×

NIC ASIA

‘अब नाटक हेर्न काठमाडौं पुग्नु पर्दैन’

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels
पोखरा, ४ असोज – पोखरेलीलाई अब नाटक हेर्न काठमाडौं नै पुग्नुपर्ने स्थिति रहेन । गत चैत १४ गते विश्व रंगमञ्च दिवसको अवसर पारेर नाटकघरको शिलान्यास गरिएको थियो पोखरामा । अहिले त्यही नाटकघरको संरचना लभगभ तयार भएको छ ।

गैह्रापाटनमा बन्दै गरेको नाटकघरको नाम रहनेछ – पोखरा थिएटर । चैतमा शिल्यान्यास गरिए पनि चार महिनामा नाटकघर निर्माण गर्ने योजनासहित असार १ बाट निर्माण कार्य थालेको पोखरा थिएटर यतिबेला ‘फिनिसिङ’को चरणमा छ । मसिंरभित्र नाटक मञ्चन गर्ने गरी थिएटर निर्माणमा लागेको तीन जनाको टिमले व्यक्तिगत लगानीमै नाटकघर निर्माण थालेको थियो ।

‘हामी आफैले लगानी उठाएर नाटकघरको छानो छाउने काम भ्याइसक्यौं ।’ नाटकघर निर्माणमा सक्रिय भइ लागेका पोखरेली साहित्यकार तथा नाट्यकर्मी परिवर्तन सुनाउँछन्, ‘नाटकघरको छानो छाउने कार्य सकियो, अब लाइट फिटिङ र फिनिसिङको काम बाँकी छ ।’

शुरुमा तीस लाखमा निर्माण गर्ने गरी कार्ययोजना बनाए पनि पूरै काम भ्याइसक्दा सत्तरी लाख खर्च लाग्ने सम्भावना देखिएको परिवर्तन बताउँछन् । ‘हामीसँग सोच थियो, नाटक थाल्दा थाल्दा मसँग त एक रुपैयाँ पनि थिएन, आँटैआँटले थिएटर थालियो ।’ नाटककै कार्यशालामा काठमाडौं आएका परिवर्तनले लोकान्तरसँगको कुराकानीमा थप्छन्, ‘०६८ सालदेखि नै थिएटरको योजना थियो, बल्ल साकार भएको छ ।’

पोखरामा बेलाबेलामा नाटक मञ्चन हुने गरेपनि स्तरीय नाटक प्रस्तुत गर्न नसकिएको परिवर्तन स्वीकार्छन् । अब भने नाट्य कार्यशाला थालेर नाटकका विद्यार्थी उत्पादन गर्ने योजनामा छ पोखरा थिएटर ।

‘हामीले कसरी पोखरालाई नाटकमय बनाउन सकिन्छ भनेर केही योजना बनाएका छौं किनकि हामीलाई दीर्घकालीन रुपमा नाटक क्षेत्रमै लाग्ने योजना छ ।’ परिवर्तन थप्छन्, ‘विभिन्न विद्यालयसँग सहकार्य गरेर बालबालिकालाई नाटकप्रति आकर्षित गर्ने योजना छ हाम्रो ।’

काठमाडौंमा नाटकले राम्रै पकड बनाइरहेका बेला पोखरामा खुल्दै गरेका नाटकघरले कस्तो बनाउलान् पोखराको नाट्य माहोल? परिवर्तन सुनाउँछन्, ‘शुरुमा त दर्शकलाई हामीले हलसम्म तान्नुपर्छ, सहुलियत टिकटमा स्तरीय नाटक देखाउनुपर्छ ।’

थिएटर निर्माणका लागि भने कुनै संस्था या समूहको लगानी छैन पोखरा थिएटरमा । यसलाई व्यावसायिक र व्यवस्थित बनाउने टिमको योजना छ । शंकरनाथ कोइराला, दिल गुरुङ र परिवर्तनले ‘पोखरा थिएटर’ मा लगानी गरेका छन् ।

‘लगानी उठाउन हामीलाई समय लाग्ला तर भोलि हामीले गरेको कामको मूल्यांकन होला भनेर आज लागिपरेका छौं ।’, परिवर्तन थप्छन् ।

पोखरामा निर्माण भइरहेको नाटकघरको रुपरेखा भने काठमाडौंको ‘शिल्पी थिएटर’ को डिजाइनमा बन्दैछ । काठमाडौंमै रहेर नाट्यकर्म गरिरहेका नाट्यकर्मी पनि पोखरा थिएटरको अवलोकन गरेका छन् । नाटकघरलाई चाहिने प्राविधिक साम्रगी भारतबाट किनेर ल्याउनु परेको परिवर्तन बताउँछन् ।

नाटकघरलाई चाहिने लाइट नेपालमा नपाइएकाले भारतबाट ल्याउन परेको उनी सुनाउँछन् । ‘काम थालेदेखि नै धेरैले सकारात्मक प्रतिक्रिया दिनुभएको छ, हामीलाई अझै जिम्मेवारी थपिएको महसुस भएको छ ।’, उनी थप्छन्, ‘अब हरेक वर्ष ‘चाइल्ड ड्रामा फेस्टिभल’ गर्ने योजना छ, यसले बालबालिकामा मात्र होइन, अरुमा पनि नाटक हेर्ने बानीको विकास गर्नेछ ।’

नाटकलाई चाहिने कलाकार तथा प्राविधिकको समूह पोखरामै गरिने कार्यशालाबाटै चयन योजना छ समूहको । परिवर्तनका अनुसार मसिंरभित्र नाटकघरलाई पूर्णता दिएर नाटक मञ्चन समेत गर्ने योजनामा पोखरा थिएटर लागिपरेको छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ७, २०८१

दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ ।  प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

बैशाख २१, २०८१

‘जब टेक्छु  यो लमतन्न राजमार्ग  टेकेँ जस्तो लाग्छ – आपाको आङ चालिस बसन्तअघि लक्का जवान हुँदा  गिट्टि सपनाको अलकत्रा घोलेर  बनाएका थिए रे आपाले यो मार्ग’ बीस बस...

बैशाख ४, २०८१

गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x