×

NMB BANK
NIC ASIA

विष्णु माझीका पाँच ‘रेकर्ड’

काठमाडाैं | असोज १, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली लोकदोहोरी क्षेत्रकी चर्चित गायिका विष्णु माझी तीज विशेष गीतका कारण पनि चर्चामा रहन्छिन् । त्यसैले त धेरैले ‘विष्णु माझीको गीत नआउँदासम्म तीज आएजस्तो नलाग्ने’ बताउँछन् । २०६१ सालदेखि हरेक वर्ष तीजमा आफ्नै म्युजिक कम्पनीमार्फत निरन्तर गीत ल्याउँदै आएकी उनले यस वर्ष पनि निरन्तरता दिइन् ।

Muktinath Bank

यद्यपि, तीजमा मात्र नभएर समग्र लोकदोहोरी र कलाकारिता क्षेत्रमै विष्णु माझीले छुट्टै खालका रेकर्ड कायम गरेकी छन् । यहाँ विष्णु माझीका पाँच वटा अलग्गै खालका रेकर्डबारे जानकारी दिँदैछौँ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१. सबैभन्दा धेरै हेरिएको गीत


Advertisment
Nabil box
Kumari

लोकदोहोरीमा सबैभन्दा धेरै हेरिएको गीत हो, सालको पातको टपरी । पाँच वर्षअघि सार्वजनिक यो गीतमा विष्णु माझी र कुलेन्द्र विश्वकर्माको स्वर छ । यसको भिडियोको भ्युज ९ करोड नजिक पुगिसकेको छ । यसर्थ लोकदोहोरीमा सबैभन्दा धेरै भ्युज पाउने गायिकामा पर्छिन् विष्णु माझी । 

Vianet communication
Laxmi Bank

नम्बर २. सार्वजनिक रुपमा नदेखिएरै लोभलाग्दो ख्याति 

विष्णु वर्षौदेखि सार्वजनिक रुपमा कतै देखिएकी छैनन् । गीत गाउन रेकर्डिङ स्टुडियो जाँदा पनि कसैले सुइँको पाउँदैनन् । सामाजिक सञ्जालमा उनका तस्वीरहरू पनि सार्वजनिक हुँदैनन् । सार्वजनिक जीवनमा गुमनाम भएरै पनि यो खालको लोभलाग्दो ख्याति कमाउने उनी नेपालकी एकमात्र गायिका हुन् । 

नम्बर ३. महँगो पारिश्रमिक लिने गायिका

गायिका विष्णु सबैभन्दा महँगो पारिश्रमिक लिने गायिका हुन् । उनले नेपालमा चलेका लोकदोहोरी गायक÷गायिकाले लिने पारिश्रमिक भन्दा १० गुणा बढी पारिश्रमिक लिएर थुप्रै गीत गाएकी छन् । उनलाई २ लाख रूपैयाँ दिएर गीत गाउन दिएकाहरू साङ्गीतिक क्षेत्रमा थुप्रै भेटिन्छन् । पछिल्लो समय विष्णुको पारिश्रमिक बढेको चर्चा छ, तर उनले  ३÷४ लाख रूपैयाँ दिन्छु भन्दा पनि गीत नगाउने गरेको कलाकारहरू बताउँछन् । 

नम्बर ४. वर्षौदेखि हरेक वर्ष निरन्तर तीज गीत ल्याउने गायिका

विष्णु माझीले विगत १९ वर्षदेखि आफ्नै कम्पनी सपना म्युजिक इन्डष्ट्रिजबाट तीज गीत ल्याउँदै आएकी छिन् ।

यसवर्ष पनि उनले ‘पुलतीको भट्टी भाग १९’का रुपमा ‘बलमा...’शीर्षकको गीत ल्याएकी छिन् । नेपालमा यसरी वर्षौदेखि हरेक वर्ष तीज गीत ल्याउने गायिका बिरलै छन् । 

नम्बर ५. तीज गीतमा धेरै भाग ल्याउने गायिका

तीज गीतमा धेरै भाग ल्याउने गायिका पनि हुन विष्णु माझी । उनले हरेक वर्ष ‘पुतलीको भट्टी’को नयाँ–नयाँ भाग ल्याउँदै आएकी छिन् । गतवर्ष उनले ‘पुतलीको भट्टी’ भाग १८ का रुपमा ‘चरी जेलैमा २’शीर्षकको तीज गीत सार्वजनिक गरेकी थिइन् । यसवर्ष उनले ‘पुतलीको भट्टी’ भाग १९ का रुपमा ‘बलमा...’गीत सार्वजनिक गरेकी हुन् । 

यसअघि प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, हरिदेवी कोइराला, बीमाकुमारी दूरा, लक्ष्मी न्यौपाने लगायतका गायक–गायिकाले तीज गीतको विभिन्न भाग सार्वजनिक गरिसकेका छन् । तर, निरन्तर रुपमा यति धेरै भागसम्म अरु कुनैपनि तीज गीत सार्वजनिक भएका छैनन् । तीज मात्र होइन, अन्य कुनै पनि गीत यति लामो सँस्करणसम्म आएका छैनन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

कात्तिक २७, २०८०

गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।  तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । ​ बा...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x