×

NMB BANK
NIC ASIA

सुन तस्करीको अनुसन्धान

६० किलो सुन प्रकरणः ह्वाट्स एप, वी च्याट र इमोमार्फत कुराकानी, प्रमाण जुटाउन सकस

काठमाडाैं | भदौ २२, २०८०

NTC
Premier Steels

६०.७१६ किलो सुन प्रकरणमा संलग्नहरूबीच सूचना आदानप्रदान अनलाइन प्लेटफर्ममार्फत भएकाले प्रमाण जुटाउन सकस भएको छ ।

Muktinath Bank

तस्करीको आरोपमा पक्राउ परेका र अन्य शंकास्पद व्यक्तिबीच वी च्याट, ह्वाट्स एप तथा इमोजस्ता म्यासेजिङ एपमार्फत कुराकानी भएकाले प्रमाण जुटाउन सकस भएको नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अधिकारीहरू बताउँछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पक्राउ परेका चिनियाँ नागरिकले वी च्याट, ह्वाट्स एप र इमोमार्फत नै सूचना आदानप्रदान गरेको देखिएको अनुसन्धानमा संलग्न एक अधिकारीले लोकान्तरसँग बताए ।


Advertisment
Nabil box
Kumari

‘सबै सूचना वी च्याट, ह्वाट्स एप र इमोमार्फत आदानप्रदान भएको रहेछ, सम्बन्धित कम्पनीहरूले सजिलै रेस्पोन्स नगर्दा समस्या भएको छ,’ ती अनुसन्धान अधिकारीले लोकान्तरलाई भने ।

Vianet communication

तस्करीका विभिन्न तहमा रहेका व्यक्ति तथा भरियाहरूबीच यिनै म्यासेजिङ एपमार्फत कुराकानी भएको देखिएको उनले बताए ।

‘सुन ल्याउने व्यक्तिदेखि भरियासम्मको च्यानलमा अनलाइनबाटै कुराकानी भएको देखिन्छ,’ ती अधिकारीले भने, ‘सुन कसरी आउँदैछ, कहाँ आइपुग्यो, कहाँसम्म लैजाने सबै कुराकानी तिनै माध्यमबाट भएको पाइएको छ ।’

पक्राउ पर्नुअघि सबैजसोले कुराकानी तथा सूचनाहरू डिलिट गरेका थिए । अब त्यसमा एक्सेस पाउनका लागि सम्बन्धित म्यासेजिङ एप कम्पनीहरूले नै सहयोग गर्नुपर्ने हुन्छ ।

ह्वाट्स एप र इमो अमेरिकी कम्पनी हुन् भने वी च्याट चिनियाँ कम्पनी हो । ह्वाट्स एप र इमोको हकमा भारतस्थित डिभिजनले नेपाल पनि हेर्ने गर्छ । वी च्याटको हकमा चीनमै सम्पर्क गर्नुपर्छ ।

चीनसँग नेपाल सरकारले म्युचुअल लिगल असिस्टमेन्ट ट्रिटी (एमएलएटी) गरेको छ, तर भारतसँग छैन, जसले गर्दा थप असहज भएको छ । 

भारतबाट त्यस किसिमका सूचना ल्याउन कानूनी रूपमा जटिलता देखिएको छ । अर्कातर्फ चीनसँग एमएलएटी सम्झौता भए पनि सहज रूपमा सूचना भने पाउन नसकिएको अनुसन्धानमा संलग्न सीआईबीका एक अधिकारीले बताए ।

‘एमएलएटी सम्झौता भएका देशहरूबाट समेत सूचना र अपराधसम्बन्धी तथ्यांक पाउन असहज भएको छ,’ सीआईबीका ती अधिकारीले भने ।

एमएलएटी यहाँ अपराध गरेर अर्को देशमा गई लुकेका तथा त्यहाँबाट यता आएर अपराध गरेका व्यक्तिहरूसम्बन्धी सूचना र अपराधमा संलग्न व्यक्तिलाई आदानप्रदान गर्ने सम्झौता हो ।

साउन २ गते त्रिभुवन विमानस्थल भन्सार पास भएर बाहिरिएको ६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।

हङकङबाट आएको उक्त सुनसम्बन्धी प्रारम्भिक अनुसन्धान गरेर विभागले बाँकी अनुसन्धान सीआईबीलाई सुम्पिएको थियो ।

२ गते पक्राउ परेका व्यक्तिलाई समेत ३ गते मात्र पक्राउ पुर्जी दिइएकाले त्यसको ६० दिन अर्थात आगामी शुक्रवारभित्र अदालतमा मुद्दा दायर भइसक्नुपर्छ । 

सरकारी वकिललाई मुद्दा अभियोजनको तयारीका लागि समेत समय लाग्ने भएकाले सीआईलाई अनुसन्धान सक्न अब ४-५ दिनको मात्र समय बाँकी छ ।

राजश्व अनुसन्धान विभाग र केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेर आज (शुक्रवार)सम्म २७ जनालाई पक्राउ गरेको छ । 

असार २ गतेदेखि सीआईबीलाई विभागले मुद्धा बुझाउँदासम्म १८ जनालाई पक्राउ गरेको थियो । त्यसमध्ये एक जना महिला क्यान्सरको विरामी भएका कारणले आवश्यक पर्दा ल्याउने सर्तमा परिवारको जिम्मा लगाएको थियो ।

रावश्व अनुसन्धान विभागले दोलखाको मेलुङ गाउँपालिका–३ का दिलिप भुजेल र रामकुमार भुजेल, भोजपुरको अरुण गाउँपालिका–४ का हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ, भन्सार एजेन्ट राजेन्द्र राई, ट्याक्सी चालक अशोक लामा, चिनियाँ नागरिक जीक्वाङ लिन र राजन श्रेष्ठलाई पक्राउ गरेको थियो । 

यस्तै, ट्रान्स ग्लोबस सर्भिसका सञ्चालक पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, भन्सार एजेन्टहरू यादव पराजुली र सुदर्शन गौतम, भन्सार अधिकृत सन्तोष चन्द, जाँचकी (विमानस्थल भन्सार कार्यालय) कुमार ढकाल, नायब सुब्बा (भन्सारमा एक्सरे हेर्ने) सरोज श्रेष्ठ, नक्सालबाट (गोदाम खोजिदिएको आरोप) सुरेन्द्र तामाङ र बेल्जियन नागरिक दावा छिरिङलाई पनि पक्राउ गरेको थियो ।

विभागले साउन २१ गते सीआईबीलाई मुद्धा बुझाएपछि अरु पक्राउ परेका हुन् । सिआईबीले  टीयान मी, वेन तोङ, डीङ सेग्फा, ली–नेङकाई, याओ पुचेङ्ग, ली वेन सुङ्ग, भन्सारका कर्मचारी गणेश पौडेल, दावालाई सहयोगीका रुपमा किशोर बस्नेत, सीमा नाकाबाट भारतमा सुन पुर्याउने सुमन खरेल र बारा सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष शिवकुमार सर्राफलाई पक्राउ गरेको छ ।

पक्राउ परेका सबै सीआईबीको हिरासतमा छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x