कात्तिक १९, २०८०
अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् । शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...
काठमाडाैं | असोज ३, २०८०
बडा दशैँको अवसर पारेर असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को टिम देश दौडाहामा निस्किएको छ ।
चलचित्रको पोस्टरले झकिझकाउ बस लिएर बुधवार काठमाडौंबाट निस्किएको टिमले बिहीवार बिहानैदेखि चितवनका कलेजमा कार्यक्रम गर्नेछ ।
असोज ४ र ५ गते चितवनमा कार्यक्रमपश्चात चलचित्रको टिम नेपालगन्ज पुग्नेछ । नेपालगन्जमा ७ र ८ गते, बुटवलमा ९ र १० गते प्रचारप्रसार कार्यक्रम गरेर चलचित्रको टिम पोखरा पुग्नेछ । पोखरामा ११ र १२ गतेका लागि कार्यक्रम तय गरिएको छ ।
चलचित्रका कलाकारहरू प्रकाश सपूत, केकी अधिकारी, वर्षा शिवाकोटीलगायतले पनि सोही बसमा देश दौडाहा गर्दैछन् ।
देश दौडाहाका क्रममा ‘परदेशी’कै थिममा आधारित रहेर तयार पारिएको नाटक प्रस्तुत गरिँदैछ । चलचित्र बाहिरका प्रोफेसनल कलाकारहरूले अभिनय रहेको नाटक यसअघि काठमाडौंका विभिन्न कलेजहरूमा पुगेर प्रस्तुत गरिएको थियो ।
रमेश बिजीको कथा लेखन रहेको ‘परदेशी २’ विदेशमा पढ्न जाने विद्यार्थीहरूको कथामा निर्माण भएको हो । राजेश बंशल (अग्रवाल) र नारायण रायमाझीको संयुक्त निर्माण रहेको चलचित्रमा प्रकाश, केकी र वर्षाका साथमा प्रशान्त तामाङ्ग, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ । चलचित्रको पहिलो चरणको देश दौडाहा सकिएपछि दोस्रो चरणको देश दौडाहा सुरु हुनेछ ।
दर्शकलाई चलचित्रप्रति आकर्षित गर्न ‘परदेशी २’ले अपनाएको प्रचार शैलीलाई प्रशंसा गरिएको छ ।
मानकृष्ण महर्जनको छायांकन रहेको यस चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् । चलचित्रको बुधवार बिहान सार्वजनिक ‘हिजो काम, आज काम...’बोलको गीतले स्रोता एवं दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।
अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् । शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...
गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...
हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...
कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । उ...
‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ । ...
ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि । ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...