×

NIC ASIA

बेल्जियम पुगेर एनआरएनए अध्यक्ष कुल आचार्यको दाबी– मेरो कार्यकाल सफल भयो

काठमाडाैं | असोज १७, २०८०

Prabhu Bank
NTC
Premier Steels

गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुल आचार्य बेल्जियम आइपुगेका छन्। काठमाडौंमा यही असोज ३० देखि कात्तिक ३ गतेसम्म हुन गइरहेको  ११ औं अन्तर्राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा आचार्य बेल्जियम आइपुगेका हुन्। 

Muktinath Bank

बेल्जियमको ब्रसेल्स विमानस्थलमा आचार्यको टीमलाई  एनआरएनए  बेल्जियमका अध्यक्ष सीता सापकोटा, उपाध्यक्ष पदमा उमेदवार तथा पूर्व अघ्यक्ष गंगाधर गौतम, एनआरएनए युवा अभियन्ता काशी दनै लगायतले स्वागत गरेका थिए। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस लगत्तै लुभेन शहरमा एनआरएनए सदस्य तथा नेपालीहरूको आयोजनामा एक स्वागत तथा अन्तरक्रिया  कार्यक्रम गरिएको थियो । एनआरएनए बेल्जियमले आयोजना गरेको उक्त कार्यक्रममा अन्य देशबाट आएका विभिन्न पदका प्रत्याशीहरूको समेत सहभागिता थियो। 


Advertisment
Nabil box
Kumari

निर्वाचन नजिकिँदै गर्दा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा सहभागीले एनआरएनएको अबको कार्यदिशा कस्तो हुने, एनआरएनए  नागरिताको फाइदा/बेफाइदा, निर्वाचन प्रचार–प्रसार भड्किलो भएको, हामीले अब किन भोट दिने, केका लागि जिताउने, एनआरएनको शाख किन गिरेको जस्ता प्रश्न उठाएका थिए। 

Vianet communication

जवाफमा अध्यक्ष कुल आचार्यले 'आफूहरूको सम्पूर्ण ध्यान यसपटक नागरिकतामा नै गएको कारण अरू धेरै काम चाहेर पनि पूरा गर्न नसकेको' बताए। हामी कहिले को मन्त्री, कहिले को सचिव, कहिले को नेतालाई भेटेर थाक्यौं, अरू काम गर्न नै सकेनौं, अब त्यसो हुँदैन,' उनले भने, 'हामीले एनआरएनए हेर्ने छुट्टै विभाग वा मन्त्रालय मागेका छौं ।'

null

त्यसैगरी उपाध्यक्ष पदका उमेदवार गंगाधर गौतमले नागरिकताको प्रश्न राजनीतिक भएका कारण एनआरएनएमा लागेकाले राजनीति गर्नै नहुने, बुझ्नै नहुने, नेतासँग सम्पर्क सम्बन्ध गर्नै नहुने भन्ने केही नभएको तर्क राखे। 'एनआरएनको को मान्छे को नेतासँग भेट्छ भन्ने कुरा गौण हो, रिजल्ट निस्किन्छ कि निस्किन्न भनेर हामीले हेर्नुपर्छ,' उनले भने ।

कार्यक्रममा  नेदरल्यान्डबाट केन्द्रीय उपाध्यक्ष पदमा आफ्नो  उमेदवारी घोषणा गरिसकेका नारायण आचार्य, आईसीसी युवा संयोजकका उमेदवार एवं पोर्चुगलका पूर्व अध्यक्ष रबिन अधिकारी, सचिव पदका उमेदवार तथा पोर्चुगलका पूर्वअध्यक्ष भीम केसी कमल,  अमेरिकाबाट महासचिव पदका लागि उमेदवारी घोषणा गरेका बुद्धि सुवेदी, स्पेनबाट सचिवका लागि उमेदवारी दिएका चिन्तामणि सापकोटालगायतले आगामी महाधिवेशनमा आफूहरूलाई मतदान गर्न उपस्थितिका लागि आग्रह गरेका थिए ।

कोरोना , भूकम्पलगायत मानवीय संकटमा आफूहरूले गरेको योगदानको कदर गरिदिन सबैको आग्रह थियो। त्यसैगरी विदेशबाट नेपालीहरूको शव नेपाल पठाउने सन्दर्भमा पोर्चुगललगायत देशमा एमआरएनएको महत्त्वपूर्ण भूमिका रहेको चर्चा गरिएको थियो। नेपालको विकाससँग जोडिनका लागि अबको नेतृत्वलाई पनि रुपान्तरण गर्नुपर्नेमा उम्मेदवारहरूको जोड थियो ।

एनआरएनए बेल्जियमकी महासचिव रुबिना शर्माले सञ्चालन गरेको उक्त स्वागत तथा अन्तरक्रिया  कार्यक्रमको अध्यक्षता अध्यक्ष सीता सापकोटाले गरेकी थिइन्।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

जेठ ४, २०८१

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न दलहरूबीच सहमति जुट्न नसकेपछि प्रतिनिधि सभा बैठक शुक्रवार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ। शुक्रवार बिहान ११ बजेका लागि बोलाइएको बैठक पौने १ बजेको स...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

x