×

NIC ASIA

स्वदेशी उद्योगबाटै स्थापित

फूटवेयर व्यवसायमा मियाको सफलता: ३ करोडको लगानी ३५ करोड पुर्‍याए, ६०० लाई रोजगारी दिए

दैनिक २५ हजार जोर जुत्ता–चप्पल उत्पादन

बुटवल | भदौ ३०, २०८०

Prabhu Bank
NTC
Premier Steels

बुटवल आजभन्दा पाँच वर्षअघि अर्थात् ०७५ वैशाखसम्म बुटवलका व्यवसायी सकुरदिन मियाँले भाडा व्यवसाय गर्थे । पुरानो पेशाबाट मन फेरिएपछि उनी यस क्षेत्रमा ठूलो लगानी गरी ‘फूटवेयर इन्डस्ट्रिज’ खोल्न कस्सिए । अनि खोले बुटवल उपमहानगरपालिका–११ स्थित मैनाबगरमा नेपाली ब्राण्ड ‘एभरेस्ट कन्फर्ट फूटवेयर’ प्रालिबाट उत्पादित फूटवेयरसम्बन्धी उद्योग । 

Muktinath Bank

यो छोटो समयमा देशभर र उपभोक्ताको रोजाइँमा परिसकेको मियाँको भनाइ छ । कुनै दीघकालीन योजनाविना नै फुटवेयरमा हाम फालेका उनले अन्तर्राष्ट्रिय गुणस्तरका उत्पादन गरी स्वदेशी उत्पादनलाई अहिले गज्जबैगरी देशभर फैलाएका छन् । उनको सफलताको कडी मेहनत नै भएको नकार्न सकिन्न । यो त फूटवेयर पनि नवीनतम् प्रविधि प्रयोग गरेर बनाइएको छ ।​


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

null


Advertisment
Nabil box
Kumari

मियाँको उद्योगबाट उत्पादित जुत्ता– चप्पल अहिले प्रायः देशभरका गाउँदेखि शहरसम्म फैलिएका छन् । ‘एभरेस्ट सुज–स्यान्डल (जुत्ता–चप्पल) हिड्नमा सजिला र सस्ता छन् । यसैले होला अहिले दिन दुई र रात चौगुना बजार बिस्तार भइरहेको छ,’ प्रफुल्लित हुँदै उनी भन्छन् ।  

Vianet communication

एभरेस्ट फूटवेयरले छोटो समयमा बजार पिट्नुमा गुणस्तरको मात्रै भूमिका छैन, उद्योग सञ्चालन गर्ने मियाँ र मुबारक हुसेनको निरन्तर मिहेनत प्रमुख कारण हो । हुसेन मियाँका व्यवसायिक ‘पार्टनर’ हुन् । मियाँ पाल्पाको तानसेनबाट ०४८ मा ‘विजनेस’कै शिलशिलामा बुटवल झरेका थिए । तीन दशकको व्यापार/उद्यममा विभिन्न अफ्टयाराहरू मियाँले झेले, तर हरेस खाएनन् । 

null

‘म सानै हुँदा बाबा–आमासँगै चुरा/डोरीको व्यापार गर्न हिड्थेँ । त्यो मेरो सम्झनामा अझै ताजा छ,’ उनी भन्छन्, ‘गाउँका विभिन्न ठाउँसँगै शहरसम्म पनि पुग्ने गथ्र्यौं । त्यहीँबाट व्यापार बुझेँ । २० वर्ष भाडाकुडाँको व्यापार गरेँ । त्यसबाट सफलता हासिल गर्दै एभरेस्ट सुज/स्यान्डल उत्पादन शुरू गरेको हुँ ।’ मियाँको कामले सधैं ‘पोजेटिभ’ वृद्धिको लक्ष्य झल्किने मियाँ बताउँछन् । उनी ‘मानिसको जीवनजस्तै संस्थाको पनि प्राकृतिक वृद्धि हुनुपर्छ’ भन्छन् । 

