×

NMB BANK
NIC ASIA

सुदूरपश्चिममा सुपथ मूल्य पसल सञ्चालन

कैलाली | असोज २५, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

सुदूरपश्चिम प्रदेशका सात जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । बडादसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालय, धनगढीले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । 

Muktinath Bank

व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालय धनगढीका प्रमुख इन्जिला बस्नेतले डोटी र बैतडीबाहेक सुदूरपश्चिमका सात जिल्लामा सुपथ मूल्य पसल गत आइतबारदेखि सञ्चालनमा आएको जानकारी दिइन् । “चाडपर्वलाई लक्षित गरी चामल प्रतिक्विन्टल रु पाँच सय छुटमा पसलबाट बिक्री गरिँदैछ”, उनले भनिन्, “आगामी मङ्सिर ३ गतेसम्म उक्त पसल सञ्चालन हुनेछन् ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपभोक्तालाई सहुलियत मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले हरेक वर्ष यहाँ सुपथ मूल्य पसल सञ्चालन गरिँदै अएको छ । यहाँका पहाडी जिल्लाका लागि चालु आर्थिक वर्षको सुरुआतमा ४० हजार क्विन्टल चामल कोटा निर्धारण गरिएको छ ।


Advertisment
Nabil box
Kumari

“कैलाली र कञ्चनपुरमा धान खरिद गरी पहाडी जिल्लामा चामल पठाउने गरिएको छ । अहिले दार्चुलाको खण्डेश्वरी र बाजुराको कोल्टीमा डिपो र बाँकी सात पहाडी जिल्लाका विभिन्न स्थानमा झण्डै ३७ बिक्री केन्द्र सञ्चालमा छन्”, प्रमुख बस्नेतको भनाइ छ, “पहिले सबै ठाउँमा डिपो थिए अहिले कर्मचारी अभावले बिक्री केन्द्रमा परिणत गर्नुपर्ने अवस्था आयो ।”

Vianet communication
Laxmi Bank

सुदूरपश्चिममा सबैभन्दा बढी बाजुरामा गत आवमा १७ हजार क्विन्टल चालम बिक्री भएको थियो भने चालु आवका लागि १२ हजार क्विन्टल कोटा निर्धारण गरिएको छ । दार्चुलाको खण्डेश्वरी डिपोबाट वार्षिक दुई हजारदेखि चार हजार क्विन्टलसम्म चामल बिक्री गरिन्छ । चालु आवमा खडेश्वरीका लागि एक हजार क्विन्टल कोटा निर्धारण गरिएको छ ।

चाडपर्वमा सुदूरपश्चिमका पहाडी जिल्लामा खाद्यान्न अभाव नहुने प्रमुख बस्नेतको भनाइ छ ।

त्यसैगरी साल्ट्र टे«डिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालयले पनि यहाँका सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । सो कार्यालयले पनि चाडपर्व लक्षित गरी नुन, तेल चिउरा, दाल सुपथ मूल्य पसलमा रु दुईदेखि रु सातसम्म छुट दिएर बिक्री गर्दैआएको कार्यालयका सहायक प्रवन्धक तेजबहादुर कुवँरले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x