संयोजक भएर काम गर्ने अवसर पनि पाए ।
उता नेपाल सरकार पर्यटन बोर्डको तर्फबाट मानार्थ जनप्रतिनिधिको रूपमा सापकोटा नियुक्त पनि भए । त्यतिबेला ‘सेन्ड होम अ फ्रेन्ड’, ‘बुद्ध नेपाल क्याम्पेन’ जस्ता कार्यक्रमहरू सञ्चालन भएका थिए । साथसाथै नेपाली मौलिकता झल्किने विभिन्न रोड सो, पञ्चेबाजाको प्रदर्शनी, नेपाल फेस्टिभल, माउन्टेन्स डे, बुद्ध जयन्ती जस्ता कार्यक्रमहरू आयोजना गरेर डेनमार्कमा सिर्जनशील काम र अभियान सञ्चालन गरेर नेपाललाई चिनाउने भरपुर प्रयासहरू भएका थिए । जसको परिणमस्वरुप नेपालमा पर्यटकहरू भित्र्याउन केही भए पनि सहयोगी भूमिका निर्वाह गर्ने काम भएको थियो । सापकोटाकै सक्रियतामा २०१७ मा पर्यटन क्षेत्रलाई नै लक्षित गरेर ‘भिजिन नेपाल युरोप क्याम्पेन २०१७’ चलाइएको थियो ।
यसबाहेक आफ्नो व्यवसाय र अवसरको खोजीमा माल्टामा पुग्दा फेरि २०२० देखि २०२१ सम्म अर्थात् दुई वर्ष माल्टाका लागि नेपाल टुरिजम बोर्डको मानार्थ जनप्रतिनिधिको रूपमा काम गर्ने अवसर उनले पाए ।
त्यहाँ पनि सापकोटाको सक्रियतामा भिजिट नेपाल २०२० को कार्यक्रमका लागि महत्त्वपूर्ण कामहरू भएका भएका थिए ।
माल्टापछि बेलायत पुग्दा पनि सापकाटाले वेल्सका लागि नेपाल सरकारको मन्त्रिपरिषद् बैठकबाटै टुरिजम गुडविल एम्बासडरका रूपमा नियुक्ति पाए । यो फोरममार्फत पनि उनले निरन्तर नेपालको पर्यटन प्रवर्धनका लागि कामहरू गरिरहेका छन् ।
यसैबीच सापकोटा ई–पुस्तकालयका अभियन्ता पनि हुन् । उनकै अभियानका बलमा देशमा २०० भन्दा बढी स्थानमा ई–पुस्तकालय खुलेका छन् । उनले समाजका दुःखी, गरिब र समस्यामा परेकाहरूलाई आफ्नै प्रयासमा र संयोजन गरेर धेरै सहयोग गरेका छन् । यसबापत उनले विभिन्न पुरस्कार र सम्मानहरू पनि पाएका छन् ।
उपमहासचिवमा उम्मेदवारी किन ?
विगतको अनुभवलाई भरपुर उपयोग गर्दै प्रवासमा बस्ने नेपाली र मातृभूमि नेपालको हितमा परिणाममुखी काम गर्ने प्रतिबद्धतासहित आफूले उम्मेदवारी घोषणा गरेको सापकोटाको भनाइ छ ।
गैर आवासीय नेपाली र नेपालको समृद्धिका लागि उनले आफ्नो ८ बुँदे प्रतिबद्धता अघि सारेका छन् -
१. विदेशमा बस्ने नेपालीका साझा समस्याको पहिचान र दीर्घकालीन समाधान गर्न, वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पुगेका नेपालीको अवस्था सुधार गर्न, विदेशमा बस्ने नेपालीको सामूहिक लगानीको प्रत्याभूति गर्न र नेपालको पर्यटन, कला, संस्कृतिको विकास तथा नेपालको पर्यटन प्रवर्द्धनात्मक काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
२. वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका समस्यामा परेको अवस्थामा एनआरएनएले वैदेशिक रोजगार कोष मार्फत उनीहरूलाई सहयोग, उद्धार र राहत दिने व्यवस्था मिलाउन प्रयास गर्ने छु ।
३. वैदेशिक रोजगारीको सिलसिलामा कागजी समस्या परेर विभिन्न देशका जेलमा रहेका नेपाली नागरिकलाई सहयोग गरेर स्वदेश फिर्ता गर्ने कार्यमा एनआरएनएलाई क्रियाशील गराउन पहल गर्नेछु ।
४. एनआरएनएले सञ्चालन गरेका परोपकार योजनालाई थप प्रभावकारी पार्नेछु ।
५. संस्थाको सुदृढीकरण र पूर्ण व्यवस्थित गर्न साथै, विश्व भरी छरिएर रहनुहुने प्रवासी नेपालीहरूलाई एउटै छानामुनि केन्द्रित गरी भाइचाराको सम्बन्ध विकास गर्दै प्रवास बस्ने नेपालीहरूको साझा सङ्गठन निर्माणमा क्रियाशील रहने छु। गैर आवासीय नेपाली संघको केन्द्रीय कार्यालयबाट जेजति डेलिभरी हुनुपर्ने हो, त्यति हामीले दिन सकेका छैनौँ । कार्यालयलाई चुस्त बनाउन पहल गर्नेछु ।
६. राष्ट्रिय समन्वय परिषदहरुलाई थप स्वायत्त बनाउने, संघका नियमित मुद्दाहरूमा पहल गर्ने, गोरखाहरुको समस्या समाधान गर्न पहल गर्ने, गैर आवासीय नेपाली सङ्घलाई संस्थागत र सशक्तीकरण गर्दै संस्थामा नयाँ पुस्ता र प्रविधिलाई एकै साथ अगाडि बढाउने दिशामा लागिपर्नेछु ।
७. सङ्घलाई महिला, युवा, दोस्रो पुस्ता र श्रमिकमैत्री बनाउँदै अभियानमा सबैलाई जोड्ने, सहभागिताको सुनिश्चितता गर्न पहल गर्ने, सचिवालयलाई थप व्यवस्थित मर्यादित, पारदर्शी र प्रविधिमैत्री सहित क्रियाशील बनाउन लागिपर्नेछु ।
८. सेमिनार, गोष्ठी, सभा–सम्मेलनलाई परिमार्जित गर्दै नीतिगत अस्पष्टतालाई सम्बोधन गर्नेसहित सङ्घलाई थप व्यवस्थित, मर्यादित, एकत्रित र बलियो साझा सङ्गठनका रूपमा निर्माण गर्न संस्थागत रूपमा क्रियाशील हुने प्रतिबद्धता छ ।
नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...
नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।
काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...
नेपाली युवाहरूको संस्था निलुवा समाज पोर्चुगलको पहिलो वार्षिक भेला मंगलबार सम्पन्न भएको छ । रोजगारीको शिलशिलामा पोर्चुगललाई कर्मभूमि बनाएका बाग्लुङको गल्कोट नगरपालिका– ४ चमुवाका युवाहरूको उक्त भेलामा...
सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...
नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ । ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...