नयाँ लुक्स, हलुका र सस्तो मूल्य पनि रहेकाले आजकल अधिकांशको खुट्टामा एभरेस्ट जुत्ता–चप्पल देखिने गरेको मियाँको दाबी छ । आफूहरूको उत्पादन गुणस्तरीय, किफायती, टिकाऊ र लगाउन सहज रहेको उनको भनाइ छ । स्थापित ‘फूटवेयर ब्रान्ड’ बनाउन बाबुसँगै व्यापारमा संलग्न उनका कान्छा छोरा फरदिन खान पनि उद्योगमा अहिले व्यवस्थापक बनेर काम गरिरहेका छन् । ‘हाम्रो एभरेस्ट ब्राण्ड नेपालभर फैलिएको छ । व्यावसायिक यात्रा एभरेस्ट छाप चप्पलबाट शुरू भएको हो, जुन अत्यन्तै लोकप्रिय भयो,’ उनले भने । 

null

उद्योगबाट अहिले दैनिक २० देखि २५ हजार जोर जुत्ता–चप्पल उत्पादन हुन्छन् । जसमध्ये झन्डै ४० प्रतिशत काठमाडौं पठाइन्छ । बाँकी सबै पूर्वदेखि पश्चिमसम्म देशैभरी विक्री भइरहेको मियाँले जानकारी दिए । फूटवेयर उद्योगमा ६०० भन्दा बढी मानिसले प्रत्यक्ष रोजगारी पनि पाएका छन् । उनीहरूको परिश्रमले अहिले उद्योगमा इवा, हवाई र स्पोर्टस् जुत्ता उत्पादन हुन्छ । ‘देशका कुना–काप्चासम्म हाम्रो उत्पादन पुगेको छ । नेपालमा प्रायः स्पोर्टस् सुज लक्जरी मानिने समयमा स्पोर्टस् सुज उत्पादन सुरू गरेँ, छोटो समयमा नै स्वदेशी उत्पादन स्पोर्टस् सुज स्थापित गर्न सकिन्छ भन्ने सोच अहिले पूरा गरेजस्तो लाग्छ,’ उनी थप्छन् । 

पाल्पामा हुर्किएका ५५ वर्षीय मियाँको अहिले बुटवलमा व्यावसायिक क्षेत्रमा स्थापित व्यक्तिमा ‘दर्ज’ भएका छन् । उनको व्यावसायिक यात्रालाई उदाहरणमा मान्ने मानिस अहिले धेरै छन् । पारिवारिक विपन्नताका कारण ७ कक्षासम्म मात्र अध्ययन ग रेपनि उनी व्यवसाय विस्तारलाई फराकिलो बनाउँदै लगेका छन् । विभिन्न संघसस्था र मदरसा स्कूललाई सहयोगदेखि सामाजिक र परोपकारी कार्यमा पनि उनको योगदान रहँदै आएको छ । हरेक व्यक्तिले सबैभन्दा पहिले आफ्नो उद्यमलाई माया गर्नुपर्ने मियाँ बताउँछन् । ‘आफूले जे काम गरिन्छ त्यसलाई उत्कृष्ट बनाउन परिश्रम गर्नु, कामका लागि काम मात्रै नभएर आफ्नो कामले समाजलाई प्रभाव पार्न सक्नेतर्फ लक्षित हुनुपर्छ । पैसा हुनुपर्छ, तर यो नै प्राथमिकता भने होइन,’ दार्शनिक पारामा उनी भन्छन् । 

null

तीन करोड रूपैयाँ लगानीमा स्थापित उद्योगमा मियाँले अहिले लगानी बिस्तार गर्दै लगेर ३५ करोड पुर्याएका छन् । लेडिज, जेन्स र बच्चाका समेत गरी अहिले उद्योगले ‘ए टू जेड’ जुत्ता/चप्पल उत्पादन गर्छ । हरेक उमेर समूह र उनीहरूको रुचिलाई ध्यानमा राखेर फूटवेर उत्पादन गर्दै आएको उनी बताउँछन् । सफलताबीच मियाँले केही कठिनाइ पनि भोगेका छन् । समय–समयमा परिवर्तन हुने राज्यका नीति, बैंकका व्याजको उतारचढाव र भारतीय क्यारिङ भएर आउने जुत्ता/चप्पलसँग प्रतिस्पर्धा गर्नुपर्ने आफ्ठ्यारा उद्योगसँग छन्  । लगानी थप गर्दा पछिल्लो समयमा देशमा देखिएको आर्थिक मन्दीले उद्योगलाई भने असर परेको मियाँको गुनासो छ । ‘मार्केट उधारो छ,’ उनी भन्छन्, ‘ लुम्बिनीमा जुत्ता उद्योगको इतिहास लामो छैन । यसका बीच उद्योगलाई गौरव मान्दै चलाइराखेको छु ।’

फूटवेयर उत्पादनमा आवश्यक पर्ने कच्चापदार्थका लागि भने अन्य देशमा निर्भर हुँदा समस्या छ । जुत्ता उत्पादन गर्न फेभिकोल, डेन्ड्राइट, बोस्टिकलगायत रसायनको प्रयोग हुन्छ । यसबाहेक जुत्ता मोटो र नरम बनाउन प्रयोग गरिने फोम, सोल भाँचिन नदिन प्रयोग गरिने पाता, धागो, इलास्टिक, जालीलगायतमा सामग्री विदेशमै निर्भर हुनुपर्छ । जुत्ता उत्पादन गर्न आउने कच्चापदार्थमा भन्सार शुल्क पनि महँगो पर्छ । जसले गर्दा नेपाली ब्रान्डहरूले विदेशी जुत्ताहरूसँग प्रतिस्पर्धामा उत्रिन गाह्रो भएको मियाँको दुःखेसो छ । उद्योगमा जनशक्तिको अभाव पनि बेला–बेला उस्तै झेल्नुपर्छ । कामदार पनि धेरै भारतीय छन् । स्वदेशमा कामदारको अभावका कारणले विदेशबाट कामदार मगाउनुपर्ने अवस्था रहेको उनी बताउँछन् । 

null

मियाँका तीन छोरामध्ये जेठा जलिल मियाँले अहिले भाडा उद्यम हेरिरहेका छन् । माइला डा खलिल मियाँ लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमै वरिष्ठ चिकित्सवको रुपमा कार्यरत छन् भने कान्छा फरदिन बाबुलाई उद्योगमा सघाइरहेका छन् । आफ्नै मुलुकमा केही नयाँ उद्यम गर्न चाहना धेरै नेपालीमा छ । तर कुरा नबुझी र अध्ययन नै नगरी हतारमा उद्योग–व्यवसायमा लाग्नेको जमात पनि ठूलो छ । यसर्थ, धेरैजना व्यवसायमा असफलसमेत भइरहेका छन् । उद्यममा सफलताका लागि लगानी मात्र नभएर कडा मेहनत, कुशल जिम्मेवारी बोध र झुकाब चाहिने मियाँको तर्क छ । 

सिर्जनशील काम गरेर व्यावसायिक क्षेत्रमा तरंग ल्याउनेहरूले अरु उद्यममा पनि सफलता पाउने उनको तर्क छ । मियाँ आफूले गरेको काम र योगदानलाई समाजमा जिवन्त छाप छाड्न चाहन्छन् । तर, व्यक्तिगत सफलताबीच देशको राजनीतिमा भएको अस्थिरताको डर लागिरहेको छ । ‘देशमा राजनीतिक अस्थिरताले उद्योगीहरूलाई काम गर्न सहज भइरहेको छैन, हामीले पनि धेरै प्रकारको संघर्ष गर्न परेको अवस्था छ,’ उनी भन्छन्, ‘यही मेहनत विदेशमा रहेर गरेको भए धेरै ठूलो स्तरको विकास हुन सक्थ्यो भन्ने कुरा आज अरु व्यवसायीको उदाहरणले देखाएको छ ।’ तर, उनलाई भने अब विदेश जानी छैन । जस्तै परिस्थितिमा पनि स्वेदशी उद्योगलाई नै निरन्तरता दिनुछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x